होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पद्मा अस्पतालमा ७० लाखको क्षति, आफन्तलाई १५ लाख क्षतिपूर्ति दिएपछि सेवा सुचारु
समाचार

पद्मा अस्पतालमा ७० लाखको क्षति, आफन्तलाई १५ लाख क्षतिपूर्ति दिएपछि सेवा सुचारु

  • नागरिक रैबार
पद्मा अस्पतालमा ७० लाखको क्षति, आफन्तलाई १५ लाख क्षतिपूर्ति दिएपछि सेवा सुचारु

धनगढी: शनिबार कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा मृत्यु भएका बिरामीका आफन्तलाई १५ लाख क्षतिपूर्ति दिइएको छ। शनिवार साँझ अस्पताल प्रशासन, प्रहरी र स्थानीयबीच भएको सहमति अनुसार अस्पतालले सो रकम दिएको हो। उक्त सहमति भएसँगै आफन्तले शव बुझेका थिए। सहमति भएपछि शनिवार साँझबाटै अस्पतालले पनि आफ्नो सेवा सुचारु गरेको थियो।

शुक्रवार राति उपचारका लागि अस्पतालमा पुगेका गोदावरी नगरपालिका–३ का बिनोद कुमार बोहरा उपचारकै क्रममा शनिवार बिहान मृत्यु भएको थियो। झाडापखाला भएर अस्पताल पुगेका भनिएका उनको मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले अस्पतालमा ढुंगामुडा गरेका थिए। ढुंगा मुडाबाट अस्पतालको संरचना, एम्बुलेन्ससहित ३ ओटा गाडी, ल्याबका मेशिन, आइसियू मोनेटर तथा उपकरणहरुमा क्षति पुगेको पद्मा अस्पताल प्रालिका प्रबन्ध निर्देशक डा. नरबहादुर मौनीले बताए।

डा. मैनालीले सत्यतथ्य नबुझेर अस्पतालमा तोडफोड गर्नु गलत भएको बताएका छन्। ‘घटनाको अनुसन्धान हुनुपथ्र्यो। त्यसपछि अस्पताल प्रशासनले गर्ने कारबाही अगाडी बढाउथ्यो। त्यसपछि हामीले के गर्नुपथ्र्यो गथ्र्यौ’, उनी भन्छन्, ‘तर यहाँ हुलहज्जत गरी अस्पतालमा तोडफोड गरियो। विरामीलाई मृगौलाको समस्या थियो। उक्त कुरा नबुझी आक्रोशित भएर अस्पतालमा क्षति पुगाइयो।’ उनका अनुसार तोडफोडबाट अस्पतालमा ७० लाखभन्दा बढीको क्षति भएको छ।

विज्ञापन

आक्रोशित स्थानीयले अत्तरिया बजारमा यातायातका सवारी साधन समेत ठप्प पारेका थिए। उनीहरुले अस्पतालका डाक्टरहरुको लापर्बाहीका कारण बोहराको मृत्यु भएको भन्दै क्षतिपूर्ति तथा अनुसन्धान गरी दोषीलाई सजायको माग राखेका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार