होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी
समाचार

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी भएको हो ।

कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानून र गोविन्द बोहोरा सामाजिक विकासमन्त्री भएका छन् । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

कांग्रेसका मन्त्रीहरुका लागि एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री सरकारबाट हटेका छन् । आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का र राज्मन्त्री मनाकुमारी साउद फिर्ता भएका छन् ।

विज्ञापन

यस्तै एकीकृत समाजवादीले आर्थिक मामिलामन्त्री तारा लामा फिर्ता बोलाएको छ । उनको स्थानमा समाजवादीकै प्रकाश रावल मन्त्री बनेका छन् । रावल पूर्व उद्योग राज्यमन्त्री हुन् ।भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी फिर्ता भएर उनको स्थानमा समाजवादीका कुलबहादुर चौधरी र आर्थिक मामिा राज्यमन्त्री माया तामाङ बोहोराको ठाउँमा अमर साउद सरकारमा गएका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार