होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — फेब्रुअरी २४ को बिहान पौने ६ बजे युक्रेनको लुहाक्समाथि रुसले प्रहार गरेका बम झर्न थाले । त्यो बिहान दाङका ईश्वर पोखरेलसहित ६ नेपाली विद्यार्थी लुहाक्सको तारसस्थित सेप्चेन्को विश्वविद्यालयको होस्टलमा सुतिरहेका थिए । बमको आवाजले उनीहरूलाई झस्कायो । ‘होस्टलको वार्डेनले कोठाबाट निस्केर बंकरमा जान भने, हामी अगाडि जे–जति कपडा भेट्यौं, त्यो ब्यागमा हालेर निस्कियौं, तीन मिनेटको दूरीमा […]
नागरिक रैबार/बाजुरा २१ फागुन। सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्ण आली निर्वाचित भएका छन् । प्रेस चौतारीको प्रदेश कमिटीको प्रथम अधिवेशनबाट ओली पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । ओलीको अध्यक्षतमा ५१ प्रदेश कमिटी गठन गरिएको छ । प्रदेशको महासचिवमा शिवराज भट्ट सर्वसम्मत निर्वाचित भएका छन् ।
काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सत्ता गठबन्धनलाई दुषितको संज्ञा दिएका छन्।प्रेस चौतारी नेपालको संयुक्त प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको सरकार छ। यो गठबन्धन दुषित गठबन्धन हो। जतिबेला गठबन्धन बन्यो त्यतिबेला दल विभाजन नै भइसकेको थिएन।’ उनले गठबन्धनका नेताहरु नै जनतामा जान डराएको बताए। नेम्वाङले भने, ‘भरसक जनतामा जाने मिति पर सार्छन्। […]
बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ किन राख्न नसकेको भन्दै आश्चर्य व्यक्त गरेका छन् । उनले यस प्रदेशका लागि ‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको तर्क गरे । साझा पहिचानका लागि कोसी प्रदेशको विकल्प नभएको ओलीको दाबी छ । प्रदेशको नाम सही ढंगले राख्न सक्नुपर्ने […]
धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले नेताहरुलाई गुटको राजनीति नगर्न निर्देशन दिएका छन्। शनिबार प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै भट्टले यस्तो निर्देशन दिएका हुन्। यस्तै उनले नेताहरुलाई गुट छोडेर कम्युनिष्ट पार्टीको मुलधारमा समाहित हुन आह्वान गरेका छन्। यस्तै चौतारीकै उद्घाटन समारोहमा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर […]
धनगढी: कैलाली कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–३ का श्याम थापामगरको सेती अस्पतालमा मृत्यु भएको हो। फोक्सोमा समस्या देखिएपछि उनलाई ३ दिनअघि अस्पतालमा भर्ना गरिएको थियो। ३ महिनादेखि बिरामी रहेका थापामगरको शुक्रबार राति आइसियूमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए। लागुऔषध प्रयोगकर्ता तथा कारोबारी रहेका श्याम […]
धनगढी : शनिबार धनगढीमा प्रेस चौतारी सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन हुँदैछ। प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज अधिवेशन भइरहेको हो। प्रदेश नेतृत्व पुरानै अनुमोदनको सम्भावना रहेको चौतारीका नेताहरुले बताएका छन्। प्रदेश अध्यक्षका लागि पूर्वअध्यक्ष कृष्ण ओली नै आकांक्षी देखिएका छन् भने महासचिवमा शिवराज भट्टकै सम्भावना बलियो देखिएको छ। यस्तै सचिवमा भने बिराज रोस्यारा आकांक्षी देखिएका […]
काठमाडौं । प्रेस काउन्सिल नेपालले १६ वटा युट्युव च्यानलाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेको छ । शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्याननलाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेका हुन् । यी हुन् कारबाहीका लागि […]
धनगढी : कैलालीको धनगढीमा बिहीबारदेखि सुरू भएको ‘नेपाली साहित्य महोत्सव’ विवादित बनेको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भइरहेको नेपाली साहित्य महोत्सव २०७८ विवादमा तानिएको हो। ७४ लेखकले सामूहिक रुपमा विज्ञप्ती जारी गर्दै महोत्सव बहिष्कार गरेका छन्। उनीहरुले साहित्य महोत्सव नाटक मन्चन मात्रै भएको बताउँदै महोत्सव नै बहिष्कार गरेको घोषणा गरेका हुन्। ‘साहित्यको यस्तो कार्यक्रम भइरहदा […]
जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बन्न पुगेको छ । अस्पतालमा शुक्रबार बिहान गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पतालमा केही दिन अघि सुत्केरी गराउन ल्याएकी उदयपुरगढी गाउँपालिका– ६ नेपालटारकी ३२ वर्षिय गर्भवती महिला सीता राउत कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । तर, मृतकका आफन्तले भने स्वास्थ्यकर्मीको लापरबाहीले सीताको […]
दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरु हुने भएको छ। महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो। यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार ‘कनेक्टिभिटी’लाई सुदृढ बनाउनाका साथै दुवैतर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूतावासले जनाएको छ। पुल […]
धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्। भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी भएका हुन् भने बमले एक हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत […]
मुगु — जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट मेसिन जडान गरिएको छ । यसले जटिल समस्याका बिरामीको उपचार सहज बनाउनेछ । अक्सिजन प्लान्ट नहुँदा जिल्लामा कोरोना संक्रमितको उपचारमा समेत समस्या भएको थियो । मानव अधिकार तथा वातावरण विकास केन्द्रले प्याक टु लाइफको ८० लाख रुपैयाँ सहयोगमा अक्सिजन प्लान्ट मेसिन खरिद गरी अस्पतालमा जडान गरेको हो । मेसिन जडान सकिएसँगै सोमबारदेखि सिलिन्डर […]
धनगढी, १९ फागुन : कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण […]
सुरुङ्गा : झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ। केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो। उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थाले पनि आकाशलाई साङ्लोले बाधेर राखिएको हो। […]
धनगढीः सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी बिदा दिने निर्णय भएको जनाएको छ। गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको हो।
काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगलाई प्रतिनिधिसभाको आउने बैठकमा पेश गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूकाअनुसार सभामुखले महाअभियोग सिफारिस समिति गठनका लागि प्रयास भइरहेको छ। महाअभियोग प्रस्ताव जतिसक्दो चाडो निष्कर्षमा पुगोस् भन्ने सरकारको चाहना भएको उनले बताए। संसद भवनमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडूले संसद नियमावलीकै व्यवस्था अनुसार महाअभियोग अगाडि […]
धनगढीः युक्रेनमा छिमेकी रसियाले आक्रमण गरेको सातौँ दिन भइसकेको छ। साता हुँदा पनि रसियाले युक्रेनमाथि पूरै पकड जमाउन सकिरहेको छैन। कुनै बेला सोभियत संघ अन्तर्गतका यी दुई मुलुकबीच अमेरिका, युरोपेली संघ र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) लाई लिएर विवाद भएको थियो। उत्तरी युरोपको देश यहाँ पनि सयभन्दा धेरै नेपाली रहेका थिए। जसमध्ये धेरैजसोले रसियाको […]
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ। राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्। ज्ञापनलीलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, […]
१८ फागुन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई कतैबाट प्रभावित नभई स्वतन्त्र रुपमा काम गर्न निर्देशन दिएका छन् । बुधबार अर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेर अर्थमन्त्री शर्माले बोर्ड अध्यक्ष हमाललाई यस्तो निर्देशन दिएका हुन् । कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न उनले […]