होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मध्यराति राष्ट्रपतिको घरमा जुलुस, देशमा हाहाकार
समाचार

मध्यराति राष्ट्रपतिको घरमा जुलुस, देशमा हाहाकार

  • नागरिक रैबार
मध्यराति राष्ट्रपतिको घरमा जुलुस, देशमा हाहाकार

काठमाडौंः स्वतन्त्रतापछि गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्कामा बिहिबार राती भारी विरोध प्रदर्शन र झडप भएको छ। जसका कारण राजधानी कोलोम्बोमा प्रहरी तैनाथ गरिएको छ।

कोलोम्बोमा राती ५ हजारभन्दा बढी व्यक्ति सडकमा उत्रिए र उनीहरुले राष्ट्रपति गोटाबाया राजपक्षेको घरतर्फ जुलुस निकाले। राष्ट्रपतिको घरमा चढ्ने प्रयास गरेका भीडसँग प्रहरीको झडप भएको थियो। यतिबेला ४५ जनालाई गिरफ्तार समेत गरिएको छ। घटनामा एक व्यक्ति गम्भीर रुपमा घाइते भएका छन्। अघिल्लो रातीमा लगाइएको कफ्र्यू सोमबार बिहान हटाइयो। तर सहरमा सेना र प्रहरीको उपस्थितिलाई बढाइएको छ। राष्ट्रपति गोटाबाया राजापाक्षेको घरतर्फ जाने बाटोको बीचमा एउटा आधा जलेको बस देखिएको छ।

ऋण बोझमा डुबेको २।२ करोड जनसंख्या भएको यो देश गम्भीर रुपमा आर्थिक संकटको सामना गरिरहेको छ। खाद्य सामग्रीको बढ्दो मूल्य र यसको कमीका कारण अवस्था नाजुक भएको छ।

विज्ञापन

मध्यराती के भयो ?

बिहिबार राती हज्जारौँ मानिसले राजपक्षेको राजीनामाको माग गर्दै उनको घरतर्फ जुलुस निकाले जसमा थुप्रै अज्ञात सोसल मिडियामा अभियन्ता पनि समावेश थिए। प्रदर्शनकारीले राजधानीको मुख्य सडकमा टायर जम्मा गरेर आगो लगाएका थिए। यतिबेला उनीहरुले सेनाका दुई बस र एउटा जिपमा पनि आगो लगाइदिए र ढुङ्गाले प्रहरी अधिकारीमार्फत् हमला गरे। सुरक्षाबलले प्रदर्शनकारीलाई तितर–बितर गर्नका लागि अश्रु ग्यासको गोला हाने र पानीको फाहोराको प्रयोग गरे। सुरक्षाबलले गोलीको रबर प्रयोग गरे गरेनन् भन्ने स्पष्ट हुन सकेको छैन।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार