होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४, नल्लुमा एकै परिवारको पाँच जनाको मृत्यु हुनुको कारण ‘कार्बन पोइजनिङ’ हुनसक्ने देखिएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार घटनास्थलमा पुगेका पाटन अस्पतालका फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’का कारण मृत्यु भएको प्रारम्भिक जानकारी दिएका हुन् । अस्पतालका एक चिकित्सकका अनुसार निसास्सिएर मृत्यु हुनुलाई मेडिकलको भाषामा कार्बन पोइजनिङ भनिन्छ […]
धनगढीः कञ्चनपुरमा ‘नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएको घटना सार्वजनिक भएको छ। कञ्चनपुरकै दक्षिणी क्षेत्रको चौधरी समुदायकी १४ वर्षीया बालिका र भीमदत्त नगरपालिकाका १६ वर्षीय बालकको सम्बन्धबाट छोरी (शिशु)को जन्म भएको हो। केही दिनअघि बालिका विरामी भएर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पगेकी थिइन्। अस्पतालमा बालिकाले छोरी जन्माइन्। उनले छोरी जन्माएपछि यो घटना सार्वजनिक भएको हो। बालिका भीमदत्तमा […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको नाम प्रस्ताव गरेका छन् । एक केन्द्रीय सदस्यका अनुसार ती नाममाथि केन्द्रीय समितिमा छलफल भइरहेको छ । प्रचण्डले प्रस्ताव केन्द्रीय सदस्यमा प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन […]
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस मनाउन अभिनेत्री मनिषा कोइराला सगरमाथा आधार शिविरको कालापत्थरतर्फ प्रस्थान गरेकी छन् । त्यहाँबाट उनले जलवायु परिवर्तन र महिला हिंसाविरुद्ध सम्बोधन गर्ने कार्यक्रम छ । अधिकारकर्मी बन्दना राणासँगै सोमबार बिहान लुक्ला पुगेकी मनिषा कालापत्थर पुग्ने जनाइएको छ । ‘साथसाथै’ अभियानले कालापत्थरमा आयोजना गरेको अभियानमा भाग लिन मनिषासहित ४० जनाको महिला टोली […]
सिन्ह्वा, २३ फागुन । चीनभित्रै कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ । स्वास्थ्य अधिकारीहरुले जानकारी गराएअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार आइतबार मात्र चीनमा कोरोना भाइरसका २१४ जना नयाँ संक्रमित देखिएका हुन् । तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । चीनको नेशनल हेल्थ कमिसनले सोमबार […]
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर-घरमा पुस्तिका पुर्याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ । पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उनले बताए। […]
२३ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बन्ने भएका छन् । घिमिरे नेपाली कांग्रेसको निर्वाचन समिति संयोजक हुन् । अध्यक्षका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेल पनि दाबेदार थिए । तर पार्टी सभापति शेरबहादुर देउवा निकट घिमिरेले टिकट पाएका छन् । यसैगरी महासचिवमा अंकिता खनाल उम्मेदवार बन्ने सहमति भएको छ […]
साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएको छ । उपमेयर विर्मलादेवि वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई कोसेली दिएकी छन् । १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई कोसेली दिइएको हो । उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, मास्क र एक प्याकेट नुन दिइएको […]
सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार अर्थमन्त्री विष्ट अन्य मन्त्रीहरूमध्ये गरीब देखिएका छन् । सुर्खेत बराहताल गाउँपालिका-१ घर भएका उनको विभिन्न समयमा एक लाख ५० हजारमा आफ्नै पारिश्रमिकबाट खरिद गरेको पाँच तोला सुन रहेको छ । मन्त्री विष्टले अहिलेसम्म मौज्दात […]
बुटवल । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र […]
नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहको पक्षमा अभियान चलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन महिला सांसदहरूले गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन् । काँग्रेस सांसद डिना उपाध्याय महालक्ष्मी, रंगमति शाही, एमाले सांसद बिन्दा पाण्डे लगायत आइतबार मन्त्रालय नै पुगेर गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । पीडितलाई थप पिडा दिने गरी पीडकको पक्षमा भ्रामक अभियान चलाउनेलाई […]
धनगढी : कैलालीमा एक प्रहरी जवानले आफैँलाई ताकेको बन्दुक पड्केपछि घाइते भएका छन्। बन्दुक पड्केपछि जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर २ घर भएका एक प्रहरी घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय टीकापुर मातहतको बैदीस्थित कालाकुण्डा प्रहरी चौकीमा कार्यरत झंकर बोहराले आफैँमाथि ताकेको बन्दुक पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए। उनका अनुसार झंकर […]
दमौली: तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो। आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीको एकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। “हामी क्षतिको विवरण […]
नागरिक रैबार/बाजुरा २२ फागुन। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) बाजुरा- कैलाली सम्पर्क मंचको अध्यक्षमा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् । आज धनगढीमा भएको अनेरास्ववीयु बाजुरा-कैलाली सम्पर्क मंचको भेलाले रावल अध्यक्षमा रहने गरी २१ सदस्यीय सम्पर्क मंच चयन गरेको हो । जसमा उपाध्यक्ष अनिल नेपाली, सचिव नन्द बहादुर रावत, सहसचिव देवेन्द्र धामी, भोवेन्द्र […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयको भनाइ छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार सावधानी अपनाउन छाड्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित हुन […]
२२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । अबको बैठकमा पदाधिकारी चयनबारे छलफल हुने नेताहरुले बताएका छन् ।
धनगढीमा समाजवादी बौद्धिक शिविर नेपालले समाजवाद निर्माणमा बौद्धिकहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिविरको मेचीकाली संगठनात्मक जागरण अभियान २०७८ अन्तर्गत फागुन १३ गते कैलालीको धनगढीमा प्रथम सुदुरपश्चिम भेला सम्पन्न भएको हो । ‘बौद्धिकहरु केवल सुचना सङ्कलन गर्ने, ज्ञान आर्जन गर्ने तर सङ्गठित भएर गलत प्रवृत्तिका विरुद्ध संघर्ष नगर्ने कारणले गर्दा समाजवाद निर्माणमा […]
२२ फागुन, काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । नयाँ बानेश्वरस्थित शंकर हलमा जारी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समिति गठनबारे छलफल भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ । जबराविरुद्ध संसदमा गठनबन्धनका सांसदहरुले फागुन १ गते दर्ता गरेका थिए ।
ललितपुर । नेपाल प्रहरीले रु ३ लाख ८५ हजार ३३० नगदसहित २४ जुवाडेलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित एकबहादुर रानाको जस्ताले बनाएको टहराभित्रभित्र जुवा खेलिरहेको अवस्थामा शनिबार रति २४ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी)ले दिनेशराज मैनाली पैसाको ठूलो हारजित […]
म्याग्दी: मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन्। छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन् । शनिबार बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले बताए। “चौरी बास बसेको खर्कमा बिहान ३ बजे […]