होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पल शाहलको बयान सकियो, बुधबार ९ वकिलले बहस गर्ने
समाचार

पल शाहलको बयान सकियो, बुधबार ९ वकिलले बहस गर्ने

  • नागरिक रैबार
पल शाहलको बयान सकियो, बुधबार ९ वकिलले बहस गर्ने

पूर्वी नवलपरासी — किशोरी बलात्कारको अभियोगमा यहाँको जिल्ला अदालतमा मुद्दा दायर गरिएका अभिनेता पल शाहको बयान सकिएको छ । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत पूर्वी नवलपरासीमा ल्याएर बयान लिइएको हो ।

जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार शाहविरुद्ध एक किशोरीले अघिल्लो महिना बलात्कार अरोपमा दर्ता गराएको मुद्दामा जिल्ला अदालतमा बयान लिइएको हो । बुधबार शाह विरुद्धको मुद्दाको थुनछेक बहस हुनेछ । अदालतका इजलास अधिकारीले उनको बयान लिएका हुन् ।

बरिष्ठ अधिवक्ता गणेश अधिकारीका अनुसार शाहका पक्षबाट ९ वकिलले बहस गर्ने भएका छन् । सूचना अधिकारी क्षेत्रीका अनुसार जाहेरवालाको (पीडित किशोरी) पक्षबाट मंगलबार साँझसम्म कोह पनि वकिल तोकिएको छैन । पीडितका पक्षबाट वकालतनामा खुलाइएको छैन । बहस अघिसम्म वकिल राखेर पीडित पक्षले बहस गराउन सक्छन् । पीडितले कोही वकिल नराखे सरकारी वकिलले पीडितका पक्षमा बहस गर्ने छन् । दुवै पक्षको बहसपछि शाहलाई थानामा राखेर अनुसन्धान गर्ने, साधा तारिख वा धरौटीमा छोडेर मुद्दा चलाउने भन्ने टुंगो लाग्ने छ ।

विज्ञापन

अभिनेता साहले एक वर्षअघि गैंडाकोटमा गीतको सुटिंकका क्रममा एक किशोरीलाई मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै अघिल्लो महिना इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी परेको थियो । किशोरीको जाहेरीका आधारमा प्रहरीले शाहलाई चैत ५ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान थालेको हो । शाहलाई तनहुँमा पनि उनै किशोरीले एक वर्ष अघि बलात्कार गरेको भन्दै त्यहाँको प्रहरीमा उजुरी गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तनहुँ र पूर्वी नवलपरासीमा एक वर्षअघि बलात्कार गरेका अभियोग लगाउँदै मुद्दा दर्ता गराउने किशोरी एउटै हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार