होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सुत्केरी महिलालाई मासिक ३ हजारका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो बताएको हो । ‘प्रत्येक वडामा प्रसूती सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइनेछ’, राप्रपाको घोषणापत्रमा भनिएको छ । स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, […]
स्याउ उत्पादनका हिसाबले उत्कृष्ट जिल्ला डोल्पामा नयाँ जातको स्याउ परीक्षण सुरु भएको छ । हिमाली क्षेत्र डोल्पामा तीन प्रकारका हावापानी छ । यसमध्ये मध्य डोल्पामा मात्रै स्याउँ पाइन्छ । यही मध्य डोल्पामा फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड जातको स्याउ परीक्षण सुरु गरिएको हो । ठूलीभेरी नगरपालिका–७ बागवानी विकास केन्द्रले इटालीबाट स्याउको बिरुवा ल्याएर परीक्षण […]
काठमाडौंः भीरबाट लडेर नुवाकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ। घरबाट फर्कने क्रममा बेलकोटगढी नगरपालिका १२ सतारेका म्यादी प्रहरीको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। घर पुगेर कार्यक्षेत्र विदुर फर्कने क्रममा बाटोमा पर्ने घट्टेखोलाको भीरबाट लडेर २६ वर्षीय योगेन्द्र न्यौपानेको ज्यान गएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए। […]
वीरगञ्ज । महोत्तरीको गौरीडाँडाका युवाहरुले ‘नो लालपुर्जा, नो भोट’ अभियान सञ्चालन गरेका छन् । गौरीडाँडामा लामो समयदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नपाएको भन्दै उनीहरुले त्यस्तो अभियान सञ्चालन गरेका हुन् । निर्वाचनको समयमा ऐलानी जमिनमा बसोबास गर्दै आएका गौरीडाँडाका बासिन्दाहरुलाई लालपु्र्जा दिने आश्वासन दिएर नेता बन्ने तर जितेपछि बिर्सिने परिपाटी देखिएकाले आफूहरु जागरुक भएको युवाहरुले […]
बेनी: यही वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा म्याग्दीमा पहिलो पटक संस्कृति विषयतर्फबाट विद्यार्थी सहभागी हुने भएका छन्। बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । यस विद्यालयमा संस्कृत बिषयसमेतमा अध्यापन हुँदै आएको छ। यसैगरी उज्यालो […]
बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएकोे छ। अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी दिए। इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरको हो। स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा […]
, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल हुने सम्भावना बढेको छ । स्थानीय स्तरमा लगातार भइरहेको दुई दलबीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो । तर यो अनौपचारिक सहमतिलाई शीर्ष नेताहरुसहितको छलफलबाट टुंग्याइने एक नेता बताउँछन् । ‘लगभग कुरा टुंगिएको छ । तर […]
डोटी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २६ मतदान स्थल थपिएका छन् ।निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका नौ जिल्लामा अब एक हजार १३५ मतदान स्थल कायम भएका छन् । यसअघिको निर्वाचनमा सुदूरपश्चिममा एक हजार १०९ मतदान स्थल रहेका थिए । सबैभन्दा बढी मतदानस्थल बैतडीमा थपिएका छन् । यहाँ गत […]
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ। विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाको चौतर्फी बिरोध […]
काठमाडौं । सत्ता गठबन्धनको बैठक दिउँसो एक घण्टा ढिला गरी सुरु भएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिए पनि तीन बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर […]
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई अपमान सह्य नहुने बताएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता तथा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा नेपालले गठबन्धनभित्र आफ्नो पार्टीको अपमान भएको टिप्पणीसमेत गरे । ‘सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै, अरुको शक्तिको अवमूल्यन गर्दै, अलिकति अपमानपूर्ण ढंगले पनि व्यवहार […]
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिफारिस भएका जानकीराम साह मेयर बन्नका लागि नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार जनकपुरधाम–७ को वडाअध्यक्षमा निर्वाचित समेत रहेका साहले काठमाडौं स्थित बालकोटमा पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिका टालो गर्दै प्रवेश गरेका हुन् । मेयर पदका प्रत्यासी रहेका साहले लोसपाबाट टिकट […]
देशभरका ७७ जिल्लाका ७५३ पालिकामा कृषि गणना सुरु हुने भएको छ । आजदेखि देशभरका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिनेछ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक खटाइएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिएका छन् । यसअघि विसं २०६८ मा कृषि गणना […]
धनगढी : कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका एक बालकको शव फेला परेको छ। जिल्लाको पन्चदेवल विनायक नगरपालिका-८ का गोपाल जैशीका ६ वर्षीय छोरा अभिषेक जैशीको शव फेला परेको प्रहरीले बताएको छ। त्यस्तै, सोही ठाउँका रामप्रसाद जैशीका ११ वर्षीय छोरा विराज जैशी पनि नदीमा बेपत्ता भएका छन्। सोमबार अभिषेक र विराज नदीमा […]
काठमाडौँ — भारतका विभिन्न राज्यमा कोभिड संक्रमण दर उच्च गतिमा बढेसँगै नेपालमा फेरि झस्को पसेको छ । सम्भावित लहर र जोखिमबाट बच्न कोभिडविरुद्धको खोप लगाउनुपर्ने हुन्छ । तर, खोपप्रतिको सुस्तताका कारण जोखिम पुनः भित्रिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । अझैसम्म नेपालमा एक चौथाइले कोभिडविरुद्घ कुनै पनि खोप लिएका छैनन् । पूर्ण खोप लिएको धेरै समय भएका व्यक्तिले पनि […]
काठमाडौं । सरकारले आजदेखि देशरभर देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।७५३ वटा पालिकाबाट वैशाख आज र भोलि (बुधबार) राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार […]
नयाँ दिल्ली: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि भएको छ। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ। सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २,१८३ जना सङ्क्रमित भएका छन्। उक्त अवधिमा थप २१४ जनाको कोभिड–१९का कारण मृत्यु भएको तथ्याङ्कले देखाउँछ। त्यसैगरी पछिल्लो एक दिनमा एक हजार […]
कैलाली: कैलालीमा नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि रहेका मीनबहादुर बम नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उनलाई पार्टीमा प्रवेश गराएको एमालेका युवा नेता योगेश बमले बताए। उनी गत स्थानीय तहको निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ४ मा वडाअध्यक्षका उम्मेदवार रहेका थिए।
काठमाडौंः भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले देशका उत्तरपूर्वी राज्यकाले तिनका विद्यालयमा हिन्दी भाषालाई अनिवार्य बनाउने सहमति जनाएको बताएका छन्। यो सहमति सार्वजनिक भएसँगै आसाम लगायत उत्तरपूर्वी राज्यहरुमा आक्रोश उत्पन्न भएको छ। उत्तरपूर्वका आठ राज्यका १० कक्षासम्म हिन्दी भाषा अनिवार्य बन्न लागेको जानकारी दिने क्रममा शाहले हिन्दीलाई ‘भारतको भाषा’ बताए। उनले ‘देशको एकता मजबुत बनाउन हिन्दी […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेपाल परिवार दलले २१ पालिकाको प्रमुखको उम्मेदवारी आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ । परिवार दलका महामन्त्री सन्तोष पौडेलले २१ पालिकामा परिवार दलको बलियो संगठन रहेको दावी गरे । ‘जहाँ परिवार दल बलियो छ, त्यहाँ हामीले उम्मेदवारी दिन्छौं’, उनले भने, ‘जहाँ एमाले बलियो छ, त्यहाँ […]