होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • किशोर मृत फेला परेपछि अछामको विनायक क्षेत्र तनावग्रस्त
समाचार

किशोर मृत फेला परेपछि अछामको विनायक क्षेत्र तनावग्रस्त

  • नागरिक रैबार
किशोर मृत फेला परेपछि अछामको विनायक क्षेत्र तनावग्रस्त

अछाम — अछामको पंचदेव विनायक नगरपालिका–४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेका छन् । जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उक्त ठाउँमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो ।

मृतक शाही एमाले निकट भएकाले घटनाले राजनैतिक रुप लिएको छ । एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हत्या आरोप लगाएपछि विनायक क्षेत्रमा तनावग्रस्त अवस्था सिर्जना भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए ।

‘शनिबार बिहान भिरमा लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर अहिलेसम्म स्थानीयले घटनास्थलसम्म प्रहरीलाई जान दिएका छैनन् ’ प्रजिअ मरासेनीले भने ,‘प्रहरीको गाडी र इलाका प्रहरी कार्यालय तोडफोड पनि भएको छ । अवस्था सामान्य बन्न सकेको छैन । घटनास्थलमा प्रहरी पुगेर लास उठाउन त के हेर्न समेत पाएका छैनन् ।’

विज्ञापन

केही दिनअघि पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो । अहिले एमालेले कांग्रेस कार्यकर्तालाई हत्याको आरोप लगाएपछि अवस्था असहज बन्दै गएको स्थानीयले बताएका छन् । प्रदर्शनकारीले नाराबाजी गर्दै सडकमा टायर बालेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार