होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित संरचना ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ । भदौ २२ गते बिहान १० बजे रास्ट्रिय सभागृहमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए । मंसिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको […]
धनगढीः सुदूरपश्चिमको मौलिक संस्कृितसँग जोडिएको गौरा पर्वको प्रचारप्रसार अन्य राष्ट्रमा पनि हुन थालेको छ। सुदूरपहाडमा मनाइने गौरा त्यहाँका नागरिक बसाइ सरेसँगै विश्वभर विस्तार हुन लागेको हो। विशेषगरी सुदूरपश्चिमका नागरिक जहाँ बस्दै आएका छन्, सोही ठाउँमा गौरा पर्व मनाइने गरिएको छ। अमेरिकामा गौरा सुदूरपश्चिम समाज मेरिल्याण्ड, अमेरिका तथा नेपाली अमेरिकी सांस्कृतिक केन्द्रको सहआयोजनमा गौरा पर्व मनाइएको […]
बागलुङ । एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती-बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । […]
धनगढीः गौरा सकिएपछि सुदूरपश्चिम प्रदेशमा डेउडा खेलको रौनक छाएको छ। कोरोना महामारीका कारण केही वर्ष डेउडामा रमाउन नपाएका प्रदेशवासी यस वर्ष खुलेर डेउडामा रमाइरहेका छन्। गौरा सकिएको दिनदेखि धनगढीको वनदेवी मन्दिर परिसर र धनगढी उपमहानगरपालिका परिसर डेउडामय बनेको हो। कोरोना महामारीका कारण केही वर्ष डेउडा खेलमा रमाउन नपाएकाले यस वर्ष खुलेर रमाइरहेको डेउडा खेलमा सहभागीहरूको […]
काठमाडौँ — दसैंका लागि राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर […]
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १५ र २०७९ असार ९ गते परीक्षा सञ्चालन गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार प्रदेश-१को सबै र मधेश प्रदेशका (क्र.सं १ देखि १० सम्मका उम्मेदवार) अन्तर्वार्ता असोज २५ गते विहान […]
कञ्चनपुरः कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने, आमा गम्भीर घाइते भएकी छन्। जिल्लाको बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको सोमबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। […]
निर्वाचन आयोगले निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको छ । सोमबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल विज्ञप्ति जारी गरी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको जानकारी दिएका छन् । यसअघि देशभर १० हजार ७५६ मतदान स्थल थिए । मतदान स्थल […]
सरकारले आज (सोमबार)देखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि […]
यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो । तर, चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले रातोपाटीलाई […]
काठमाडौं– आसन्न मंसिर ४ गते हुने आम निर्वाचनका लागि गुल्मीमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच एकता भएको छ । सोमबार एमाले जिल्ला कार्यालय मदन आश्रित स्मृति भवनमा पत्रकार सम्मेलनबीच दुवै पार्टीबीच एकताको घोषणा गरिएको हो । घोषणा सभामा एमालेका पार्टी उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने बताएका छन् । राप्रपा बाँकेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको उल्लेख गर्दै राष्ट्रियताका सवालमा नेकपा (एमाले) राप्रपासँग नजिक भएको बताए । उनले तालमेलबाट बढी सिट ल्याउनेभन्दा पनि जनतासँगको […]
मंसिर ४ को संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा एमाले बाजुराका शिर्ष नेताहरु जिल्ला केन्द्रीत बनेका छन्। संघ र प्रदेश सभाका लागि उम्मेदवारी छनोट गर्न नेताहरु जिल्ला केन्द्रीत बनेका हुन्। एमालेका पाँचै जिल्ला केन्द्रीय सदस्य अन्य जिल्ला तहका शिर्ष नेताहरु बाजुरा आइसकेका छन्। नेकपा एमाले बाजुराले उम्मेदवार सिफारिसका लागि भदौ २० गते जिल्ला […]
सर्लाही । सर्लाहीको क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अमरेश सिंहको नाम सिफारिसमै परेन । गत निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित सिंहको नाम सिफारिस भएको छैन भने महामन्त्री गगन थापाको एकल नाम पठाइएको छ । ‘अमरेश जीको नाम क्षेत्रबाट आएको छैन । गगन जीको एकल नाम आएको छ ।’ सर्लाहीका कांग्रेस सभापति सुरेन्द्र सिंहले अनलाइनखबरसँग भने […]
धनगढीः बैतडीबाट नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि १३ जना सिफारिस भएका छन्। मंसिर ४ मा हुन लागेको संसदीय निर्वाचनका लागि आइतबार काँग्रेस बैतडीले संघ र प्रदेशका आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो। काँग्रेस बैतडीका सचिव देवराज जोशीका अनुसार संघमा प्रत्यक्षतर्फ चतुरबहादुर चन्द, विनयध्वज चन्द, नरबहादुर चन्द, केशबबहादुर चन्द, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, सुरेन्द्रसिंह ऐर, दिनेश […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् ।क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप-५ का एमाले इन्चार्ज होम थापाले बताए । ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र […]
धनगढी, २० भाद्र/ डोटीको केआई सिंह गाउँपालिकाको वडा नम्बर ७ ले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। वडाले मदिरा सेवन गर्नेलाई पन्ध्र दिन र बिक्री गर्नेलाई एक महिना ढुङ्गा वडा कार्यालयसम्म बोकाउने निर्णय गरेको हो। वडामा मदिरा बिक्री वितरण गर्ने व्यापारी तथा वडावासी सँगको छलफल पश्चात् फरक किसिमको कारबाही गर्ने […]
धनगढीः सुदूरपश्चिमका अस्पतालमा मिर्गौला प्रत्यारोपण नहुने अवस्थाका कारण यहाँका नागरिक भारत तथा संघीय राजधानीको भर पर्ने गर्छन्। सरकारले पनि मिर्गौला रोगीहरुका मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने घोषणा गरिसकेको छ। तर प्रदेशमा उक्त सुविधा नभएकाले सुदूरपश्चिमवासीले प्रदेशबाहिर गएरै मिर्गौला प्रत्यारोपण गनुपर्ने बाध्यता छ। सुदूरपश्चिममा सहज, सस्तो र गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध नहुँनु पनि एक प्रमुख समस्या हो। […]
काठमाडौं । ३० वैशाखको स्थानीय चुनावसम्म राजेन्द्र श्रेष्ठ र मानुषी यमी भट्टराई एउटै पार्टीमा थिए । श्रेष्ठ जनता समाजवादी पार्टीका सिनियर नेता थिए भने मानुषी युवा पुस्ताको । तर अहिले दुबै अलग पार्टीमा मात्र छैनन्, सत्तारुढ गठबन्धनको तर्फबाट एउटै क्षेत्रमा उम्मेदवार बन्ने दौडमा छन् । जसपाका वरिष्ठ नेता श्रेष्ठले काठमाडौं–७ बाटै प्रचार–प्रसार सुरु गरेका छन् […]
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरूको तटस्थ सरकार बनाउन माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद सुवालले हालसम्मका सरकारहरूले निष्पक्ष चुनाव गराउन नसकेको भन्दै निष्पक्ष चुनाव गराउनका लागि तटस्थ सरकार बनाउनुपर्ने बताए । उनले निर्वाचनमा भाग नलिनेहरूको मात्रै तटस्थ सरकार बनाउनुपर्ने बताए । सांसद सुवालले निर्वाचनको […]