होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लगानी बोर्डले जारी गर्‍यो ‘परियोजना बैंक निर्देशिका’ : ‘वान स्टप सर्भिस’ बाटै आयोजनाबारे जानकारी
समाचार

लगानी बोर्डले जारी गर्‍यो ‘परियोजना बैंक निर्देशिका’ : ‘वान स्टप सर्भिस’ बाटै आयोजनाबारे जानकारी

  • नागरिक रैबार
लगानी बोर्डले जारी गर्‍यो ‘परियोजना बैंक निर्देशिका’ : ‘वान स्टप सर्भिस’ बाटै आयोजनाबारे जानकारी

नेपाल लगानी बोर्डले सार्वजनिक निजी साझेदारीमा कार्यान्वयन गरिने आयोजनाको सूची तयार पार्न परियोजना बैंक निर्देशिका सार्वजनिक गरेको छ । प्राविधिक र आर्थिक दृष्टिले सम्भावित लगानीको सूची तयार पार्ने लक्ष्यसहित तयार पारिएको परियोजना बैंक निर्देशिका बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज सार्वजनिक गरेका हुन् ।

लगानी बोर्डद्वारा आयोजित दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ‘वान स्टप सर्भिस’ (ओएसएस) डिजिटल प्रणालीको सुरुवात गरेका हुन् । यो डिजिटल प्लेटफर्ममार्फत लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहजीकरणसँग सम्बन्धित सबै निकायहरू आबद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान गर्नेछन् ।

उद्घाटन सत्रका क्रममा प्रधानमन्त्री देउवाले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डले तयार पारेको ‘रासायनिक मल कारखाना स्थापना’ सम्बन्धी अध्ययन प्रतिवेदन समेत सार्वजनिक गरे । उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मल कारखाना सञ्चालनको तुलनात्मक अध्ययन गरिएको छ ।

विज्ञापन

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताए । यस उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आव्हानसमेत गरे । लगानी बोर्डको कार्यालयको लगानी प्रवर्द्धनको मुख्य उद्देश्यसहित स्वदेश र विदेशमा यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरू, रोड शो, परियोजना लगानी सम्मेलन आयोजना गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार