होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीको समैजी स्टोरमा राजस्वको छापा
समाचार

धनगढीको समैजी स्टोरमा राजस्वको छापा

  • नागरिक रैबार
धनगढीको समैजी स्टोरमा राजस्वको छापा

धनगढी: कैलालीको धनगढी चौराहामा रहेको समैजी स्टोरमा आन्तरिक राजस्व कार्यालयको टोलीले छापा हानेको छ। बुधबार आन्तरिक राजस्वका अधिकारी गएर छापा हानेको कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले दिनेशखबरलाई बताए।

‘समैजी स्टोरको भौतिक मालसामानको अवस्था र उसले हामीलाई देखाउने कारोबार र तिर्ने राजस्वमा तालमेल नमिलेको देखिएकाले स्टक र कारोबारको वास्तविक अवस्था थाहा पाउन छापा हानेको हो,’ उनले भने, ‘अहिले पसलको स्टक चेकजाँच गरिरहेका छौँ।’

समैजी स्टोरले कारोबार अनुसारको राजस्व नतिरेको हुनसक्ने अनुमान गर्दै छापा हानेर स्टक र कारोबारको विवरण रुजु गर्न केही समय लाग्ने बताइएको छ। त्यसपछि मात्रै कारोबार तथा कर छली भए/नभएको थाहा हुने सूचना अधिकारी पौडेलले दिनेशखबरलाई बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार