होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो । म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै […]
काठमाडौं । दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान (आइतबार) बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ । हालसम्म ५ जनाको शव फेला परेको, […]
मुगु — जिल्लाको पर्यटकीय गन्तव्य राराको दोस्रो सर्वेक्षण कार्य सुरु गरिएको छ । २०५४ साल राराको पहिलो सर्वेक्षण गरिएकोमा २५ वर्षपछि पुन: सर्वेक्षण कार्य सुरु भएको रारा रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको आर्थिक सहयोगमा कार्ड इ–टु सर्भिस जेड जेभी प्रालिले भदौ दोस्रो सातादेखि राराको गहिराई, लम्बाई, चौडाइ क्षेत्रफल, […]
काठमाडौँ — दार्चुलामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका ३ र महाकाली नगरपालिकाका २ जना छन् । बाढी पहिरोमा परी १० जना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली […]
धनगढीः दार्चुलामा गएराति परेको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गर्न थालेको छ। जिल्लाको नौगाड गाउँपालिका २ सल्ला गाउँमा आएको बाढीपहिरोमा परेर पाँच जनाको मृत्यु भएको थियो। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि सेनाको हेलिकोप्टर बाढीपहिरो प्रभवित क्षेत्रमा पुगेको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट […]
बाजुरा । बाजुराको अर्गानिक स्याउ धनगढी आएको छ। कृषि ज्ञान केन्द्रको सहयोगमा व्यापारीहरुले स्याउ धनगढी ल्याएका हुन्। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुका अनुसार स्वामिकार्तिक–खापर गाउँपालिकाको स्याउ शनिबार धनगढी पुगेको छ। किसानको बारीबाट भरिया र खच्चरमा तिलिचोसम्म ढुवानी गरिएको स्याउ ट्रकमा धनगढी ल्याइएको हो। साँफे–मार्तडी सडक अवरुद्ध भएकाले कर्णाली करिडोरबाट सुर्खेत–कोहलपुर हुँदै स्याउ धनगढी […]
धनगढीः नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र वनमन्त्री मानबहादुर धामी दार्चुलातर्फ उडेका छन्। मन्त्रीत्रय बडु, रावल र धामी राहत सामग्री लिएर दार्चुलातर्फ लागेका हुन्। बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बलहरु लगायतका राहत सामग्रीसहित मन्त्रीत्रयको टोली त्यहाँतर्फ उडेको […]
काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको छ । बाढीमा परेर ४ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि शुक्रबार रातिदेखि आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए । बेपत्ता हुने महाकाली नगरपालिकाका दुई जना र नौगाड […]
पोखरा । गत आर्थिक वर्षदेखि निर्माणाधीन सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पोखराको छोरेपाटन–पार्दी सडकखण्ड अहिले हिलाम्मे छ । सानो बर्षात हुँदासमेत सडकमा आउजाउ यातायातका साधनमात्रै नभई यात्रीहरुले पनि सास्ती भोग्नु परिरहेको छ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने बाटोबाट दिक्क भएका स्थानीयबासिन्दा अचेल पोखरा महानगरले सुरु गरेको ‘हेल्लो मेयर’ कार्यक्रममा आफ्नो गुनासो टिपाउँदै सोध्छन्, […]
काठमाडौं / सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’ले आफ्नो अपमान गरेको भन्दै स्रष्टाहरू आन्दोलित भएका छन्। सुदूरपश्चिमका प्रभावशाली ४३ जना स्रष्टाहरूले सामूहिक विज्ञप्ति निकालेर त्यसको चर्को विरोध जनाएका छन्। प्रतिष्ठानको कुलपतिमा मुख्यमन्त्री, सहकुलपतिमा सामाजिक विकास मन्त्री र सदस्य सचिवमा मन्त्रालयका सचिव रहने व्यवस्थासहितको ऐनले पञ्चायतकालीन प्रवृत्तिको पुनरावृत्ति गरेको भन्दै स्रष्टाहरू आन्दोलित भएका हुन्। […]
काठमाडौं । पछिल्लो २४ घण्टामा २२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ४०१ परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ५१८ पीसीआर परीक्षणमा १३७ जना र दुई हजार ८८३ एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा […]
२३ भदौ, विराटनगर । प्रदेश १ साक्षर प्रदेश घोषणा भएको छ । ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ सरकारले बिहीबार साक्षर प्रदेश घोषणा गरेको हो । प्रदेशका १५ देखि ६० वर्ष उमेर समुहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएकाले साक्षर प्रदेश घोषणा गरेको प्रदेश १ सामाजिक विकास […]
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। बिहीबार प्रदेश […]
बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै तीन घण्टा लाग्छ । आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी […]
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २६ गतेदेखि २८ गतेसम्म अन्तर्वार्ताको मिति तय गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ को […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी संयन्त्रप्रति असन्तुष्टि जनाएका छन् । देशको दुर्गती हुनुमा राजनीतिक दलहरु मात्र हो कि कर्मचारी सयन्त्र पनि जिम्मेवार छ भनेर छलफल गर्नुपर्ने उनले बताएका छन् । निजामती सेवा दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘जबसम्म ब्यूरोक्रेसीको सहयोग हुँदैन, तबसम्म देश अघि बढ्नै सक्दैन । अहिले स्थानीय तहसम्म ब्यूरोक्रेसी […]
काठमाडौं । यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको विभागका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्ने छन् । विभागका महानिर्देशक […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रालाई विश्वव्यापी बनाउने बताएका छन् । इन्द्रजात्रा सुरु भएको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मेयर बालेनले विश्वव्यापी रुपमा इन्द्रजात्रालाई चिनाउन खोजेको र महानगरले त्यहि अनुसार अन्तर्राष्ट्रियस्तरका नगरप्रमुखहरुलाई बोलाएको बताए । उनले इन्द्रजात्राको लागि व्यवस्थापन समितिबाट काम भइरहेको भन्दै सबै तयारी लगभग पूरा भएको जानकारी दिएका छन् । […]
धनगढी: आगामी मंसिर ४ गते आम निर्वाचन हुने भनेर सरकारले निर्णय गरेसँगै विभिन्न दलका शिर्ष नेता सुदूरपश्चिम आउने क्रम बढेको छ। मुख्य दलका नेता एकपछि अर्को प्रदेशका विभिन्न जिल्लामा आउनुले राष्ट्रिय राजनीतिको केन्द्रमा सुदूरपश्चिम देखा पर्न थालेको भन्ने प्रष्ट हुन्छ। हरेक निर्वाचनमा फरकफरक नतिजा दिने गरेको सुदूरपश्चिमलाई मुख्य दलका शिर्ष नेताले प्राथमिकतामा राखेर भ्रमण गर्न […]
काठमाडौं । १९ औं निजामती सेवा दिवस आज मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ […]