होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
Advertisement area
धनगढीः नेपालमा मनसुनको याम सकिनलाग्दा मौसम पूर्वानुमान महाशाखाले ठूलो वर्षा हुनसक्ने चेतावनी दिएको छ। गत वर्ष पनि मनसुन सकिएपछि परेको ठूलो वर्षाले सुदूरपश्चिम क्षेत्रमा ठूलो क्षति भएको थियो।
के छ चेतावनी ?
खासगरी नेपालको सिमाना छेउको भारतीय राज्य उत्तर प्रदेशमा केही दिनदेखि विकसित न्यूनचापीय क्षेत्र नेपालतर्फ सर्दै जाने क्रममा नेपालको पश्चिमी भूभागनजिक आइपुग्ने र सोसँगै मनसुन न्यूनचापीय रेखा पनि विस्तारै नेपालको तराईनजिक आइपुग्ने हुनाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यही प्रणालीका कारण बिहीवार रातिदेखि नै देशका कतिपय भागमा पानी पर्न थालेको छ। ‘यो क्रममा नेपालको तराई क्षेत्र तथा पश्चिमी भूभागमा धेरै पानी पर्ने देखिन्छ,’ महाशाखाका मौसमविद् हीरा भट्टराईले भने। चौबीस घण्टाको अवधिमा १० मिलिमिटरको हाराहारीमा पानी पर्नुलाई सामान्य वर्षा मानिन्छ भने १० देखि ५० मिलिमिटर पानी पर्नुलाई मध्यम वर्षा मानिन्छ। पचासदेखि १०० मिमि पानी परेमा भारी वर्षा भनिन्छ अनि १०० मिमि नाघेको खण्डमा धेरै भारी वर्षा भनिन्छ। शुक्रवार साँझदेखि सुदूरपश्चिम क्षेत्रमा पानी धेरै पर्न सक्ने उनले बताए।
फेसबुक प्रतिक्रियाहरु