होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने बेला स्याल छिरेपछि…
प्रदेश ७

धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने बेला स्याल छिरेपछि…

  • नागरिक रैबार
धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने बेला स्याल छिरेपछि…

धनगढी । धनगढी विमानस्थलको रनवेमा स्याल छिरेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ । काठमाडौंबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको थियो । ओभरसुट गरेको जहाजले धनगढीको आकाशमा फन्को मारेर पछि अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको जानकारी दिए । उनकाअनुसार अन्य प्राविधिक समस्या नभएर रनवेमा स्याल प्रवेश गरेका कारण जहाजले आकाशमा फन्को मार्नुपरेको हो ।

विमानस्थल कार्यालयकाअनुसार बेलाबखत ग्राउण्डमा स्याल प्रवेश गर्दा समस्या हुने गरेको छ । शुक्रबार बिहानैदेखि वर्षा भइरहे पनि धनगढी विमानस्थलमा हुने हवाइ उडान भने प्रभावित भएका छैनन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार