होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादीले यसरी तयार पार्दैछ घोषणापत्र
समाचार

माओवादीले यसरी तयार पार्दैछ घोषणापत्र

  • नागरिक रैबार
माओवादीले यसरी तयार पार्दैछ घोषणापत्र

नेकपा माओवादी केन्द्रले विभिन्न १२ क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी उनीहरुका सुझावका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र निर्माण गरिरहेको छ । घोषणापत्र यसै साता तयार हुने नेताहरुको भनाइ छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समितिले घोषणापत्र लेखन कार्यलाई अघि बढाएको छ । यसै हप्ताभित्र पार्टीको घोषणापत्र तयार गर्ने योजना रहेको पार्टी केन्द्रीय सदस्य डीपी ढकालले  बताए ।

उनका अनुसार विभिन्न १२ क्षेत्रका विषय विज्ञहरुसँग अन्तक्र्रिया गरेर घोषणापत्र तयार हुँदैछ .ढकालले भने, ‘यो पटक घोषणापत्र तयार गर्दा फरक शैली अपनाएका छौं । विभिन्न १२ क्षेत्रका विषय विज्ञहरुसँग बसेर अन्तक्र्रिया ग¥यौं । त्यहाँबाट आएका सुझावलाई टिपोट गरेर घोषणापत्रमा समेट्ने तयारी गरेका छौं ।’

माओवादीले यो पटकको घोषणापत्र छोटो र बुँदागत रुपमा जनताले बुझ्ने भाषामा तयार गर्ने ढकालको दाबी छ । ‘हाम्रो पार्टीको घोषणापत्र लामो पुस्तक वा तमसुक जस्तो पढ्नै अल्छी लाग्ने हुनेछैन,’ उनले भने, ‘तमसुक जस्तो घोषणापत्र मतदाताले पढ्दा पनि पढ्दैनन्, त्यसैले घोषणापत्र छोटो, छरितो र बुँदागत रुपमा नाराको रुपमा समेट्ने छौं ।’रातोपाटीबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार