होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, १६ भदौ । बागमती र प्रदेश नम्बर १ मामा सरकार जोगाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रयास विफल हुने भएको छ । बागमती प्रदेशमा एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । शाक्यले प्रदेश सभा सांसदहरुलाई मन्त्रीको अफर गरेर रोक्न खोजेपनि १२ जनाले नेकपा एस रोजेका छन् । अब उनले […]
धनगढी : सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन्। विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १० जना नेपालले खोलेको नयाँ पार्टी […]
सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएका छन् । प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन लागेका हुन् । आजै निर्वाचन कार्यालयमा गएर सनाखत गराउने तयारी भइरहेको प्रदेश सरकारका […]
धनगढी : नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान चाहने सुदूरपश्चिमका प्रदेशसभा सदस्य आजै सनाखत गर्ने तयारीमा जुटेका छन्। आज बेलुका ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा प्रदेश सांसद जुटेका हुन्। नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले आजै सनाखत गर्ने तयारी […]
डोटी: सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्रयाइएको छ। सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ। आइतबार यहाँका हिन्दू महिलाले नजिकै रहेका खेतबाट गौरालाई गौराघरसम्म भित्र्याएका हुन्। सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकका रुपमा गौराको मूर्ति बनाई भित्र्याएक हुन्। गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म भित्र्याउने […]
आफन्तको मलामी गएका एक युवक खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । मलामी गएका ती युवकलाई नुहाउने क्रममा आज बिहान १०ः ०० टुँडे खोलाले बगाएको हो । बेपत्ता ती युवकको खोजी भइरहेको छ । […]
धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको सडकमा पर्यटकलाई रोक लगाइएको छ। टिकटक, भिडियो र फोटो खिच्न आउने भीडका कारण ‘भाइरल रोड’ भनेर चर्चित भएको उक्त सडकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रोक लगाएको हो। बुधबार जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायबीच सम्पन्न भएको बैठकले गरेको निर्णयअनुसार आजदेखि उक्त सडकमा पर्यटकलाई […]
धनगढी : एमाले विभाजनपछि सुदूरपश्चिमका प्रदेश सांसद कित्ता क्लियर गर्न थालेका छन्। प्रदेश सभामा रहेका एमालेका सभामुखबाहेक २४ सांसदमध्ये अधिकांश नेकपा एकीकृत समाजवादीको पक्षमा देखिएका छन्। प्रदेश सभामा विगतमा १७ जना नेपाल र सातजना केपी ओली पक्षमा थिए। विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १४ जना नेपालले खोलेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना […]
काठमाडौँः भाषा आयोगले सातै प्रदेशमा सरकारी कामकाजको भाषा सिफारिस तयारी गरेको छ। राष्ट्रिय जनगणना २०६८ को तथ्यांकका आधारमा कामकाजी भाषा तोक्न लागिएको हो। वक्ता संख्या अधिक रहेका मैथिली, थारू र मगर भाषा दुई–दुई प्रदेशमा लागू हुने देखिएको छ। त्यसैगरी तथ्यांकमा १८ जनामात्र देखिएको खस भाषा कर्णाली प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न विज्ञले मतैक्य […]
धनगढीः नेकपा एमाले सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी बिकले एमाले छाडेकी छन्। एमाले छाडेर बिकले आफू माधव नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टीमा लागेको बताएकी छन्। तत्कालीन एमाले वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहने बताउदै बिकले समाजवादीमा इन्ट्री गरेकी हुन्। उनी यसअघि कुनै पक्षमा नलागेर तटस्थ रहेकी थिइन। उनले […]
धनगढी : गौराको अवसरमा भदौ १४ गते सार्वजनिक बिदा दिइएको छ। संघीय सरकारले राजपत्रमा प्रकाशित सूचनाअनुसार १४ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको हो। गौराको अवसरमा सुदूरपश्चिम प्रदेशमा मात्रै बिदा दिएको संघीय सरकारले सोही दिन श्रीकृष्ण जन्माष्टमी पर्व पनि परेपछि देशभरी नै बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले भने गौरा पर्वमा छुट्टै बिदा […]
डोटी- पहिरोले अवरुद्ध भएको डोटीको बुडर–जोरायल सडक सञ्चालनमा आएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार जोरायल गाउँपालिका–२ बिछल खोलामा शुक्रबार बिहान पहिरो आउँदा उक्त क्षेत्रको सवारी आगमन पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोले अवरुद्ध भएको सडक स्थानीयवासी, प्रहरी तथा स्काभेटरको सहायतामा आज बिहानदेखि सञ्चालन भएको अस्थायी ट्राफिक पोष्ट बुडरका प्रमुख हर्क साउदले जानकारी दिए । पहिरोले […]
धनगढी । नेकपा (एमाले) सुदूूरपश्चिमकी प्रमुुख सचेतक दुुर्गाकुुमारी बिक पनि नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेकी छन् । एमाले फुुटाएर नेता माधव नेपालले आफ्नो नेतृत्वमा गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफू रहने बिकले घोषणा गरेकी हुन् । बिक पार्टी विभाजनपछि कुनै पक्षमा पनि खुलेकी थिइनन् । ‘मैले विगतमा एमाले हुुँदा पनि माधव नेपाल समूूहकै […]
धनगढी: कैलालीमा छाडा पुशचौपायाले गर्दा किसानलाई बारीको बाली जोगाउन धौधौ छ। स्थानीय सरकारलाई छाडा पशुचौपाया नियन्त्रण गर्न स्थानीयले दबाब दिँदै आएका छन्। यस्तै शुक्रबार पशुचौपाया नियन्त्रण गर्न दबाब दिदै अत्तरियामा स्थानीयहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनको अगुवाई थ्रिडिभिएल क्रियशन नामक संस्थाले गरेको थियो। सांकेतिक आन्दोलनस्वरूप पशु चौपायासहितको प्रदर्शन गरिएको प्रदर्शनकारीहरुले बताएका छन्। कैलालीमा गौशाला निर्माण गरिएको […]
जिल्लाको पूर्वी चौकी गाउँपालिका–२ बगलेकबासीले चुलोमा खाना पकाउँदा आउने धुवाँबाट मुक्ति पाएका छन् । मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) नामक गैरसरकारी संस्थाले उक्त वडामा चार सय ७२ परिवारलाई धुवाँरहित फलामे चुलो वितरण गरेपछि धुवाँको समस्या हटेको हो । उक्त संस्थाको रु ८५ लाखको आर्थिक सहयोगमा वडाबासीलाई धुवाँरहित चुलो वितरण गरेको थियो । धुवाँले […]
धनगढी । लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका-४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार वडा नम्बर-४ का ८० र वडा नम्बर-७ का ५८ घर […]
धनगढीः आज भाद्र कृष्ण पञ्चमी अर्थात सुदूरपश्चिमेलीहरको ठूलो चाड गौरापर्वको पहिलो दिन हो। आजबाट नै विधिवत रुपमा गौरापर्व सुरु भएको मानिन्छ। गौरा पर्वको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। ‘बिरुडा पञ्चमी’ को शुभ साइतमा आज गौरा पूजनका लागि बिरुडा राख्ने गरिन्छ। बिरुडा भन्नाले पाँच थरी अन्नको समिश्रणलाई भनिन्छ। आजकै दिन गौरा पूजनका लागि पाँचथरी अन्न […]
धनगढी : ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ जना सासंद छन्। पार्टी विभाजन हुनुअघि केपी शर्मा ओलीलाई साथ दिने सांसदको संख्यासात मात्रै थियो। सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षका थिए। १७ जना नेपाल समूहका सांसदले त पार्टीको निर्णयविपरीत माओवादी नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत पनि दिए। ओली पक्षको स्थायी कमिटी र प्रदेश कमिटीले गरेको […]
धनगढी । शिशुको हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका-७ की ३५ वर्षीया महिला पक्राउ परेकी हुन् । घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । शिशु जन्माएपछि […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुुरु गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नै मुद्रण मेशिन जडान गरी मंगलबारदेखि राजपत्र छाप्ने काम सुुरु गरेको हो। प्रदेशकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले मेशिनको पुजापाठ गरी उद्धघाट गरेकी छिन्। सो अवसरमा बोल्दै मन्त्री जोशीले यसअघि राजपत्र छपाउनका लागि संघीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता […]