होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आजबाट गौरा पर्व सुरु
समाचार

आजबाट गौरा पर्व सुरु

  • नागरिक रैबार
आजबाट गौरा पर्व सुरु

धनगढीः आज भाद्र कृष्ण पञ्चमी अर्थात सुदूरपश्चिमेलीहरको ठूलो चाड गौरापर्वको पहिलो दिन हो। आजबाट नै विधिवत रुपमा गौरापर्व सुरु भएको मानिन्छ।

 

गौरा पर्वको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। ‘बिरुडा पञ्चमी’ को शुभ साइतमा आज गौरा पूजनका लागि बिरुडा राख्ने गरिन्छ। बिरुडा भन्नाले पाँच थरी अन्नको समिश्रणलाई भनिन्छ। आजकै दिन गौरा पूजनका लागि पाँचथरी अन्न तथा गेडागुडी गहत, केराउ, गुरास, मास तथा गहुँ विधिपूर्वक भिजाउने काम गरिन्छ। आजको दिन स्नान तथा पूजा गरेर बिरुडाका लागि छुट्याइएको अन्न तामा अथवा पित्तलको भाडोमा राखेर भिजाउने कार्य गरिन्छ।

विज्ञापन

 

बिरुडा पञ्चमीमा भिजाइएको बिरुडा दोस्रो दिन अर्थात नौलाकी गौरा ल्याउने दिन धोइपखालाल्ने काम गरिन्छ। नौलाकी गौराको पुजा पनि आज राखिएको बिरुडाले गर्ने परम्परा रहेको छ। सप्तमीको दिन गौरालाई विधिवत रुपमा गौरा घरमा भित्र्याउने चलन छ भने भितल्ली गौराको पुजा पनि आज राखिएको बिरुडाले नै गर्ने गरिन्छ।

 

गौरा पर्वको महत्वपूर्ण दिन गौरा अष्टमीलाई मानिन्छ। त्यो दिन भने भिजाइएका सबै बिरुडा गौरादेवीलाई अर्पण गरिन्छ। त्यही दिन गौरा पूजनमा प्रयोग भएका बिरुडाले ब्रतालु महिलाहरुले प्रसादको रुपमा ग्रहण गर्ने चलन छ। बिरुडाले सुख शान्ती तथा दीर्घ जीवन प्राप्त होस् भनेर अशिर्वाद दिँदै आफन्त तथा कुटुम्बहरुको शरीर पुजा गर्ने चलन रहेको छ।

 

सुदूरपश्चिममा अन्न तथा ऋतु फलहरु गौरामा चढाइसकेपछि मात्रै मानिसले ग्रहण गर्नुपर्ने मान्यता रहेको छ। सुदूरपश्चिममा गौरापर्व कम्तिमा ३ दिनसम्म मनाइन्छ भने ठाउँ र परम्परा अनुसार गौरा विर्सजन विभिन्न समयमा गर्ने गरिन्छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार