होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरको ‘भाइरल रोड’मा जान प्रतिबन्ध
समाचार

कञ्चनपुरको ‘भाइरल रोड’मा जान प्रतिबन्ध

  • नागरिक रैबार
कञ्चनपुरको ‘भाइरल रोड’मा जान प्रतिबन्ध

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको सडकमा पर्यटकलाई रोक लगाइएको छ। टिकटक, भिडियो र फोटो खिच्न आउने भीडका कारण ‘भाइरल रोड’ भनेर चर्चित भएको उक्त सडकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रोक लगाएको हो।

बुधबार जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायबीच सम्पन्न भएको बैठकले गरेको निर्णयअनुसार आजदेखि उक्त सडकमा पर्यटकलाई रोक लगाइने प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले बताए।

उक्त सडकमा लाग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडका कारण कोरोनाको जोखिम बढीरहेका कारण यस्तो निर्णय गरिएको उनले बताए। ‘कैलाली र कञ्चनपुर तथा अन्य स्थानबाट थुप्रै सर्वसाधारणहरु आएर भिड लाग्न थाल्यो। निषेधाज्ञा लागू नै भएका अवस्थामा कोरोनाको जोखिमलाई मध्य नजर गर्दै आम सर्वसाधारणहरुलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेका छौ,’ उनले भने।

विज्ञापन

यस्तै कोरोना संक्रमणको जोखिम बाहेक मदिरा तथा लागूऔषध सेवन गरि दिनहुँ झै–झगडा हुने अवस्था सिर्जना भएको, भिडका कारण निर्माणाधीन पुल तथा सडकको काम प्रभावित बनेको र छेउमै रहेको महाकालीमा पुरुष बेपत्ता भएको घटनाका कारण अर्को आदेश नआएसम्म सडकमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

पछिल्लो समय दैनिक ३ देखि ४ हजार पर्यटक उक्त स्थानमा पुग्ने गरेका थिए। त्यो संख्या सार्वजनिक बिदाका दिन दोब्बर हुने गरेको स्थानीयले बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार