होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः दसैँमा पनि बैंकहरूले सेवालाई निरन्तरता दिएका छन्। बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने जनाएका छन्।चाडबाडको बेला सेवाग्राहीको सहजताका लागि बैंकिङ कारोबारलाई निरन्तरता दिइएको सम्बन्धित बैंकहरूले बताएका छन्। सुदूरपश्चिममा बैंकहरू खुल्ने दिन र समयतालिका यस प्रकार छ। सुदूरपश्चिमः एनआइसी एशिया बैंक बैंक खुल्नेः बिहान ११ देखि दिउँसो २ बजेसम्म सप्तमी–धनगढी चौराहा, महेन्द्रनगर, बौलिया, […]
धनगढी । प्रहरीले कैलालीबाट लागुऔषधसहित ६ जनालाई पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ र १३ बाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले धनगढी उपमहानगरपालिका–२ को राम जानकी मन्दिर नजिकबाट दुई जना र १३ को राजपुरबाट चार जनालाई पक्राउ गरिएको जानकारी दिए । एसपी […]
धनगढी : धनगढीमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगितामा अछाम र बझाङको टिममाथि कारबाही भएको छ। दुबै टिमले रेफ्रीको निर्णय अस्वीकार गर्दै आधा खेलमै कोर्ट छाडेपछि कारबाही गरिएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ। परिषद्का सदस्य सचिव दीपक सिंहले खेल अनुशासन नदेखाएका दुबै टिममाथि कारबाही गरिएको बताए। ‘दुबै टिमले रेफ्रीको निर्णय अस्विकार गर्दै बिचमै खेल […]
यहाँ स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् । कार्यालयमै रहेका बेला बेलुका साढे ७ः ०० बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज […]
धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसंगै मन्त्री, ४ राज्यमन्त्री र प्रदेश सभा सदस्यहरुको खातामा दसैँ भत्ताको रकम जम्मा भएको छ। उनीहरुका स्वकीय सचिवहरुले पनि भत्ता बुझेका छन्। प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार पदाधिकारीहरूको एक महिना बराबरको दसैँ भत्ता भुक्तानी भएको छ। ‘ऐनअनुसार एक महिनाको पारिश्रमिक बराबर दसैँ भत्ता बपतको रकम जम्मा भएको हो,’ प्रदेश […]
धनगढी : सुदूरपश्चिममा जीवन बीमा कम्पनी र तिनका एजेण्टका कारण बिमित मर्कामा पर्न थालेका छन्। विभिन्न बीमा कम्पनी र तिनका एजेन्टहरुले जबरजस्ती ठूलो रकमको बीमा गराउने तर जोखिम या आर्थिक समस्या परे कुनै सहयोग नगर्ने गुनासो सर्वसाधारणले गर्न थालेका हुन्। आर्थिक समस्या परेर बीमालेख सरेण्डर गरी पैसा फिर्ता माग्न खोज्दा बीमा कम्पनीहरुले विभिन्न नियम देखाएर […]
धनगढी : सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ धनगढीमा आयोजना हुने भएको छ। सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार असोज २० गतेदेखि २३ गतेसम्म धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ। सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका टीमहरुले सहभागीता जनाउने प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी दिइने पत्रकार […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा राजनीतिक आस्थाको आधारमा कर्मचारी सरुवाको चलखेल भइरहेको गुनासो गरिएको छ। राजनीतिक दलमा आस्था राख्ने, मन्त्री तथा सांसद निकट तथा कैलाली र कञ्चनपुर जिल्लामा कार्यरत कर्मचारीहरुलाई बढी बजेट खर्च हुने निकाय र कार्यालयमा ल्याउन निकै दौडधुप सुरु भएको कर्मचारी स्रोतको दाबी छ। आफूले छानेको र चाहेको कार्यालयमा सरुवा माग गर्दै नेपाली कांग्रेस, […]
कैलालीः सर्वोच्च अदालतमा आज सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा पेसी तोकिएको छ। जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकारले सरकार पुनर्गठन गरेको भन्दै रिट निवेदन दिएका थिए। १४ जेठमा मुख्यमन्त्री भट्टले ७ सदस्यमा केहीको निरन्तरता र केही थप्दै ११ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन […]
धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा आयोजित पार्टीको कार्यकर्ता भेलामा झडप भएको छ ।क्रियाशील सदस्यताको विषयमा असहमति जनाएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा देउवा पक्ष पनि प्रवेश गर्न खोज्दा झडप भएको हो । झडपका क्रममा दुवै पक्षका केही नेता कार्यकर्ता समान्य घाइते भएका छन् । तर जिल्ला […]
बझाङ, १७ असोज । बझाङ र बाजुरामा कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न गरेर नेता कार्यकर्ताहरू जिल्ला अधिवेशनको चटारोमा छन् । बझाङका दुवै प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । बाजुरामा देउवा र पौडेल दुवै पक्षले एकरएकवटा निर्वाचन क्षेत्रमा विजयी भएका छन् । बझाङको प्रदेश निर्वाचन क्षेत्र क–बाट देउवा पक्षका उम्मेदवार पुस्कल बोहरा र […]
धनगढी: प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले पाठ्यक्रम बनाउने प्रक्रिया सुरु गरेको छ। आयोगका अध्यक्ष यज्ञराज बोहराको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण समितिले प्रक्रिया अगाडि बढाएको हो। ‘मेरो अध्यक्षतामा बसेको बैठकले विज्ञहरुलाई पाठ्यक्रमको मस्यौदा तयार पार्न जिम्मा दिएको छ,’ प्रदेश लोकसेवा आयोगका अध्यक्ष बोहराले भने, ‘२/३ दिनभित्र मस्यौदा बुझाएपछि छलफल गरेर टुंगो लगाउँछौँ।’ बोहराले दसैँपछि विज्ञापन खोल्ने गरि […]
धनगढीः आइतबार बिहान धनगढीको नवजीवन अस्पतालमा मत्युवरण गरेकी सुत्केरीको शव आफन्तले बुझेका छन्। डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो। उनको गर्भमा रहेको बच्चालाई भ्याकुम प्रयोग गरेर निकालिएपछि रक्तस्राव भएको अस्पतालले जनाएको थियो। तर आफन्तले दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव नउठाउने अडान लिँदै आएका […]
धनगढी । सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका ७५ स्थानीय तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा समेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिष्कारकाबीच पालिकास्तरको अधिवेशन सम्पन्न भएको छ । धेरै ठाउँमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने निर्वाचन भएको अधिकांश स्थानमा देउवा पक्ष नै बलियो […]
काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।शनिबार र आज सम्पन्न भएका पालिकाका अधिवेशनमा सात पालिकामा सर्वसम्वत पदाधिकारी चयन भएका छन् भने दुईवटा पालिका बडिकेदार तथा बोगटान फुड्सिल गाउँपालिकामा निर्वाचन भएको छ । जसअनुसार दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, पूर्वीचौकी गाउँपालिमा बलबहादुर […]
धनगढीः धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेसँग १९ हजार ३ सय क्विन्टल खाद्यान्न गोदाममा मौज्दात छ। धनगढी र मोहनपुर गोदाममा रहेको खाद्यान्न पहाडी जिल्लामा ढुवानी नहुँदा विशेष गरी बाजुरामा खाद्यान्नको चरम अभाव देखिएको छ। चाडपर्व नजिकिएसँगै जिल्लाको मार्तडी र कोल्टी डिपोमा खाद्यन्न मौज्दात शुन्य देखिएको हो। तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले […]
डोटीः डोटीको जोरायल गाउँपालिका–४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि यहाँका स्थानीयवासी निकै खुसी भएका छन्। गाउँपालिका, स्थानीयवासी तथा विदेशी दातृ निकाय युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा उक्त वडामा सुरक्षित खानेपानी विस्तार गरिएसँगै गाउँमा खुसियाली छाएको हो। उक्त गाउँलाई एक कार्यक्रमबीच ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ गाउँका रुपमा घोषणा गरिएको हो। युनिसेफको रु ३६ लाख ३२ हजार ६४३.२०, जोरायल […]
कैलालीको मोहना नदी पारी भारतीय सीमासँग जोडिएका मोहनपुर, शिवरत्नपुर र हौसलपुर गाउँका स्थानीयवासी झण्डै पाँच दशकदेखि लालपुर्जाबाट वञ्चित रहेका छन् । सरकारी बेवास्ताका कारण उनीहरुले लालपुर्जा प्राप्त गर्न नसकेका हुन् । कैलारी गाउँपालिकाका मोहनपुर, हौसलपुर र शिवरत्नपुरका २०० भन्दा बढी परिवारले जग्गाधनी प्रमाणपत्र पाउन नसक्दा सरकारी सेवा सुविधाबाट वञ्चित हुनु परेको छ । लालपुर्जा नहुँदा […]
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको […]
कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणले गति लिन सकेको छैन । प्रदेश सरकारले राजधानी बनाउन आवश्यक जग्गा प्राप्तिको अधिकार नपाउँदा पूर्वाधार निर्माणको कामले गति लिन नसकेको हो । प्रदेशसभाको १२ असोज २०७५ मा बसेको दोस्रो अधिवेशनको ४६औँ बैठकले गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ […]