होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पालिका अधिवेशन : सुदूरपश्चिममा बाजुराबाहेकका जिल्लामा देउवा पक्ष हावी
समाचार

पालिका अधिवेशन : सुदूरपश्चिममा बाजुराबाहेकका जिल्लामा देउवा पक्ष हावी

  • नागरिक रैबार
पालिका अधिवेशन : सुदूरपश्चिममा बाजुराबाहेकका जिल्लामा देउवा पक्ष हावी

धनगढी । सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका ७५ स्थानीय तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा समेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिष्कारकाबीच पालिकास्तरको अधिवेशन सम्पन्न भएको छ ।

धेरै ठाउँमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने निर्वाचन भएको अधिकांश स्थानमा देउवा पक्ष नै बलियो देखिएको छ । तर बाजुरामा सिटौला-पौडेल पक्ष मिल्दा देउवालाई क्षति पुगेको छ । ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिममा कैलालीमा (१३ पालिका) भने पालिकास्तरको अधिवेशन हुन बाँकी छ ।

१. कञ्चनपुर

विज्ञापन

९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा ६ पालिकामा निर्वाचन र ३ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । जसमध्ये ६ स्थानीय तहमा पार्टी सभापति शेरबहादुर देउवा र ३ स्थानीय तहमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् ।

बेलौरी नगरपालिकामा पौडेल पक्षका पेपुराम चौधरी, पुनर्वास नगरपालिकामा सुकबहादुर तामाङ र लालझाडी गाउँपालिकामा श्रीकृष्ण राना विजयी भएका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यी स्थानीय तहमा देउवा पक्षका नेता एनपी साउद र पौडेल पक्षका दिवानसिंह विष्ट प्यानल बनाएर लडेकाले पुनर्वासका सभापति तामाङ नेता साउद निकट भएको चर्चा पनि चलेको छ । तर पौडेल पक्षधरले उनी आफू निकट भएको दाबी गरेका छन् ।

यी बाहेक जिल्लाको सबभन्दा पुरानो नगरपालिका भीमदत्तमा देउवा पक्षका अच्युतराज कलौनी, वेदकोट नगरपालिकामा तुलाराम साहु, कृष्णपुर नगरपालिकामा विष्णु खड्का, शुक्लाफाँटा नगरपालिकामा दानबहादुर ऐर, दोधाराचाँदनी नगरपालिकामा राजेन्द्र मल्ल र बेल्डाँडी गाउँपालिकामा गजबहादुर विष्ट सभापति बनेका छन् ।

कञ्चनपुरमा देउवा पक्षभित्र पनि नेता साउद र रमेश लेखकबीच आन्तरिक प्रतिस्पर्धा भएको थियो । तीन/तीन स्थानीय तहमा उनीहरु निकट उम्मेदवार विजयी भएका छन् । तर साउद पक्षले पुनर्वास समेत गरेर ४ मा आफूले जितेको दाबी गरिरहेको छ ।

२. बझाङ

कैलालीपछि सबैभन्दा धेरै स्थानीय तह रहेको बझाङमा देउवा पक्षका अधिकांश उम्मेदवार विजयी भएका छन् । १२ स्थानीय तहमध्ये ६ वटामा निर्विरोध र ६ वटामा निर्वाचन भएको थियो । केदारस्युँ गाउँपालिकामा शिवराज भण्डारी र दुर्गाथली गाउँपालिकामा युवराज भण्डारीबाहेक अरु सबै पालिकामा देउवा पक्षकै सभापति विजयी भएको नेपाली कांग्रेसका जिल्ला सभापति हर्कजंग सिंहले बताए ।

देउवा पक्षबाट वित्थडचिर गाउँपालिकामा चक्रबहादुर अधिकारी, बुङ्गल नगरपालिकामा नरेश थापा, सुर्मा गाउँपालिकामा अतित बोहरा, खप्तड छान्ना गाउँपालिकामा विष्णुभक्त जोशी, तल्कोट गाउँपालिकामा लोकेन्द्रबहादुर सिंह र मष्टा गाउँपालिकामा उत्तम जोशी विजयी भएका छन् ।

उनीहरु सबैजना सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै थलारा गाउँपालिकाका दिलबहादुर सिंह, छविस पाथीभेरा गाउँपालिकामा पाण्डव थापा, जयपृथ्वी नगरपालिकामा हिरेन्द्र छत्याल र साइपाल गाउँपालिकामा रामबहादुर बोहरा मतदान प्रक्रिया मार्फत निर्वाचित भएका हुन् ।

३. अछाम

१० वटा स्थानीय तह रहेको अछाममा साफेबगर नगरपालिकामा लालबहादुर कुँवर, तुर्माखाद गाउँपालिकामा कविराम बयक र पञ्चदेवल विनायकमा सज्जन शाही मतदान प्रक्रिया मार्फत निर्वाचित भए । बाँकी ७ स्थानीय तहमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ ।

मंगलसेन नगरपालिकामा झपटबहादुर रावल, कमलबजार नगरपालिकामा पदम भण्डारी, चौरपाटी गाउँपालिकामा धर्म साउद, मेल्लेख गाउँपालिकामा खगेन्द्र साउँद, बान्नीगढी जयगढ गाउँपालिकामा कर्णबहादुर ठकुल्ला, रामारोशनमा मानबहादुर साउद र ढकारीमा धनबहादुर बुढा सर्वसम्मत सभापतिमा चयन भएको कांग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले बताए। बान्नीगढी जयगढ गाउँपालिका, साँफेबगर नगरपालिका र कमलबजार नगरपालिकामा आफूपक्षीय उम्मेदवार विजयी भएको दाबी पौडेल पक्षको छ।

४. बाजुरा

बाजुरामा सिटौला र पौडेल पक्ष संयुक्त प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएपछि देउवा पक्ष कमजोर बनेको छ । ९ स्थानीय तह रहेको बाजुरामा सिटौला र पौडेल पक्षले ६ र देउवा पक्षले ३ स्थानीय तहमा जितेको छ ।

देउवा पक्षबाट बुढीगंगा नगरपालिकामा जयराज उपाध्याय, बुढीनन्दा नगरपालिकामा डबलबहादुर खड्का र खप्तडछेकेदह गाउँपालिकामा हर्कबहादुर रावत सभापतिमा विजयी भएका छन् । यी बाहेकका ६ स्थानीय तहमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् ।

बडिमालिका नगरपालिकामा गोपालबहादुर कार्की, त्रिवेणीमा सुरेन्द्र गिरी, गौमुल गाउँपालिकामा राजबहादुर धामी, जगन्नाथ गाउँपालिकामा सुन्दर बिष्ट, स्वामिकार्तिक खाप्पर गाउँपालिकामा महेश कट्टेल र हिमाली गाउँपालिकामा अम्मलाल कार्की विजयी भएको कांग्रेसले जनाएको छ ।

५. डडेल्धुरा

डडेल्धुरामा क्रियाशील सदस्यताको विषयलाई लिएर पौडेल पक्षले बहिष्कार गरेका बेला पालिका अधिवेशन सकिएको छ । ७ वटा स्थानीय तहमा सबै सभापति देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । अमरगढी नगरपालिकामा खेमराज भट्ट र नवदुर्गा गाउँपालिकामा भोजराज भट्ट सर्वसम्मत सभापतिमा चयन हुँदा अन्य पालिकामा निर्वाचन भएको थियो ।

परशुराम नगरपालिकामा भरत बडायर जोशी, अजयमेरु गाउँपालिकामा टेकराज पाण्डेय, आलीतालमा चन्द्रदेव बोहरा, भागेश्वरमा डम्मरराज जोशी र गन्यापधुरा गाउँपालिकामा इन्द्र कार्की सभापतिमा विजयी भएका छन् ।

डडेल्धुरामा पौडेल पक्षधर मानिने पार्टी सभापति कर्णबहादुर मल्लले क्रियाशिल सदस्यता अवैध रुपले वितरण गरिएको भन्दै अधिवेशन बहिष्कार गरेको छ । अवैधानिक रुपले गरिएको अधिवेशन स्थगित गर्न माग गर्दै ६ दिनदेखि उनीहरु जिल्ला पार्टी कार्यालयमा रिले अनसनमा बसिरहेका छन् ।

६. बैतडी

१० स्थानीय तह रहेको बैतडीमा तीन वटामा सर्वसम्मत र सात वटामा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको छ । सुर्नया गाउँपालिकामा प्रेमसिंह महरा, शिवनाथ गाउँपालिकामा हिरा चन्द र पञ्चेश्वर गाउँपालिकामा कर्णसिंह साउद सभापतिमा सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन प्रक्रिया मार्फत दशरथचन्द नगरपालिकामा भुवनराज पाण्डे, पाटन नगरपालिकामा मानसिंह ऐर, मेलौली नगरपालिकामा परमानन्द भट्ट, पुर्चौडी नगरपालिकामा गणेशसिंह गडाल विजयी भएका छन् । दोगडाकेदार गाउँपालिकामा नन्दराज भट्ट, सिगास गाउँपालिकामा कर्णबहादुर ऐर, डिलासैनी गाउँपालिकामा जयराज जोशी निर्वाचित भए।

बैतडीमा दशरथ चन्द नगरपालिका, पुर्चौडी नगरपालिका र डिलासैनी गाउँपालिकामा आफू पक्षीय उम्मेदवार विजयी भएको पौडेल पक्षको दाबी छ भने सर्वसम्मत भएका तीन पालिकामा साझा उम्मेदवार भएको बताइएको छ । तर देउवा पक्षले पुर्चौडी नगरपालिकासहित ८ पालिकामा आफ्ना उम्मेदवार विजयी भएको बताएको छ ।

७. डोटी

९ स्थानीय तह रहेको डोटीमा पाँच वटामा निर्वाचन र चार वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ । दिपायल सिलगढी नगरपालिकामा गणेश मलासी, पूर्वीचौकी गाउँपालिकामा बलबहादुर खड्का, आदर्श गाउँपालिकामा चन्द्रुनाथ ओझा, केआईसिंह गाउँपालिकामा अर्जुन बलायर सभापतिमा सर्वसम्मत चयन भएको जिल्ला सभापति प्रदीप देउवाले बताए ।

जोरायल गाउँपालिकामा मोहन मल्ल, बडीकेदार गाउँपालिकामा करुणाकर जोशी, बोगटानफुड्सिल गाउँपालिकामा खड्कबहादुर बोहरा, सायल गाउँपालिकामा चेतराज ओझा र शिखर नगरपालिकामा हर्कबहादुर बोगटी विजयी भएको उनले बताए । डोटीका अधिकांश पालिका सभापति देउवा पक्षका हुन् ।

८. दार्चुला

दाचुलाका ९ मध्ये पाँच वटामा सर्वसम्मत र चार पालिकामा निर्वाचन प्रक्रिया मार्फत कांग्रेसले नयाँ नेतृत्व चुनेको छ । महाकाली नगरपालिकामा चन्द्रसिंह बिष्ट, ब्यास गाउँपालिकामा नरेन्द्र भट्ट, दुहुँ गाउँपालिकामा नरेन्द्र कुँवर र लेकम गाउँपालिकामा कमलापति मिश्र विजयी भएको कांग्रेस दार्चुलाले जनाएको छ ।

अन्य शैल्यशिखर नगरपालिकामा मोहन साउद, अपी हिमाल गाउँपालिकामा शोभानसिंह लोथ्याल, नौगाड गाउँपालिकामा प्रेमसिंह धामी, मार्मा गाउँपालिकामा धनन्जय जोशी र मालिकार्जुन गाउँपालिकामा किसनसिंह सामन्त निर्विरोध भएका छन् ।

दार्चुलामा पनि अधिकांश पालिकामा देउवा पक्ष नै हावी छ । तर दुवै पक्षका नेताहरुले कुनै पनि स्थानीय तहमा प्यानल अनुसार भनेर निर्वाचन नगरिएकाले एकअर्को पक्ष भन्न नहुने प्रतिक्रिया दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार