होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • क्लब खोज्दै रोनाल्डो
खेलकुद

क्लब खोज्दै रोनाल्डो

  • नागरिक रैबार
क्लब खोज्दै रोनाल्डो

काठमाडौं । विश्व फुटबलमा लगातार डेढ दशक राज गरेका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई कुनै बेला भित्र्याउन क्लबहरु तँछाडमछाड गर्थे । पाँच पटकका बालोन डे’ओर विजेता ३७ वर्षीय रोनाल्डोको समय अहिले फेरिएको छ ।

पोर्चुगलका यी स्टार अहिले आफैं क्लब खोज्नुपर्ने अवस्थामा पुगेका छन् । रोनाल्डो हाल इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा आबद्ध छन् । युनाइटेडमा उनको सम्झौता अझै एक वर्ष बाँकी छ । तर, रोनाल्डो ओल्ड ट्राफोट छाड्ने मनस्थितिमा पुगिसकेका छन् ।

युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि अहिले रोनाल्डोको चाहना फेरिएको छ । युनाइटेडले आउने सिजन युरोपा लिग खेल्नेछ । जुन च्याम्पियन्स लिग भन्दा तल्लो दर्जाको क्लब प्रतियोगिता हो । रोनाल्डो युरोपा लिग खेल्ने मुडमा छैनन् ।

विज्ञापन

रोनाल्डोले युनाइटेड छाड्ने चाहना व्यक्त गरेको खबर सार्वजनिक भएपछि प्रिमियर लिगकै चेल्सीदेखि बायर्न म्युनिख, पेरिस सेन्ट जर्मेन (पीएसजी)सम्म नाम जोडिएको थियो । .अहिले अचम्मको ट्रान्सफर मार्केट देखिएको छ कि कुनै पनि क्लबले रोनाल्डोप्रति इच्छा देखाएका छैनन् ।

बायर्न म्युनिकका स्पोर्ट्स डिरेक्टर हसन साहीहामिजिचले यो हल्लामात्र भएको बताएका छन् । यस्तै पीएसजीले पनि रोनाल्डोको लागि टिममा स्थान नभएको जनाइसकेको छ ।

यस्तै चेल्सीले पनि रोनाल्डो अनुबन्धप्रति इच्छा नभएको जनाएको छ । चेल्सीले म्यानचेष्टर सिटीबाट रहिम स्टर्लिङलाई अनुबन्ध गरेपछि रोनाल्डो प्रतिको चाहना हटाएको हो ।

युनाइटेडका प्रशिक्षक एरिक टेन हागले पनि रोनाल्डो विक्रीका लागि नभएको बताएका थिए । प्रि–सिजन टूर अन्तर्गत म्यानचेष्टर युनाइटेड एसिया भ्रमणमा रहँदा रोनाल्डो टिमसँग छैनन् । पारिवारिक कारण उनलाई छुट्टी दिइएको क्लबले जनाएको थियो ।

युनाइटेड प्रि–सिजनमा रहेका बेला रोनाल्डोले क्लब नपाउनु अहिले विश्व फुटबलमै ठूलो चर्चाको विषय बनेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार