होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • मेसीको दुई गोलमा बार्सिलोना विजयी
खेलकुद

मेसीको दुई गोलमा बार्सिलोना विजयी

  • नागरिक रैबार
मेसीको दुई गोलमा बार्सिलोना विजयी

२० वैशाख, काठमाडौं । कप्तान लिओनल मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ३-२ ले पराजित गर्दै उपाधि होड कायमै राखेको छ । जितपछि बार्सिलोनाले रियल मड्रिडसँग अंक बराबरी गरेको छ भने शीर्ष स्थानमा एट्लेटिकोसँग अंक दूरी २ मा झारेको छ ।

भ्यालेन्सियाको मैदानमा सुरुमा गोल व्यहोरे पनि बार्सिलोनाले पुनरागमन गर्दै लगातार तीन गोल फर्काएको थियो । पहिलो हाफको खेल बराबरीमा सकिएपनि दोस्रो हाफमा ५ गोल भयो ।

 

विज्ञापन

खेलको ५०औं मिनेटमा गाब्रिएल पाउलिस्टाले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । उक्त अग्रता लामो समय टिकेन । ५७औं मिनेटमा मेसीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । त्यसअघि उनको पेनाल्टी प्रहार भ्यालेन्सियाका गोलकिपर ज्यास्पर सिलेसनले बचाएका थिए ।

यस्तै ६३औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । ६९औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३-१ को अग्रता बनायो । ८३औं मिनेटमा कार्लोस सोलरले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउन खोजेका थिए तर थप गोल हुन नसक्दा बार्सिलोना ३-२ ले विजयी भयो ।

जितपछि बार्सिलोनाले रियल समान ३४ खेलबाट ७४ अंक जोडेको छ । समान खेलबाट एट्लेटिकोको ७६ अंक छ । भ्यालेन्सिया ३४ खेलबाट ३६ अंकसहित १४औं स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार