बुधबार, जेष्ठ ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • गेटाफेको पोष्टमा बार्सिलोनाको पाँच गोल
खेलकुद

गेटाफेको पोष्टमा बार्सिलोनाको पाँच गोल

  • नागरिक रैबार
गेटाफेको पोष्टमा बार्सिलोनाको पाँच गोल

१० वैशाख, काठमाडौं । लियोनल मेसीको उत्कृष्ट प्रदर्शन प्रेरित बार्सिलोनाले स्पानिस ला लिगामा गेटाफेलाई ५-२ ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि मेसीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । यस्तै एन्टोनी ग्रीजम्यान र रोनाल्ड अरुजोले एक-एक गोल गरे । गेटाफेले एक गोल बार्सिलोनालाई उपहार दिएको थियो ।

गेटाफेका इनेस उनलले एक गोल फर्काए । एक गोल आत्मघाती उपहार पाएको थियो ।

विज्ञापन

खेलको आठौं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा बार्सिलोनाका क्लेमेन्ट लेग्लेटले आत्मघाती गोल गरेपछि गेटाफेले खेल १-१ को बराबरी गर्‍यो ।

२८ औं मिनेटमा गेटाफेका सोफियन चक्लाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले २-१ को अग्रता बनायो । ३३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा ३-१ को अग्रता बनायो ।

६९ औं मिनेटमा गेटाफेका इनेसले पेनाल्टीमा गोल गर्दै खेल ३-२ को स्थितिमा पुर्‍याए । खेलको ८७ औं मिनेटमा रोनाल्डले गोल गर्दै बार्सिलोनालाई ४-२ को अग्रता दिलाए ।

त्यसपछि इन्जुरी टाइममा ग्रीजम्यानले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५-२ को जित दिलाए ।

जितपछि ३१ खेल ६८ अंक बार्सिलोना तेस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको र दोस्रो स्थानको रियल भन्दा बार्सिलोनाले एक खेल कम खेलेको छ । ३२ खेलबाट एट्लटिकोको ७३ अक छ भने रियलको ७० अंक छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार