होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पोखरामा जुवा खेलिरहेको अवस्थमा १३ जना पक्राउ परेका छन् । पोखराको उत्तम चोकमा जुवातास खेलिरहेका अवस्थामा खालबाट ७ जना महिलासहित १३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका १० उत्तम चोकमा भाडामा बस्दै आएकी सरु गुरुङले घर भाडामा लिएर तास खेलाइरहेको अवस्थामा १३ जनालाई साढे ३ लाख रुपैया नगदसहित वडा प्रहरी कार्यालय राम […]
इटहरी — छोराबुहारी बिहानै काममा निस्किएका थिए । साँझ ५ बजेतिर ५० वर्षीया मिथिला सरदार (परिवर्तित नाम) सिकुवामा बसेर तरकारी केलाउँदै थिइन् । त्यहीबेला आफन्त पर्ने तीन जना महिला आक्रोशित हुँदै आए र एकाएक बोक्सी आरोप लगाउँदै उनीमाथि हातपात गर्न थाले । एक्ली वृद्धा के गर्न सक्थिन् र ! कपाल समातेर घिसार्दै घरबाट डेढ किलोमिटर टाढाको मन्दिरसम्म पुर्याइयो । […]
कास्की– मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या गरेको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका वडा नं –२ बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीलाई ५५ वर्षीया श्रीमती श्रीमाया कामीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार मंगलबार बिहान […]
काठमाडौंको गणबहालबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेमा तनुज अग्रवाल, नितेश श्रेष्ठ, नर बहादुर खड्का र अर्जुन चौलागाईं छन् । हुण्डी कारोबारका मुख्य आरोपी तनुज अग्रवाल रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता […]
नागरिक रैबार । कैलाली २६ साउन । जिल्ला प्रहरी कैलालीले गौरीगंगा नगरपालिका – ९ शंकरपुरबाट हातहतियार सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाँउपालिका वडा – ९ का ५३ बर्षीय खेम राज चौधरी र धनगढी उपमहानगरपालिका – २ का ४६ बर्षीय मोहित कुमार शाह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । […]
२२ साउन, जनकपुरधाम । महोत्तरी प्रहरीले लुटपाटको झुठो उजुरी दिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।सोनमा गाउँपालिका–१ बस्ने ३७ वर्षीय मोलाजिम मोमिन र जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु मामा–भान्जा हुन् । मेलाजिमले मामाको घरबाट ३ लाख रुपैयाँ लिएर गत साउन १९ गते घरतिर आइरहँदा सोनमा गाउँपालिका १ […]
धनुषाका एक दलित परिवारलाई नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ताको एउटा समूहले घरभित्रै पसेर निर्घात कुटपिट गरेको छ । धनुषाधाम नगरपालिकाका एमाले नेता योगकुमार यादवका आफन्त तथा उनको समूहले कुटपिट गरेको पीडित पक्षको भनाइ छ । धनुषाधाम नगरपालिका–४ का दलित समुदायमाथि कुटपिट भएको हो । कुटपिटबाट श्रीचन महरा, हिरादेवी महरा, ओपिन महरा, उर्मिला महरा लगायत घाइते भएका […]
२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट […]
धनगढी : प्रहरी जवानको मौखिक परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा नक्कली परीक्षार्थी सामेल गराउने ५ जनालाई पक्राउ गरिएको हो। बझाङ्ग तलकोट गाँउपालिका वडा न. ०३ बस्ने २० […]
मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखिया मृतावस्थामा फेला परेकी छन् । घरबाट लगभग ५० मिटर दूरीमा रहेको धान रोपाईं भइसकेको र पानी जमेको खेतमा आइतबार राति १० बजेतिर उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । परिवारकै सदस्यले पानी जमेको खेतमा मृत फेला पारेपछि प्रहरीलाई घटनाका बारेमा जानकारी गराएका […]
हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगदसहित पक्राउ […]
बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा बन्दुक १२ थान […]
काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ८ बस्ने २६ वर्षीय अर्जुनकुमार सरकार र सर्लाही ईश्वरपुर नगरपालिका ४ बस्ने २१ वर्षीय मनिष माझी रहेका छन् । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग […]
पोखरा — सेती नदीमा हामफाल्न खोज्दा जालीमा अड्किएकी १७ वर्षीया किशोरीलाई प्रहरीले जेठ १८ मा पोखराको केआई सिंह पुलबाट उद्धार गर्यो । मानसिक रूपमा विक्षिप्त रहेकी उनलाई वडा प्रहरी कार्यालय बगरले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था कोपिला नेपालमा पठायो । एक महिनासम्मको मनोसामाजिक परामर्शपछि किशोरी बल्ल बोल्न सक्ने भएकी छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी […]
काठमाडौँ : रुकुम पश्चिमको चौरजहारीमा जाजरकोटका नवराज विकसहित ६ जनाको विभत्स हुँदा संघीय संसदमा माओवादी नेता जनार्दन शर्माले बोलेका थिए, “रुकुमको सोतीमा दलितका कारण घटना भएको हो । उनीहरुलाई कसैले मारेको होइन । गाउँलेले लकडाउनमा लखेट्दा भेरीमा हाम फाल्दा डुबेर मरेका हुन् ।” यो रेकर्ड संघीय संसदमा अहिले पनि सुरक्षित छ । सामाजिक सञ्जाल युट्युब, […]
सर्लाहीबाट दुई थान हतियारसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ स्थित त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भनिने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरु ब्रम्हपुरी गाउँपालिका वडा नम्बर २ बाट २ थान […]
अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले डराउनुपर्दैन l आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई […]
२० असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको बताए । कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले अनुमति माग गरेको र परीक्षाको […]
धनगढी: अछाममा एकजना वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मदिरा सेवन गरि विवाद गरेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष तारा प्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। बुधवार रातमा पञ्चदेवल विनायक नगरपालिकाको केन्द्र विनायक बजारस्थित एक होटेलमा खनालले मदिरा सेवन गरेर होटेलका सञ्चालकमाथि हातपात गरेको बताईएको छ। उनले महिलामाथि अभद्र व्यवहारसमेत गरेको […]
नागरिक रैबार/बाजुरा १ असार। सदरमुका मार्तडीको तुफान डाँडाबाट ६ जना जुवाडे नगद सहित पक्राउ परेका छन् । विशेस सुराकिका आधारमा साेमबार साँझ तुफानडाँडामा जुवा खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सवैलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको र उनीहरुसंग ९८ हजार बढी नगद समेत […]