होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काबुल- अफगानिस्तानको पाक्टिका बुधबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । भुकम्पमा ९ सय २० जनाको मृत्यु भएको तथा थप ६ सय १० जना घाइते भएको विपत्त व्यवस्थापन अधिकारीले जनाउको सिन्हवाले उल्लेख गरेको छ । सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा परेको […]
अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । सामाजिक सञ्जालमा आएका तस्बिरबाट घाइतेको सङ्ख्या अनुमान गरिएको छ । सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ । यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् । यहाँबाट आएको तस्विरमा घाइतेहरुलाई स्ट्रेचरमा बोकेर हिँडेको देख्न सकिन्छ […]
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् । सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए । उनले लगाएकाे जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए । बाइडेनले उडेर आफू ठीक रहेको बताए । ह्वाइटहाउसका एक अधिकारीले उनको […]
गान्धीनगर (गुजरात) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । मोदीले आफ्नी आमालाई शनिबार बिहान यहाँस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन् । ‘आज १०० वर्षमा प्रवेश गर्नुभएकी मेरी आमाबाट आशीर्वाद लिएँ,’ उनले आज बिहानै ट्विट गर्दै भनेका छन् । तीन […]
काठमाडौं । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघ (यूएन) ले दाबी गरेको छ । युद्धमा मारिनेमा सयौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४,५०९ जनाको मृत्यु भएको थियो भने ५,५८५ जना घाइते भएका थिए […]
काठमाडौं । श्रीलंकाले कृषि प्रवर्द्धनका निम्ति शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई हप्तामा चार दिनमात्र काम गर्नुपर्ने व्यवस्था गर्नका साथै वैदेशिक रोजगारीमा जानचाहनेहरूका लागि पाँचवर्षसम्म बेतलवी विदा दिने निर्णय पनि गरेको […]
दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १:२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी) ले जनाएको छ । तेह्र किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु ३२.२५ डिग्री उत्तर अक्षांश र १०१.८२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । यसअघि शुक्रबार यस सहरमा ५.८ म्याग्निच्यूडको […]
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रमा मङ्गलबार हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् । कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनाको हताहतबारे सञ्चारलाई जानकारी गराएका छन् । उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरु सबै […]
काठमाडौँ — भारतमा १६औं राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा निर्वाचन हुने भएको छ । त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले बिहीबार जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलनमा भने, ‘नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति निर्वाचित […]
एजेन्सी, २६ जेठ । मोटरसाइकलमा आएका दुई युवकले बाबुआमासहित १६ वर्षकी किशोरीलाई बाटोमा देख्छन् । बस कुरिरहेका उनीहरुले चाल चल्छन् । युवतीलाई मोटरसाइकलमा घर छाडिदिने भन्छन् । पल्लो गाउँका चिनेजानेका ती युवकहरुसँग अभिभावकले मोटरसाइकलमा पठाउँछन् । अभिभावक घर पुग्दा युवती भेटिन्नन् । उनी नजिकैको गाउँमा गम्भीर हालतमा भेटिन्छिन् । युवकहरुले नाबालिगक युवतीमाथि बलात्कार गरेको थाहा […]
सरकारले प्रतिबन्धित लागूऔषध सूचीबाट गाँजा हटाएपछि थाइल्याण्डका जनताले अब घरमा गाँजाको बिरुवा उब्जाउन र बेचबिखन गर्न सक्नेछन् । कडा लागूऔषध कानूनका लागि परिचित थाइल्याण्ड दक्षिण-पूर्वी एसियामा यस्तो कदम अघि बढाउने पहिलो राष्ट्र हो । स्थानीय गाँजाको व्यापारको विकासले कृषि र पर्यटनलाई बढावा दिने सरकारको आशा छ। यद्यपि मनोरञ्जनात्मक प्रयोगलाई भने गाँजा अझै पनि प्रतिबन्धित छ […]
काठमाडौं । किमो र रेडिएसन विना मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लगाएको वैज्ञानिकहरुले बताएका छन् । न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनका अनुसार हालसालै मलाशयको क्यान्सरबाट पीडित केही बिरामीलाई डस्टरलिमाब (Dostarlimab) नामक औषधिको क्लिनिकल परीक्षण गरिएको थियो । यो उपचारबाट केवल ६ महिनामा क्यान्सर पूर्णरूपमा निको भएको पाइएको रिपोर्टमा उल्लेख छ । यो उपचार अहिले […]
एजेन्सी, २५ जेठ । विश्वमा भोकमरीले महासंकटको खतरा बढेको छ । खाद्यको भण्डार मानिने रुस र युक्रेन युद्धले गहुँ, तोरी जस्ता खाद्यान्नको आपूर्तिमा अवरोध आएको छ । यसको प्रत्यक्ष असर अफ्रिका र खाडी देशहरुमा समेत पर्न थालेको छ । सबैभन्दा ठूलो संकट अफ्रिकामा परिसकेको छ । त्यहाँ गहुँको अभाव बढेको छ । जसका कारण मूल्यमा […]
एजेन्सी । मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने खेल पब्जी खेल्न नदिएको रिसमा भारतमा एक किशोरले आफ्नै आमाको हत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशस्थित लखनाउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीका १६ वर्षीय किशोरले ४० वर्षीया आमालाई गोली प्रहार गरी हत्या गरेका हुन् । आमाको हत्याको तीन दिनपछि ती किशोरले बुबालाई फोनमार्फत जानकारी दिएका थिए […]
पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले अदालत समक्ष प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र पञ्जाब प्रान्तका मुख्यमन्त्री हम्जा शेहबाजलाई १६ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गर्न अनुमति दिन अनुरोध गरेको छ। यद्यपि, अदालतले उनीहरूको अन्तरिम जमानतलाई जुन ११ सम्म लम्ब्याएको छ। शरीफ परिवारका वकिल मोहम्मद अमजद परवेजले बताएअनुसार उक्त मुद्दामा डेढ वर्षदेखि अनुसन्धान चलिरहेको […]
युद्ध सुरु भएपछि कसैको हार, कसैको जित हुन्छ । राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमाथि हमला यसको अपवाद हुनसक्दैन । रुस युक्रेनतर्फ तीब्र गतिमा अगाडि बढिरहेको छ । मिसाइल र गोलाबारुदबाट शहरका शहर उजाड भइरहेका छन् । युक्रेनका सर्वसाधारण पनि ‘सैनिक’ बनेर डटिरहेका छन् र युद्ध अझै जारी रहने सम्भावना प्रबल छ । युक्रेनमाथि रुस हमलाको सय […]
एजेन्सीः भनिन्छ प्रेमको कुनै सीमा हुँदैन। बंगलादेशकी एक युवतीले यो भनाइलाई चरितार्थ पारेकी छिन्। बंगलादेशकी युवती वन्यजन्तुले भरिएको जंगल र घडियाल बस्ने नदी पार गरेर भारतको कोलकाता आइपुगेकी हुन्। मंगलबार कोलकाताबाट प्रहरीले युवतीलाई अवैधरुपमा भारत प्रवेश गरेको आरोपमा पक्राउ गरेको हो। युवतीका अनुसार उनी बंगलादेशको वन्यजन्तुको भय हुने सुन्दरवन जंगल पार गरेर घडियालहरु रहने नदीमा […]
मेडे वास्तवमा ‘डिस्ट्रेस’ कल हो जसले कुनै आपतकालीन अवस्थाको वर्णन गर्छ । यो कुनै घातक दुर्घटनाको आशंकामा भन्ने गरिन्छ । हुन त यो शब्द हवाईजहाज वा जहाजमा विशेषगरी प्रयोग गरिन्छ तर अन्य मामिलामा पनि मेडे शब्दको प्रयोग गर्नुको अर्थ आपतकालीन अवस्था नै हो । मेडे भन्ने एक विशेष तरिका हुन्छ । यो शब्द एकैचोटी तीनपटक […]
काठमाडौं । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जना शिक्षक र १८ जना विद्यार्थीको मृत्यु भएको छ । एक जेष्ठ नागरिक र १० वर्षीया बालिका सख्त घाइते भएका छन् । टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ । यो विद्यालदयमा १० वर्षसम्मका बालबालिकाहरू अध्ययन गर्ने गर्छन् । राज्यका […]
काठमाडौं, ९ जेठ । भारतको विहार राज्यमा रक्सीमा प्रतिबन्ध लागेपछि पिउनेहरु नेपालतिर जाने गरेको समाचार रिपोर्ट न्यूयोर्क टाइम्समा प्रकाशित भएको छ । टाइम्सको अनलाइन संस्करणमा समेत प्रकाशित भएको रिपोर्टमा रक्सी पिउन हुल बाँधेर भारतबाट नेपालमा जाने गरेको उल्लेख गरेको छ । नेपालसँग खुल्ला सीमा रहेको भन्दै न्यूयोर्क टाइम्सको रिपोर्टमा दिउँसो नेपालबाट भारतमा सस्तोमा सामान खरिद […]