होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पब्जी खेल्न नदिएको झोंकमा गोली ठोकेर आमाको हत्या
समाचार

पब्जी खेल्न नदिएको झोंकमा गोली ठोकेर आमाको हत्या

  • नागरिक रैबार
पब्जी खेल्न नदिएको झोंकमा गोली ठोकेर आमाको हत्या

एजेन्सी । मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने खेल पब्जी खेल्न नदिएको रिसमा भारतमा एक किशोरले आफ्नै आमाको हत्या गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशस्थित लखनाउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीका १६ वर्षीय किशोरले ४० वर्षीया आमालाई गोली प्रहार गरी हत्या गरेका हुन् ।

आमाको हत्याको तीन दिनपछि ती किशोरले बुबालाई फोनमार्फत जानकारी दिएका थिए । भास्कर अनलाइनका अनुसार उनका बुवा नवीनकुमार सिंह सेनाका जुनियर कमिसन्ड अफिसर हुन् । नवीन पश्चिम बंगालमा कार्यरत थिए ।

विज्ञापन

उनले शनिबार नै आमाको हत्या गरेपनि त्यो बारे मंगलबार मात्रै बुबालाई जानकारी दिएका थिए । उनले भिडियोबाटै आमाको शवसमेत देखाएका थिए । त्यसपछि नवीनले एक नातेदारलाई फोन गरेपछि त्यहाँ प्रहरी पुगेका थिए ।

प्रहरीका अनुसार नवीनका छोरालाई पब्जी खेल्ने लत लागेको थियो । नवीनकी श्रीमती साधनाले मोबाइलमा नखेल्न रोक्थिन् । शनिवार राति पनि साधनाले आफ्नो छोरालाई नखेल्न भनेकी थिइन् । त्यसपछि उनी रिसाए ।

राति साधना निदाइरहेको बेला ती किशोरले बुवाको पेस्तोल निकालेर आमालाई प्रहार गरेको प्रहरीले जनाएको छ ।
त्यसपछि उनले आफ्नी १० वर्षीया बहिनीलाई पनि धम्क्याएर एउटा कोठामा बन्द गरिदिइन् । प्रहरी बन्द कोठामा पस्दा छोरी साधनाको शवसँगै डराउँदै सुतिरहेकी थिइन् ।

शव नजिकै पेस्तोल भेटिएको प्रहरीले जनाएको छ । पेस्तोलमा कुनै गोली बाँकी नरहेकोले कति गोली प्रहार गरेको हो भन्ने बारे अनुसन्धान जारी रहेको बताइएको छ । ती किशोर नाबालक भएकाले नाम भने खुलाइएको छैन ।

भारत सरकाले २०२० को सेप्टेम्बर ३ बाट पब्जी खेल प्रतिबन्ध लगाएको थियो। तर भारतमा पब्जी खेल्न रोकिएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार