होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विश्वमा भोकभरी भयावह हुने खतरा, साँढे २ अर्बका लागि खाद्य अभाव
समाचार

विश्वमा भोकभरी भयावह हुने खतरा, साँढे २ अर्बका लागि खाद्य अभाव

  • नागरिक रैबार
विश्वमा भोकभरी भयावह हुने खतरा, साँढे २ अर्बका लागि खाद्य अभाव
Photo Source: Agency

एजेन्सी, २५ जेठ । विश्वमा भोकमरीले महासंकटको खतरा बढेको छ । खाद्यको भण्डार मानिने रुस र युक्रेन युद्धले गहुँ, तोरी जस्ता खाद्यान्नको आपूर्तिमा अवरोध आएको छ । यसको प्रत्यक्ष असर अफ्रिका र खाडी देशहरुमा समेत पर्न थालेको छ ।

सबैभन्दा ठूलो संकट अफ्रिकामा परिसकेको छ । त्यहाँ गहुँको अभाव बढेको छ । जसका कारण मूल्यमा व्यापक वृद्धि भएको छ ।
खाद्य अभाव र त्यसमा पनि गहुँको अभावले विश्वका साँढे २ अर्ब जनसंख्या प्रभावित हुने बताइएको छ । अफ्रिका भोकभरीको ठूलो संकटको नजिक रहेको रिपोर्टहरु आएका छन् ।

संयुक्त राष्ट्रसंघले खाद्य संकटले भोकभरीको भयावह अवस्था देखि धेरैको मृत्यु हुने भन्दै खतराको घन्टी बजाइसकेको छ । अफ्रिकी युनीयनका प्रमुख समेत रहेका सेनेगलका राष्ट्रपति म्याकी सल आकस्मिक रुपमा रुस पुगेर त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए । तर, गत हप्ताको उनको भ्रमण उपलब्धिविहिन भयो । उनले युक्रेनबाट झण्डै २ करोड टन गहुँ कार्गोबाट ल्याउने वातावरण तयार गर्न खोजेका थिए । तर, उनी त्यसमा सफल भएनन् ।

विज्ञापन

अमेरिकाले पुटिनबाट युक्रेनको गहुँ लुटेको आरोप लगाइरहेको छ । लुटेका गहुँ अफ्रिकाका सुख्खाग्रस्त देशहरुमा बेचेर पैसा र प्रभाव दुवै हासिल गर्न खोजेको आरोप लगाइरहेको छ ।

रुस र युक्रेनको युद्धपछि गहुँको मूल्य निकै बढेको छ । यस वर्षमात्र ६० प्रतिशतले गहुँको मूल्यवृद्धि भएको छ । ती देशहरुले विश्वको एक तिहाई गहुँ निर्यात गर्दथे ।

राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेजले पनि पुटिनलाई भेटेर गहुँको आपूर्ति सहज बनाउनेबारे छलफल गरेका थिए । उनले भोकमरी देखि कुपोषणको खतराबारे समेत कुरा गरेका थिए । पशुपालनमा खानेकुरा अभावहरु भएकोमा ध्यान दिन आग्रह गरेका थिए । राष्ट्रसंघले यस्तै अवस्था कायम रहे भयावह अवस्थाको सम्भावना औल्याइसकेको छ ।

जी सेभेन देशका नेताहरुको छलफलले पनि पुटिनलाई मात्र आरोप लगाउने काम गरे । उनीहरुले कुनै उपलब्धि हासिल गरी विश्वलाई खाद्य संकटबाट बचाउन आपूर्ति सहजको अवस्था बनाउन सकेनन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक रुपमा गहुँ विभिन्न देशहरुलाई पठाउने प्रतिवद्धता जनाएका थिए । भारत चीनपछि सबैभन्दा बढी गहुँ उत्पादन गर्ने देश हो । तर, भारतले विश्वमा निर्यात हुने गहुँमा ४.१ प्रतिशत मात्र हिस्सा राखेको उल्लेख छ । सबैभन्दा बढी उत्पादन गर्नेमा रुस, यूरोपेली यूनीयन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, अर्जेन्टिना, युक्रेन, भारत र काजिकिस्तान छन् । अमेरिका र उसका मित्र शक्तिले गहुँको आपूर्तिको असहजता अन्त गर्न ठोस सफलता हासिल नगरिरहेको अवस्था छ ।

भारत विश्वमा दोस्रो बढी गहुँ उत्पादन गर्ने देश भएपनि उसको निर्यातमा नियन्त्रण कायम छ । आन्तरिक मूल्यवृद्धिलाई दृष्टिगत गरी मोदी सरकारले निर्यातमा अल्पकालीन प्रतिबन्ध लगाएको छ । भारत खाद्यान्न सस्तोमा पाइने देशमा पर्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार