होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागि भारतीय न्यूज च्यानल जी न्यूजको टोलीलाई बालुवाटारमा न्यानो स्वागत गरेका थिए । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अभियान नै थालेको छ । जी न्यूजको टोलीले सगरमाथा दाबी प्रस्तुत गर्न सगरमाथा क्षेत्रमै पुगेको छ । सगरमाथा […]
२३ पुस, काठमाडौं । अमेरिकी खोप निर्माता कम्पनी मोडेर्नाले आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले दुई वर्षसम्म सुरक्षा दिने दाबी गरेको छ । मोडेर्नाका प्रमुख कार्यकारी अधिकृतले बिहीबार यस विषयमा अझै धेरै डेटाहरुको अध्ययन गर्न बाँकी भए पनि खोपले दुई वर्षसम्म सुरक्षा दिन सक्ने देखिएको बताएका हुन् । गत वर्ष कम्पनीले कोरोनाविरुद्धको खोपले केही सातासम्म […]
वासिङ्टन — अमेरिकी संसद् भवनबाहिर राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसा भड्काएपछि केही सांसदले जनवरी २० भन्दा अघि नै राष्ट्रपति ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउनुपर्ने बताएका छन् । जनवरी २० मा जो बाइडेनले अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् । तर राष्ट्रपति ट्रम्पले हिंसाका लागि उक्साएको आरोप लगाउँदै केही सांसदहरुले भने उनलाई जनवरी २० अघि नै राष्ट्रपति भवनबाट […]
नयाँदिल्ली– कोरोना संक्रमणको महामारीसँगै भारतमा बर्डफ्लुको त्रास फैलिएको छ । मध्य प्रदेश, गुजरात, केरला, हिमाञ्चल र महाराष्ट्रमा बर्डफ्लु संक्रमण फैलिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बर्डफ्लु फैलिएपछि हजारौं कुखुरा र पशुपन्छीहरु नष्ट गरिएको छ । मध्यप्रदेशमा कागबाट बर्डफ्लु फैलिएको स्वास्थ्यकर्मीले बताएका छन । हिमाञ्चल प्रदेशमा २ हजार ४ सय पशुपन्छी बर्डफ्लुका कारण मरेका छन् […]
काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् । लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । बीबीसीका अनुसार बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको छ । प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै भनेका छन्, ‘जसरी संक्रमण बढ्दै गएको छ, यसबाट स्पष्ट भएको […]
विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसभन्दा प्राणघातक भाइरस विश्वमा महामारीका रुपमा फैलनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालिन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले कोभिड–१९ अहिलेभन्दा भयानक हुन आवश्यक नरहेको र अर्को प्राणघातक महामारी विश्वभर फैलनसक्ने बताए । मंगलबार रायनले कोभिड–१९ महामारीलाई खतराको घण्टी भनेका छन् । ‘यो महामारी अति नै गम्भीर छ । यसले […]
मिसिला– कुवेतमा आज कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिँदैछ । फाइजर कम्पनीले निर्माण गरेको खोप आजदेखि लगाउन सुरु भएको कुवेतका स्वास्थ्य मन्त्री डा. बसेल अल सबाहले जानकारी दिए । स्वास्थ्य मन्त्री सबाहका अनुसार कुवेतको मिसिलास्थित एक्जिबिशन हलको हल नं-५ बाट कोरोनाविरूद्धको भ्याक्सिन खोप लगाउन शुरु हुने बताए । पहिलो चरण अन्तर्गत वृद्धवृद्धा र अग्रपङ्तिमा […]
काठमाण्डाै – गरिब देशहरुले पनि छिट्टै कोरोना भाइरस विरुद्धको खोप पाउने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । नयाँ वर्ष सन् २०२१ को सुरुदेखि नै कोरोना विरुद्धको खोप पठाउन थालिने डब्ल्यूएचओकाे दाबी छ । सबै देशले कोरोना विरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरुमा पनि सन् २०२१ को सुरुदेखि नै खोप पठाइने संगठनले जारी गरेको […]
२ पुस, काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’को शीर्ष तीनमा प्रवेश गरेका छन् । उनी बुधबार बेलुका प्रसारित कार्यक्रमबाट शीर्ष तीनमा छनोट भएका हुन् । नेपाली खानालाई विश्वमा चिनाउनेल लक्ष्य राख्ने सन्तोषका लागि बुधबार आफ्नो पि्रय मान्छेका लागि खाना बनाउन दिइएको थियो । बुधबार उनले आफ्नी आमालाई सम्झिँदै खाना बनाए […]
भारतको महाराष्ट्र राज्यले बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिने व्यवस्था भएको कानुन भएको छ। त्यहाँको मन्त्रीपरिषद्ले सो व्यवस्थासम्बन्धी कानुनलाई पेस गर्ने मञ्जुरी दिएको छ।यसैगरी उसले एसिड आक्रमण पीडितलाई १० लाखको क्षतिपूर्ति दिने प्रावधान पनि विधयेकको मस्यौदामा समावेश गरेको छ। राज्यका गृहमन्त्री अनिल देशमुखले मन्त्रीपरिषद् बैठकपछि सरकारले बलात्कार, एसिड आक्रमण लगायतका महिलाहिंसामा दोषीलाई मृत्युदण्ड, आजीवन कारवाससँगै अत्याधिक जरिमाना […]
काठमाडौँ — बहिर्गमन भिसा नपाएका १५ सय नेपाली श्रमिक घर फर्कन नपाएर साउदी अरबमा अलपत्र परेका छन् । विभिन्न कम्पनीमा कार्यरत ती श्रमिकमध्ये आधाजसो कम्पनीबाट भागेकाहरू हुन् । घर फर्कन नपाएकाहरूको उजुरी बढ्न थालेपछि एक्जिट (बहिर्गमन) भिसा व्यवस्थापन गर्न नेपाली दूतावासले साउदी अध्यागमनमा सूची पेस गरेको छ । भिसा पाएपछि मात्र साउदी अरब छाड्न पाइने भएकाले रियादस्थित नेपाली […]
काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुसको पहिलो साता भारत भ्रमण गर्ने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ । त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले मन्त्री ज्ञवालीलाई भारतका विदेश मामिला मन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए । […]
चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् ।रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ ।त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्नेछन् […]
काठमाडौँ- विश्वभर ४ करोड २७ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।पछिल्लो २४ घण्टामा ३ लाख ९६ हजार ८५३ जना संक्रमणमुक्त भएसँगै विश्वभर निको हुनेको संख्या ४ करोड २७ लाख ८३ हजार ७१३ पुगेको हो । यस्तै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १९ लाख ७९ हजार ९१९ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६ […]
काठमाडौँ । चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक औपचारिक भ्रमणमा नेपाल आउँदैछन् । एकदिनको लागि वेइ फेङ्गे आइतबार अर्थात भोलि नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै जनरल वेइ फेङ्गेको नेपाल भ्रमणको बारेमा औपचारिक जानकारी दिएको छ । परराष्ट्र मन्त्रालय र रक्षामन्त्रालयले चिनियाँ रक्षामन्त्रीको भ्रमणको […]
काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमणले १ लाख ३६ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ४३८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३६ हजार १९० पुगेको हो । यस्तै भारतमा कोरोना संक्रमितको संख्या पनि ९३ लाख नाघेको छ ।डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ४१४ […]
१२ मंसिर, काठमाडौं । नेपालमा भेटिएको कोरोना भाइरसको प्रकृति भारत र साउदी अरबमा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले (एनएचआरसी) जनाएको छ । सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालसंग सहकार्य गरेर एनएचआरसीले गत अगस्टमा जिन सिक्वेन्सिङ अध्ययन सुरु गरेको थियो । सीएमडीएनका निर्देशक तथा अनुसन्धानकर्ता डाक्टर समिरमणि दीक्षितका अनुसार १५ वटा नमुना संकलन […]
काठमाडौं, ११ मंसिर । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणको लागि आज काठमाडौं आईपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका परराष्ट्र सचिव डा. भरतराज पौडेलले स्वागत गरेका थिए । विदेश सचिव श्रृंगलाले भने,‘नेपालमा आउँदा म निकै खुशी छु । रमाईलो लागेको छ । म पहिलापनि काठमाडौं आएको छु । तर, फरेन […]
११ मंसिर, काठमाडौं । अर्जेन्टिनाका पूर्व फुटबलर डिएगो म्याराडोनाको निधनमा अर्जेन्टिनाको सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । ६० वर्षीय म्याराडोनाको बुधबार मृत्यु भएको थियो । म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति कार्यालय कासा रोसारामा ल्याइएको छ । यहाँ तीन दिनसम्म मानिसहरुले उनलाई अन्तिम श्रद्धान्जली दिन सक्नेछन् । म्याराडोनाका साथी ओहवाल्दो अर्बिलेसले म्याराडोनाले पाएको जति […]
११ मंसिर, काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ उनले आजै राष्ट्रपति […]