होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१४ चैत, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ । वडाध्यक्ष चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो । ‘घाटीमा मासु अड्केर बेहोस […]
काठमाडौं, १३ चैत । उपत्यकामा कोभिड–१९ को जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्ने भएको छ । अघिल्लो वर्षजसरी नै सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्न शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको, प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच छलफल […]
भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै भारत सरकारले कोभिशिल्ड भ्याक्सिनको निर्यातलाई तत्कालका लागि स्थगित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारको यो निर्णयको असर नेपालमा पनि पर्ने भएको छ । नेपालले समयमै खोप नपाउने हो भने पहिलो डोज खोप लगाएका धेरैले दोस्रो डोज खोप पाउनेछैनन् । भारतमा कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि हुन थालेपछि […]
सिरहा । सिरहाको नरहा गाउँपालिका–३, चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा चिकित्सकको लापरबाहीका बिरामीको मृत्यु भएको भन्दै पीडित परिवारले आन्दोलन गरेको छ । चिकित्सकले सही उपचार नगर्दा र समयमै अन्यत्र उपचारको लागि रिफर नगर्दा नरहा गाउँपालिका ३ डन्डाटोलका ६४ वर्षीय राम सुफल महतोको बिहीबार मृत्यु भएको मृतकका छोरा लालबिहारी महतोले बताए । बान्ता […]
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ५ स्थित साविक आँपचौर गाविसको खर्बाङ गाउँमा गएराति आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएका छन् । बसाइँसराइँको क्रम बढेपछि अहिले गाउँ रित्तोप्रायः बनेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेका अनुसार जलेर नष्ट भएको सात वटै घर गोठमा मानिसहरु बस्दैनन् । बसाइँसराइँ […]
१२ चैत्र, चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । भरतपुर महानगरपालिका–१० घर भई काठमाडौं बस्दै आएकी ५४ वर्षीय धनकुमारी लामामा कलेजो प्रत्यारोपण गरिएको कलेजले जनाएको छ । लामालाई उनकी ३४ वर्षीया छोरी उषाले कलेजो दिएकी हुन् । चैत्र ८ गते झण्डै १२ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका […]
बादी समुदायको उत्पत्तिको इतिहासबारे विभिन्न प्रकारका मिथ र कथाहरु पाइन्छ । सल्यान, जाजरकोट, मुसीकोट तथा बझाङका बादीहरुका आ–आफ्नै तरिकाका कथाहरु छन् भने अन्यत्रका बादीहरूमा छुट्टै मिथक पाइन्छ । ऐतिहासक मिथक र किंवदन्तीले उनीहरुलाई कुनै समयको इन्द्रलोकका उपाध्याय ब्राह्मणहरू रहेको देखाउँछ । ती किंवदन्ती अनुसार बादीहरु राजाको सेवा गर्ने र राजाका भान्से भएको देखिन्छ । यहाँ […]
१२ चैत, काठमाडौँ । भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् । उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् । उनलाई सहायक सिडिओ धरेन्द्र चापागाइ र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरे । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि […]
११ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९६३ जनामा भएको आरटी पीसीआर परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार ४०३२ जनामा भएको परीक्षणमा १८८ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख […]
चैत्र ११, डोटी । चालू आर्थिक बर्षको पहिलो ६ महिना साउनदेखि पुषसम्म सुदूरपश्चिम प्रदेशमा क्षयरोगका एक हजार दुई सय ८२ बिरामी देखिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले दिएको जानकारी अनुसार कैलालीमा सबैभन्दा बढी पाँच सय एक जना क्षयरोगका बिरामी छन् । सवैभन्दा कम दार्चुलामा २५ क्षयरोगी छन् । यस्तै कञ्चनपुरमा तीन […]
काठमाण्डाै – भारतका १८ राज्यमा काेराेना भाइरसकाे नयाँ प्रकार भेटिएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्मको तथ्याङ्कको आधारमा भारतको बढिरहेको सङ्क्रमण र नयाँ प्रकारको ‘डबल म्यूटेन्ट’ भाइरसबीच कुनै सम्बन्ध नभएकाे बताएकाे छ । काेराेना भाइरसकाे याे नयाँ प्रकार विभिन्न देशमा देखिइसकेकाे छ । पछिल्लाे केही समयदेखि विश्वका विभिन्न देशसहित भारतमा काेराेना सङ्क्रमण […]
बाजुरा ११ चैत । बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाले स्थानीय आपतकालिन कार्यसंचालन केन्द्रको स्थापना गरेको छ । बिपतको समयमा हुने सुचना प्रबाह तथा आपतकालिन अबस्थामा उद्धार तथा राहत लगायतका कार्यहरुलाई चुस्त दुरुस्त अगाडी बढाउन सो केन्द्रको स्थापना गरिएको हो । स्थानीय तह आपत्कालीन कार्य सञ्चालन केन्द्रको उद्देश्य नेपाल सरकारको विपद् व्यवस्थापन कार्यसंग सम्बन्धित […]
काठमाडौं । प्रतिनिधिसभा अन्तरगत रहेको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिले छिमेकी देशहरूमा कोभिडको दोस्रो लहर देखापरेको भन्दै आवश्यक सतर्कता अपनाउन सरकारलाई सुझाव दिएको छ । बुधबार सिंहदरबारस्थित समितिको हलमा बसेको बैठकमा समितिले गठन गरेको उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समिति सभापति जयपुरी घर्तीलाई प्रतिवेदन दिँदै १८ बुँदे सुझाव प्रस्तुत गरेका छन् । गत भदौ […]
दैलेख — नारायण नगरपालिका– ५ धिताहस्थित नवदुर्गा निमाविका सयौं विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो । ज्वरो आउने, रिँगटा लाग्नेलगायत समस्याले विद्यार्थी थला परेपछि मंगलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए । उनका अनुसार आइतबार करिब […]
११ चैत, जनकपुरधाम । जनकपुरस्थित एक होटलमा श्रीमानसँगै बसेकी महिला होटल नजिकै मृत भेटिएकी छन् । जनकपुरधाम उप-महानगरपालिकास्थित रमानन्द चोकमा रहेको सर्लाही होटेल एण्ड गेष्ट हाउसको पाँचौँ तल्लामा रहेको कोठा नम्बर २०५ मा श्रीमानसँगै बसेकी महिला होटल बाहिर मृत फेला परेकी हुन् । म्याग्दीको मेलानी गाउँपालिका-७ बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपाली श्रीमान् विश्वास […]
तपाईंले खाना खान छोड़नु भयो, पानी पिउन छोड़नु भयो भने कति दिन बाँच्न सक्छु जस्तो लाग्छ ? त्यस्तै यदि तपाईंले श्वास लिन छाड़नु भयो भने कति समय बाँच्न सक्छु जस्तो लाग्छ ? खाना र पानी छाडेर तपाईं ३ देखि ५ दिन बाँच्न सक्नुहोला तर श्वास लिन छाड़नु भयो भने दिनको कुरा छोड़नुस कति मिनेट भन्नुपर्ने […]
काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्षदेखि क्षयरोगमुक्त पालिका घोषणा कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त पालिका घोषणा कार्यक्रम सञ्चालन गर्न लागेको हो । क्षयरोगलाई नियन्त्रण र निर्मूलीकरण गरी सबै पालिका क्षयरोगमुक्त गरिने केन्द्रका निर्देशक डा अनुज भट्टचनले बताउनुभयो । गएको वर्ष एक लाख ५५ […]
काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ३२ पीसीआर परीक्षणमा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ भने सक्रिय […]
१० चैत, डोटी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका-१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो । मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा […]
धनगढीः कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीकाअनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो। अहिले मृतकका आफन्तले […]