होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • हिटर बढी प्रयोग गर्नुहुन्छ भने हुनुहोस् सावधान, स्वास्थ्यका लागि थुप्रै खतरा
स्वास्थ्य-जीवनशैली

हिटर बढी प्रयोग गर्नुहुन्छ भने हुनुहोस् सावधान, स्वास्थ्यका लागि थुप्रै खतरा

  • नागरिक रैबार
हिटर बढी प्रयोग गर्नुहुन्छ भने हुनुहोस् सावधान, स्वास्थ्यका लागि थुप्रै खतरा

कठ्याङ्ग्रिदो चिसोबाट बच्नका लागि मानिस धेरैभन्दा धेरै कपडा लगाउने गर्छन् तरपनि यसले चिसोलाई राम्रोसँग छेक्न सकिरहेको हुँदैन । यस्तो अवस्थामा हिटरले धेरैलाई राहत प्रदान गर्दछ । हिटरले चिसोबाट राहत त प्रदान गर्छ नै यसबाट स्वास्थ्यलाई विभिन्न प्रकारको हानी पनि हुन्छ । यदि तपाईं पनि शरीरलाई तातो बनाउनका लागि जतिबेला पनि हिटर नजिकै बस्नुहुन्छ भने यसबारे केही कुरा थाहा पाउनुहोस् ।

हिटरले कसरी काम गर्छ ?

धेरैजसो हिटरभित्र रातो–तातो धातुका छडी वा सिरेमिक कोर हुन्छन् । यसले कोठाको तापक्रमलाई बढाउनका लागि तातो हावा बाहिर निकाल्ने गर्छ । यसले हावाको मोइस्चरलाई सोस्ने गर्छ । हिटरबाट पाइने हावा निकै सुख्खा हुन्छ । यसबाहेक रुम हिटरले हावाबाट अक्सिजनलाई पनि नष्ट गर्ने काम गर्छ ।

विज्ञापन

हिटरबाट हुने हानीः

हिटरबाट निस्कने हावाले छालालाई निकै रुखो बनाउने गर्छ । हिटरका कारण मानिसलाई निद्रा नलाग्ने, बान्ता आउलाजस्तो हुने, टाउको दुख्नेलगायतका समस्या देखिन्छ । कन्भेन्सन हिटर, हेलोजन हिटर र ब्लोअरको अत्यधिक प्रयोगले तपाईंलाई बिरामी बनाउन सक्छ । यी हिटरबाट निस्कने केमिकल सासमार्फत् शरीरभित्र प्रवेश गर्छ र आन्तरिक हिस्सालाई हानी पुर्याउने काम गर्छ विशेषगरी यदि तपाईंलाई दम र एलर्जीको समस्या छ भने ।

यी मानिसलाई हिटर नजिकै बस्नुको खतरा बढीः

दमका रोगीलाई रुम हिटरले सबैभन्दा बढी हानी गर्छ । यदि तपाईंलाई सास सम्बन्धि कुनै समस्या छ भने हिटरबाट एक निश्चित दुरीमा बस्नुहोस् । यसबाहेक ब्रोन्काइटिस र पिनासका बिरामीलाई पनि यसबाट एलर्जी हुनसक्छ । यी बिरामीको फोक्सोमा हिटरको हावाबाट कफ बन्न थाल्छ, जसका कारण उनीहरुलाई खोकी र हाच्छिउँ आउन थाल्छ । भित्र भित्रै कफ सुकेको स्थितिमा एन्टिबायोटिक्स लिनुपर्ने हुनसक्छ ।

एलर्जी भएकाहरुका लागि विशेष हिटरः

स्वास्थ्य विज्ञका अनुसार यदि तपाईं दमको बिरामी हुनुहुन्छ वा तपाईंलाई एलर्जीको समस्या छ भने तपाईंले साधारण हिटरको साटो तेल भएको हिटर प्रयोग गर्नुहोस् । यस्ता हिटरमा तेल भरिएका पाइप हुन्छन् जसका कारण हावा सुख्खा हुँदैनन् । यदि तपाईं निरन्तर हिटर प्रयोग गरिरहनुभएको छ भने तपाईंले केही मिनेटको अन्तरालमा यसलाई बन्द गर्नुपर्छ । यदि तपाईंलाई पिनास वा ब्रोन्काइटिसको समस्या छ भने ह्युमिडिफायरको प्रयोग गर्नु तपाईंका लागि सबैभन्दा राम्रो हुनेछ । यसले हावाको मोइस्चरलाई यथावत् राख्ने गर्छ जसका कारण सास सम्बन्धि कुनै समस्या हुँदैन ।

ग्यास हिटरबाट सावधानः

शोधका अनुसार जुन घरमा ग्यास हिटर वा एलपीजी हिटरको प्रयोग धेरै भइरहेको छ, त्यस घरका बालबालिकामा दमको समस्या धेरै पाइन्छ । यसबाहेक खोकी, हाच्छिउँ, छाती घ्यारघ्यार र फोक्सोमा हानीका लक्षण धेरै देखिन्छ । यी हिटरबाट निस्कने कार्बन मोनोअक्साइडले विशेष गरी साना बालबालिका र वृद्ध–वृद्धामाथि असर पार्ने गर्छ । विशेषज्ञका अनुसार हिटरलाई कहिल्यै पनि ढाकेर राख्नुहुँदैन । यसो गर्दा आगलागीको सम्भावना अत्यधिक हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार