होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं २४ पुस। पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेट निर्णयमा पुगेको सचिवालयका एक सदस्यले बताए । केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै […]
पुस, दाङ । शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि जिल्लाको तुल्सीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । एन्टिजेन परीक्षण गर्दा विद्यालयका छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए । कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुके […]
काठमाडौं, पुस २० । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले आजदेखि थप एक अतिरिक्त खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई लगाउने तयारी रहेको जनाएको छ । बालबालिकाले लगाउने खोप केन्द्रबाहेक अहिले लगाइरहेका सबै खोप केन्द्रबाट अतिरिक्त खोपको […]
काठमाडौं । सोमबार हिमाली भेगका शेर्पा, लामा लगायत समुदायले धुमधामका साथ तोल ल्होसार मनाउँदैछन् । सबैभन्दा पुरानो ल्होसार मानिएको यो पर्व हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायत जिल्लामा मनाउने गरिन्छ । नेपालमा फरक–फरक जनजाति समुदायले छुट्टाछुट्टै ल्होसार मनाउने गर्दछन् । तमु ल्होसार पुसे १५ मा, सोनाम ल्होसार माघ प्रतिपदा र ग्याल्बो […]
काठमाडौं । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।काठमाडौं उपत्यका र उपत्यका बाहिर घर भई […]
काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ ।अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुरामा बर्षाका कारण पहिरोले साफे मार्तडी अबरुद्ध मंगलबार देखि सुरु भएको बर्षाले पहिरो जादा बर्षाका कारण पहिरोले साफे मार्तडी अबरुद्ध रुपमा रहेको मुख्य राजमार्ग साफे मार्तडी सडक अबरुद्ध भएको छ । हिमपात संगै बर्षाका कारण बल्देमा पहिरो जादा बाजुराको यातायात अबरोध भएको छ । त्यसै गरी हिमपातका मार्तडी कोल्टी सडक पनि […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियसभन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ […]
नागरिक रैबार बाजुरा ९ पुस । बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ । बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने भएका छन् । पाँच हजार ६०२ बालबालिका खोप लगाउनबाट वञ्चित हुने बताइएको छ । सरकारले मुलुकका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान […]
मेरो नाम कैलीदेवी दास हो । म धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर ४ सघारा निवासी हुँ । म ५९ वर्षकी भएँ । मलाई जाडो महीना कहिल्यै नआओस् जस्तो लाग्छ । जाडो महीनामा हामी जस्ता गरीबको त बिजोग नै हुन्छ । दिनभन्दा पनि रात कटाउन अति नै मुश्किल पर्छ । कुनै रात त शरीर पनि […]
नागरिक रैबार/बाजुरा ७ पुस। बाजुरा जिल्लामा पहिलो पटक पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पिसिआर ल्याब सञ्चालनमा ल्याएको हो । कोभिड जाँचका लागि यो भन्दा अगाडि धनगढी, डोटि लगायत जिल्ला बाहीर जानुपर्ने बाध्यता रहेको थियो । सेवा सञ्चालनमा ल्याएर ७७ जनाको स्वाब परिक्षण समेत गरिसकेको जिल्ला अस्पताल […]
सुदूरपश्चिममा पनि बालबालिकाहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ। बालबालिकाहरु कोरोना संक्रमणको जोखिममा रहेको भन्दै १२ वर्षदेखि १७ वर्ष मुनिका बालबालिकाहरुलाई मोडर्ना खोप अभियान चलिरहेको हो। विद्यालयहरुलाई नै खोप केन्द्र मानेर खोप अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य प्रमुख योगेश भट्टले बताए। उनले पहिलेभन्दा अहिले खोप प्रति अभिभावक तथा बालबालिकाहरु उत्साहित […]
कठ्याङ्ग्रिदो चिसोबाट बच्नका लागि मानिस धेरैभन्दा धेरै कपडा लगाउने गर्छन् तरपनि यसले चिसोलाई राम्रोसँग छेक्न सकिरहेको हुँदैन । यस्तो अवस्थामा हिटरले धेरैलाई राहत प्रदान गर्दछ । हिटरले चिसोबाट राहत त प्रदान गर्छ नै यसबाट स्वास्थ्यलाई विभिन्न प्रकारको हानी पनि हुन्छ । यदि तपाईं पनि शरीरलाई तातो बनाउनका लागि जतिबेला पनि हिटर नजिकै बस्नुहुन्छ भने यसबारे […]
काठमाडौं । हाम्रा बालबालिका कक्षाकोठामा कति घण्टा बिताउँछन् ? हालको तालिकाले बताउँछ, ८ घण्टा । बिहान आठ बजे विद्यार्थीको लागि खुलेका विद्यालयका ढोका साँझ ५ बजेपछि मात्रै बन्द हुन्छन् । खासगरी निजी विद्यालयहरुमा यस्तो परिपाटी देखिन्छ । जबकि शिक्षा प्रणालीको लागि आदर्श मानिएको फिनल्याण्डमा विद्यार्थीलाई जम्मा ५ घण्टा मात्रै कक्षाकोठामा राख्ने गरिन्छ । बिहान साढे […]
दार्चुला — गाउँघरमा चाडपर्व सकियो । हिउँदे सिजनको खेतीपातीलगायतका सबै काम सकिएको छ । बर्सेनि यही समयमा यहाँका अधिकांश पुरुष कामको खोजीमा भारत पस्ने गर्छन् । यतिबेला प्रमुख हिउँदेबाली गहुँ, जौ छर्ने काम सकाएर यहाँका स्थानीय दैनिक ज्यालादारीमा मजदुरी गर्न भारतका विभिन्न ठाउँमा गइरहेका छन् । ‘हिउँदेबाली नपाकेसम्म सामान्य घरायसी कामबाहेक गाउँमा अन्य काम नहुने भएकोले एक/दुई महिना मजदुरीको […]
सप्तरी। दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएपछि सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँका बासिन्दा शोकमा डुबेका छन्। बिहीबार दिउँसो मोटरसाइकलमा सबार उनीहरुलाई सिरहाको लहानमा टिपरले ठक्कर दिएको थियो। मृत्यु हुनेमा ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव छन्। यी तीनसहित चार जना […]
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् ।उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताएका हुन् । उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि […]
काठमाडौं । हिजोआज व्यवसायीहरुले सजिलो र सबैको पहुँचमा पुग्न सामाजिक सञ्जाललाई विज्ञापनको माध्यम बनाइरहेका छन् । सामाजिक सञ्जालमा कुनै एक विज्ञापन क्लिक गरेर हेरेपछि त्यस्तै प्रकृतिका धेरै विज्ञापन देखिन थाल्छ । यस्ता विज्ञापनमध्ये ‘आयुर्वेदिक औषधि’का पनि विभिन्न खालका विज्ञापन सामाजिक सञ्जालमा देखिन्छन् । कुनै पनि साइड इफेक्ट बिना शतप्रतिशत ग्यारेन्टीका साथ कपाल झर्न रोक्ने तेल, […]
कञ्चनपुर: लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ। झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिए। घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उनले बताए। […]