होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दार्चुला । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ । घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए । घटनाको अनुसन्धानको लागि प्रहरी चौकी […]
टिकटकमा एउटा बालक ‘ममी जाने..ममी जाने’ भन्दै डाँको छोडेर रुँदै गरेको भिडियो अहिले निकै भाइरल छ । भिडियोमा तुरुन्तै मिसले ल अब हाँसीदेउ भन्दा बालक आँखाभरी आँसु छचल्काउँदै मुस्कुराउन बल गर्छ । खासमा उ स्कुलमा आमा सम्झेर रुन खोजेको छ, तर भिडियो खिचेर उसलाई रुनबाट रोकिएको छ । र, बच्चाले आफ्नो निर्दोष भावना व्यक्त गर्दै […]
अछाम‚ काठमाडौं‚ वीरेन्द्रनगर — मुगुको छायानाथ रारा नगरपालिकाकी २२ वर्षीया मैनसरा विकले १८ वर्षको उमेरमा विवाह गरिन् । ६ महिनापछि गर्भ रह्यो । न उनले स्वास्थ्यको ख्याल गरिन् न परिवारले नै चासो दिए । सामान्य अवस्थामा जस्तै उनले आफूले सक्नेजति काम गरिरहिन् । अन्ततः उनको बच्चा ३ महिनामै खेर गयो । त्यति हुँदाहुँदै पनि मैनसराको शरीरले पोसिलो आहारा पाएन । त्यसपछिका […]
बाजुरा । मंगलबार विभिन्न कार्यक्रम गरेर विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । तर बाजुराको अतिविपन्न दलित समुदायको बसोबास रहेको मुक्तिकोट गाउँका बासिन्दाले खानै नपाएर कुपोषणको अवस्था झन्झन् भयावह हुँदै गइरहेको छ । बाजुराको कुपोषणग्रस्त मुक्तिकोट गाउँका बासिन्दाका लागि वितरण गरिएको चामल लिन आएका स्थानीय । डेढ महिना अघिसम्म कडा कुपोषित बालबालिकाको संख्या १६ रहेको […]
नागरिक रैबार/बाजुरा २० जेठ। बुढीगंगा नगरपालिका ९ बासुरेका चन्द्रबहादुर शाहीका १६ बर्षिया छोरा धर्म शाही मृत्त फेला परेका छन् । घरबाट चार दिन पहिला मात्र काठमाण्डौ गएका थिए । काठमाण्डौ जिल्लाको कागेश्वर मनोहरा नगरपालिका ६ मुलपानीको लक्ष्मीनारायण मन्दिर नजिक रहेका ब्रदी प्रसाद कुईकेलको खाली जग्गामा जेठ १९ गते बिहान मृत्त अवस्थामा फेला परेका मृतकका अंकल […]
नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरा जिल्लामा रहेका आर्थिक अवस्ता कमजोर भएका बालवालिका तथा एकल महिलाहरुलाई यूनिसेफ नेपालको आर्थिक सहयोग र वास नेपालको सहकार्यमा महिला तथा बालवालिकालाई आर्थिक सहयोग गर्दै आएको छ । बडिमालिका वडा न.९मा एक कार्यक्रमको आयोजना गरी यूनिसेफ नेपाल र वास नेपालको सहयोगमा एकल महिला दुई जना र दुई बालवालिकालाई गरि पांच हजार […]
, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४१३ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १८२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ०८ […]
१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्य कम्पनीलाई दिने कुरालाई समर्थन गर्न नसकिने बताएका छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्यलाई बुझ्न नसकेको समेत बताए । बिहीवार प्रतिनिधि सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत […]
१९ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालमा एमआरआई सेवा नहुँदा उपचारका लागि आउने बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार एमआरआई गर्नुपर्ने दैनिक १५ देखि २० जना बिरामीलाई बाहिरका विभिन्न निजी मेडिकल कलेजहरूमा पठाउनुपर्ने अवस्था छ । ‘अस्पतालमा उपचारका […]
चितवन । चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य समस्यासमेत भएपछि […]
मान्छेको स्वभाव भिन्नभिन्न हुन्छ । यही स्वभावका आधारमा उनीहरुको बानी-व्यवहार भर पर्छ । कसैले आफूलाई लागेको कुरा निर्धक्कसँग व्यक्त गर्न सक्छन् भने कसैले मनको कुरा भन्नै सक्दैनन् । धेरैले आफूलाई लागेको कुरा व्यक्त गर्ने भए पनि प्रेमको मामिलामा भने आफ्ना भावना व्यक्त गर्न हिच्किचाउँछन् । तपाईं पनि कसैलाई आफ्ना भावना र अन्तर्मनको कुरा भन्न खोज्नुहुन्छ, […]
धुम्रपानलाई स्वास्थ्यको दृष्टिकोणले मात्रै हानिकारक मानिंदैन, धुम्रपान गर्ने व्यक्तिलाई समाजले समेत त्यति राम्रो नजरले हेर्दैन । यति हुँदाहुँदै पनि चुरोट र सूर्तीजन्य पदार्थका उद्योगी र व्यापारहिरु दिनानुदिन धनाढ्य मात्रै बनेका छैनन्, समाजमा उनीहरु नै प्रतिष्ठित र शक्तिशाली समेत छन् । सूर्तीजन्य पदार्थलार्ई चुरोटमा बदल्नु जस्तो घातक कुरा संसारभर अरु केही नभएको बताइन्छ । चुरोटको माध्यमबाट […]
वनजंगलमा सजिलै पाइने, निगुरो । बनाउन सजिलो हुने, निगुरो । खादा स्वादिलो हुने निगुरो । स्वास्थ्यका लागि पोषिलो निगुरो । पूर्ण अर्ग्यानिक सब्जी, निगुरो । कति गुणी निगुरो ? हुन त अहिले सहरी क्षेत्रको करेसाबारीमा निगुरो रोप्ने चलन छ । यद्यपि यो वनजंगलमा सजिलै पाइन्छ । खासगरी बर्खायाम सुरु भएसँगै निगुरो खोज्ने, टिप्ने गरिन्छ । […]
गर्मीमा आरुको सेवनले स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ । धेरै पोषक तत्त्वहरूले भरिपूर्ण आरु स्वास्थ्य सम्बन्धी समस्याहरू हटाउन लाभदायक हुन्छ । आरुमा भिटामिन ए, भिटामिन सी, पोटासियम, जिङ्क, तामा, क्याल्सियम, फाइबर, म्याग्नेसियम र सोडियम जस्ता पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ, जसले धेरै समस्याहरू हटाउन फाइदाजनक हुन्छ। आरुको सेवनले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। यसका साथै पेटसँग सम्बन्धित […]
काठमाडौँ — ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ आज (मंगलबार) देशभर विश्व सूर्तीजन्य पदार्थरहित दिवस मनाइँदैछ । सुर्तीजन्य पदार्थ सेवनका कारण निस्कने हरितगृह ग्यासले वायु प्रदूषण गराउनाले आफ्नो स्वास्थ्य र वातावरण सुरक्षित राख्न धुम्रपान त्याग्नुपर्ने चिकित्सकहरु बताउँछन् । वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाईंका अनुसार सुर्तीजन्य पदार्थ सेवन नगरे […]
काठमाडौं । दुःख गरेर आमाले एक्लै हुर्काएकी कृष्मीको आमालाई जिवनभर सुखसँग राख्ने सपना आईतबार विमान दुर्घटनासँगै सधैका लागि अस्ताएको छ । आईतबार दुर्घटनामा परेको तारा एयरको विमानमा एयर परिचारिकाको रुपमा रहेकी कृष्मी (मनिषा) थापा एकल आमाकी एक्ली सन्तान हुन् । कृष्मीकी आमाले कृष्मीलाई एक्लै हुर्काएकी थिईन् । कृष्मीका बुवाआमाको अन्तरजातिय बिवाह भएको थियो । कृष्मीका […]
धनगढीः स्याङ्जा चापकोटकी किस्मी थापा एयर होस्टेस हुँदा उनकी आमा विष्णुदेवी औधी खुशी भएकी थिइन्। गाउँघरमा किस्मीकै चर्चा हुन्थ्यो। त्यसले विष्णुदेवीको हर्ष बढेको थियो। तर, आइतबार मुस्ताङमा भएको तारा एयरको ट्वीनेटर जहाज दुर्घटनाले उनका सबै खुशीहरू खोसिदिएको छ। २६ वर्षीया किस्मीसहित जहाजमा सवार २२ यात्रु र चालक दलका सदस्य मुस्ताङको मानापाथी हिमालछेउ मुलखर्कमा सदाका लागि […]
सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० कारोड रुपैयाँ बिनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सो जानकारी दिएका हुन् ।
काठमाडौं । भारतको राजस्थानस्थित एक गाउँको एउटै घरमा बिहे भएका तीन दिदी–बहिनी र उनीहरुका दुई बच्चा गरी पाँच जना मृत फेला परेका छन् । दाइजोका कारण घरका सदस्यबाट दिनहुँ यातना पाएपछि उनीहरुले सामूहिक आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ । मृत्यु हुनेमा २७ वर्षीया कालु मिणा, २३ वर्षीया ममता मिणा, […]
पाठेघरको डिम्बासयको क्यान्सर र मुखको क्यान्सर भई तेस्रो चौथो स्टेजमा पुगेपछि बल्ल थाहा पाउने बाध्यताको अन्त्य हुने भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ सालको नीति तथा कार्यक्रममा महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने कुरा समावेश गरेपछि त्यस्तो अवस्थाको अन्त्य हुने भएको हो । यस्तै सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध […]