होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीको सारथी अस्पतालले पत्रकारको निःशुल्क चेकजाँच गर्ने
समाचार

धनगढीको सारथी अस्पतालले पत्रकारको निःशुल्क चेकजाँच गर्ने

  • नागरिक रैबार
धनगढीको सारथी अस्पतालले पत्रकारको निःशुल्क चेकजाँच गर्ने

धनगढी: धनगढीको सारथी अस्पतालले पत्रकारलाई निःशुल्क चेकजाँच गर्ने भएको छ। अस्पतालले कैलालीका पत्रकारलाई ओपिडी चेकजाँच पूर्ण रुपमा निःशुल्क र अन्य सेवामा २० प्रतिशत छुटमा सेवा दिने भएको हो।

नेपाल प्रेस युनियन कैलाली र सारथी अस्पताल प्रालिबीच भएको सम्झौता अनुसार कैलालीमा कार्यरत पत्रकारका परिवारका चार जना सदस्यलाई समेत ओपिडी चेकजाँच पूर्ण रुपमा निःशुल्क र अन्य सेवामा २० प्रतिशत छुट दिनेछ।
सारथी अस्पतालका प्रवन्ध निर्देशक बेदप्रकाश जोशी र नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार ओपिडी चेकजाँच निशुल्क गर्ने तथा ल्याब, बेड भर्ना, फार्मेसी, यूएसजी, इको, एक्सरे, आइसियू र इसिजीमा २० प्रतिशत छुट दिने अस्पतालका प्रबन्ध निर्देशक बेदप्रकाश जोशीले जानकारी दिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै