होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • टेकु अस्पतालमा कुष्ठरोगीको उपचार सुरु
समाचार

टेकु अस्पतालमा कुष्ठरोगीको उपचार सुरु

  • नागरिक रैबार
टेकु अस्पतालमा कुष्ठरोगीको उपचार सुरु

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कुष्ठरोगका बिरामीको उपचार गर्न सुरु गरेको छ । अस्पतालले एक साता अघिदेखि कुष्ठरोगीको उपचार सुरु गरेको हो ।

एक सातामा १० जना बिरामीले उपचारपछि औषधि सेवन गरिहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । कुष्ठरोग उपचारका लागि अस्पतालमा रिफरल क्लिनिक र टेलिमेडिसिन केन्द्र स्थापना गरेर सेवा दिन सुरु गरिएको उनले बताए ।

कुष्ठरोगका बिरामीलाई अन्य स्वास्थ्य संस्थाहरुले समेत रिफर गरी टेकु अस्पतालमा उपचारका लागि पठाउने गरेको उनले बताए । कुष्ठरोग उपचारका लागि अब आनन्दवन अस्पतालमा जानुपर्ने बाध्यता अन्त्य भएको सूचना अधिकारी गौतमले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै