होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • यो हो बुवा बन्ने सही उमेर, त्यसपछि शुक्रकिट खराब हुन थाल्छन्
स्वास्थ्य-जीवनशैली

यो हो बुवा बन्ने सही उमेर, त्यसपछि शुक्रकिट खराब हुन थाल्छन्

  • नागरिक रैबार
यो हो बुवा बन्ने सही उमेर, त्यसपछि शुक्रकिट खराब हुन थाल्छन्

बच्चा जन्माउनका लागि महिलाको उमेर महत्वपूर्ण हुने तर पुरुष जुनसुकै उमेरमा पनि बुवा बन्न सकिहाल्छ नि भन्ने मान्यता राखिन्छ । यो कुरा साँचो हो त ? होइन । बच्चा जन्माउनका लागि महिलाको उमेर जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण पुरुषको उमेर पनि हुन्छ । उमेर बढेसँगै पुरुषमा स्पर्म काउन्ट र यसको गुणस्तरमा भारी गिरावट देखिने गर्छ ।

पिता बन्ने सही उमेरः

विशेषज्ञका अनुसार २० देखि ३० वर्षको उमेरमा पिता बन्नु सही हो । यद्यपि, ५० वा सोभन्दा बढी उमेरमा पनि पुरुषले बच्चा जन्माउन सक्छन् । गिनिज वर्ल्ड रेकर्डका अनुसार एक व्यक्तिले ९२ वर्षको उमेरमा बच्चा जन्माएका थिए । अनुसन्धानकर्ताका अनुसार आमा–बुवा बन्नका लागि पुरुषको उमेर पनि निकै महत्वपूर्ण हुन्छ । ४० वर्ष कटेपछि पुरुषमा पिता बन्ने सम्भावना कम हुन थाल्छन् ।

विज्ञापन

बायोलोजिकल क्लकः

विशेषज्ञका अनुसार पुरुषमा वीर्य उत्पादनको प्रक्रिया कहिल्यै रोकिँदैन तर उमेर बढेसँगै शुक्रकिटको डिएनए खराब हुने सम्भावना धेरै नै बढ्छ । यसले प्रजनन क्षमता प्रभावित हुन्छ । बच्चाको स्वास्थ्यमा पनि यसको असर नकारात्मक पर्छ ।

थुप्रै अनुसन्धानमा पत्ता लागेअनुसार उमेर पाको भएपछि पिता बन्दा बच्चामा ‘न्युरोडेभलेपमेन्टल डिसअर्डर’ हुने गर्दछ । सन् २०१० मा गरिएको एक अध्ययनमा ४० वर्ष कटेपछि पिता बन्दा बच्चामा ‘अटिजम स्पेक्ट्रम’ विकास हुने खतरा ५ गुणा बढी थियो ।

कुन उमेरमा स्पर्मको उत्पादन बन्द हुन्छ

विश्व स्वास्थ्य संगठनले शुक्रकिटका केही मापदण्ड निश्चित गरेको छ जसलाई हेल्दी स्पर्मको रुपमा निर्धारित गर्न सकिनेछ । यसमा स्पर्म काउन्ट, शेप र मुभमेन्ट समावेश छ । यस अनुसार ३५ वर्षको उमेर आसपास पुरुषमा यो स्पर्म प्यारामिटर खराब हुन थाल्छ ।

यो समय पुरुष हुन्छन् सबैभन्दा धेरै फर्टाइल

२२ देखि २५ वर्षको बीचमा पुरुष सबैभन्दा धेरै फर्टाइल हुन्छन् । यस्तोमा पुरुषलाई ३५ वर्ष अघि नै पिता बन्ने सल्लाह दिइन्छ किनभने यो उमेरपछि फर्टिलिटी खराब हुन थाल्छ । यदि तपाईं ४५ वर्षको उमेरपछि बच्चा जन्माउने सोच बनाइरहनुभएको छ भने पहिला डाक्टरको सल्लाह लिनुहोस् ।

यो उमेरमा पिता बन्नु खतरनाक

जर्नल अफ एपिडेमियोलोजी एन्ड कम्युनिटी हेल्थमा प्रकाशित एक अनुसन्धानमा पत्ता लागे अनुसार २५ वर्ष हुनु अघि पिता बन्दा पुरुषले थुप्रै गम्भीर स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुनसक्छ । यस्तो हुनुको कारण के हो भने यो उमेरमा धेरैजसो पुरुष पिता बन्नका लागि मानसिक र शारीरिक रुपमा तयार हुँदैनन् । यदि यो उमेरमा पिता बनिहाले पनि यसको नकारात्मक असरको सामनासमेत गर्नुपर्ने हुनसक्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै