होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पहाडी इलाकामा वर्षा रोकिएसँगै सप्तकोशीमा पानीको सतह घटेको छ । तर, अझै कटान भने जारी रहेकाले सप्तकोशीको कहर यथावतै छ । उदयपुरको बेलका नगरपालिका–१ डुम्रीबोटेबाट सप्तकोशी पुरानै धारमा बग्न सुरु गरेको छ । जसले बेलका नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडाका विभिन्न स्थानको मानव वस्ती जोखिममा परेको छ । २०४५ सालको भूकम्पपछि […]
म्याग्दी । म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरूले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बर्खायामको अवधिभरका लागि तटीय क्षेत्रमा बाढीको अवस्थाको बारेमा नियमित जानकारी गराउने […]
बाजुरा । स्त्री रोग बिशेषज्ञ नहुदा महिला तथा त्यसैमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भईरहेको बाजुरामा अब स्त्री रोग बिशेषज्ञ डाक्टर जाने भएका छन । स्वास्थ्य सेवाका हिसाबले एकदमै पछि रहेको बाजुरा जिल्लामा बिशेषज्ञ डाक्टर नहुदा उपचारमा निकै समस्या हुने गरेको छ । जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आउने महिलाहरुलाई स्त्री रोग बिशेषज्ञ नहुदा धेरै […]
कर्णाली । प्रदेश लोकसेवा आयोग कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहका परीक्षार्थीलाई दुई वर्ष उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको छ । आयोगबाट साउन ७ गते सञ्चालन भएको विज्ञापन नं ५८४-५८८/०७८–०७९ को सहायकस्तर चौथो तह, अहेव पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी सिद्धकुमाख गाउँपालिका–३ सल्यान स्थायी निवासी आइडी […]
१९ साउन, राजविराज । सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप-६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा-बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती […]
नागरिक रैबार/ १८ साउन बाजुरा । बडिमालिका नगरपालिका ३ रजालि बस्ने भिडि सार्कीका २० बर्षका छोरा क्यान्सर पिडित सार्कीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । सदरमुकाम मार्तडीमा सहयाेगकाे लागि गुहार गरेपछि केही रकम संकलन भएको हो । स्थानिय युवा प्रसाद रावल, प्रकाश खड्का र प्रेम नेपालीले केही राहत संकलन गरी आफन्तलाई हस्तान्तरण गरेका छन […]
नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराबाट एकै दिन दुई जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । ४ दिन देखि सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की २३ बर्षिया जेनि राई नाथ र मंगलबार देखी सुत्केरी ब्यथा लागेकी बुढिनन्दा नगरपालिका वडा न २ की मनु रेग्मी पाध्यायको हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले […]
नागरिक रैबार/बाजुरा १८ साउन।बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले अवरुद्ध साँफे-मार्तडी सडक एकहप्ता भित्र संचालनमा ल्याउने बताएका छन् । मंगलबार कन्सन बाजुरामा सडक विभाग र अम्कोट बासीसंग सडक खुलाउने विषयमा राखेको छलफलमा उनले सो कुरा बताएका हुन् । उनले वर्षेनी साँफे-मार्तडी सडक अन्तरगत बल्दे दवारीको सडक पहिरोका कारण अवरुद्ध हुँदै आएकोले यसको विकल्पका रुपमा कन्सन […]
१८ साउन, विराटनगर । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट सप्तकोशी नदी बस्तीमा पसेपछि दुई हजार घर परिवार विस्थापित भएका छन् । बेलकाको डुम्रीबोटेबाट धार परिवर्तन गर्दै पश्चिम तर्फ पस्दा नगरपालिकाका वडा नम्बर ८, ९, ३ र २ नम्बर वडाका वासिन्दा बिस्थापित भएका हुन् । श्रीलंका टापुका नदी किनारका वासिन्दा पनि घर छाडेर सुरक्षित […]
काठमाडौं । सप्तकोशी नदी बस्तीमा पसेपछि उदयपुरको वेलका नगरपालिकाका नागरिकले गाउँ छाडेका छन् । आज बिहान ४ बजेदेखि नदीले कटान गरी गाउँ पस्न थालेपछि स्थानीयवासीले गाउँ छाडेका हुन् । प्रभावितले पशुधन, लत्ताकपडा बोकेर गाउँ छोडेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ । उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि कहाँ बस्ने भन्ने टुंगो लागि सकेको छैन् । […]
नागरिक रैबार/बाजुरा १८ साउन। सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापालाई पितृ शोक परेको छ । थापाका पिता जयविर थापाको मंगलबार दिउसो ६९ वर्षको उमेरमा निधन भएको हो । कलाकार थापाका पिताको बडीमालिका नगरपालिका वडा नम्बर ८ मा निधन भएको हो । मालिका माविका शिक्षक समेत रहेका कलाकार थापा स्वर्गीय जयविर थापाका तेस्रो सन्तान हुन् । […]
सुर्खेत जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन । बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका […]
पोखरा । म्याग्दीको मालिका गाउँपालिका-२, रुमका घामबहादुर विक लामो समय वैदेशिक रोजगारमा बिताए । अब नेपालमै केही गर्ने भनेर गत वर्षमात्रै फर्किएका उनले पाँच वटा खच्चड किनेर ढुजानी व्यवसाय सुरु गरेका थिए । विकट ठाउँमा बसाईं भएकाले खच्चड व्यवसायले राम्रो आम्दानी पनि दिइरहेको थियो । परिवार खुसी नै थियो । तर, मंगलबार बिहान गएको पहिरोले […]
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कुनै पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश नदिने बताएका छन् । मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा उनले कुनै पद खोजेर आउन चाहनेलाई प्रवेश निषेध रहेको बताए । उनले अघि भने, ‘जो मान्छे यो पद भए मात्र आउँछु भन्छ, यो पार्टीको जीवन रहेसम्म मेरो जीवन रहेसम्म त्यस्तालाई […]
अविरल वर्षाका कारण गए राती आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता रहेका छन् ।प्रहरी नायब उपरीक्षक तिलक भारतीले […]
सिद्धिचरण लोकमार्गको कटारी घुर्मी सडक खण्डमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सोलुखुम्बुबाट विराटनगर हिँडेको बा३ख २९५६ नम्बरको बस उदयपुरको कटारी नगरपालिका–४ मरुवामा अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सोमबार दिउँसो साँढे २ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको […]
मुगु‚ वीरेन्द्रनगर‚ रुकुम पश्चिम — मुगुको खत्याड–३ रोलका ५६ वर्षीय दृष्टिविहीन कल्से नेपालीकी ४१ वर्षीया श्रीमती जौकलालाई शुक्रबार बिहान ५ बजेतिर सुत्केरी बेथा लाग्यो । गमगढीमा बस्दै आएका उनले गर्भवती पत्नीलाई हिँडाएरै जिल्ला अस्पताल लैजान खोजे । पुग्न नभ्याउँदै जौकलाले अदालत चोकको सडकमै बच्चा जन्माइन् । गमगढीस्थित सार्वजनिक जग्गामा एककोठे टहरो बनाएर बसिरहेका उनी बाटोमा गीत गाएर माग्दै […]
बझाङ: बझाङको मस्टा गाउँपालिकाले ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्याक्रममार्फत ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताका लागि आवेदन दिन अनुरोध गरेको […]
नागरिक रैबार/बाजुरा १४ साउन।जिल्लाको बढीगंगा नगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ । दुई दिन अगाडि बार्षिक निति तथा प्रस्तुतिकरण गरेको बुढीगंगाले आज छैटौं नगरसभा मार्फत आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन लागेको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् । देशभरका पालिकाहरुले आर्थिक वर्ष २०७९/०८० का […]
नागरिक रैबार/बाजुरा १४ साउन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्मर ९ रहेको समाज सुधार युवा क्लवले आजबाट सरसफाई सप्ताह सूरु गरेको छ । बडीमालिका यात्रा वर्ष २०७९ लाई सफल पार्न समाज सुधार युवा क्लवले मार्तडीमा आजबाट सरसफाई सप्ताह सूरु गरेको हो । बडीमालिका यात्रा वर्ष २०७९ लाई सफल पार्न मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने गरी […]