होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • करेन्ट लागेर ससुरा-बुहारीसहित ३ जनाको मृत्यु
समाचार

करेन्ट लागेर ससुरा-बुहारीसहित ३ जनाको मृत्यु

  • नागरिक रैबार
करेन्ट लागेर ससुरा-बुहारीसहित ३ जनाको मृत्यु

१९ साउन, राजविराज । सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप-६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा-बुहारी हुन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो ।

अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।

विज्ञापन

यस्तै सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार