होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सरकारमा सहभागी दलहरुले न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेका छन् । त्यस क्रममा उनले यो वर्ष सरकारले गाडी नकिन्ने र नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने बताएका छन् । उनले स्थानीय तहमा पञ्जीकरणको शुल्क नलिन नीतिगत व्यवस्था गर्ने पनि बताएका […]
काठमाण्डाै – सङ्घीय संसद्को पहिलो बैठक सुरु भएकाे छ । गएकाे मङ्सिर ४ गतेको चुनावपछि आज सोमवार प्रतिनिधि सभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको भयो । उहाँले भन्नुभयो, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७९ साल पुस २५ गते सोमवारको दिन […]
काठमाण्डाै – सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाण्डाैदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका लागि सात हजार पाँच सय दश रुपैयाँ कायम भएको छ । […]
नागरिक रैबार/बाजुरा २३ पुस। जिल्ला प्रशासन कार्यालय बाजुरा र घरेलु विकास कार्यालयको सयुक्त टोलीले कोल्टी बजार अनुगमन गरेको छ । कोल्टी क्षेत्रका स्थानीय तहका बजारहरुको अनुगमन गर्न मार्तडीबाट सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टसहित खटिएको टोलीले आज कोल्टी बजारको अनुगमन गरेको हो । कोल्टी बजारको अनुगमनका क्रममा म्याद नाघेका पिठो, चाउचाउ, बिस्कुट, भुजिया, नमकिन, चिजबल, […]
नागरिक रैबार/बाजुरा २३ पुस। बाजुरा जिल्लामा कानुन विपरित संचालन हुँदै आएका ६ वटा सवारी साधानहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएर कारवाही गरेको छ । रातो नम्बर प्लेट राखेर कानुन विपरित बाजुराबाट हुम्लासम्म सञ्चालन हुँदै आएको थाहा पाएपछि ६ वटा सवारि साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । व्यक्तिगत प्रयोजनका […]
नागरिक रैबार/बाजुुरा २३ पुस । जिल्लाको बडीमालिका नगरपालिकाले बाजुरा कारागारका कैदीबन्दीलाई खेलकुदका सामग्री सहयोग गरेको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको समन्वय र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा कारागारमा रहेका कैदी बन्दीलाई खेलकुदका सामग्री सहयोग गरिएको हो । बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकका अनुसार कैदीबन्दीलाई २ वटा भलिबल, २ वटा क्यारेम बोर्ड, […]
नागरिक रैबार/बाजुरा २३ पुस। बाजुराका २ जना १ किलो चरेससहित अछाममा पक्राउ परेका छन् । चरेससहित पक्राउ पर्नेमा बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका १० पाण्डुसेन घर भई हाल साँफैबगर नगरपालिका वडा नम्बर ३ टोटासालमा भेडाबाख्रा पालन गर्दै आएका मिङमार थापाको छोरा ६० वर्षीय लाक्पा थापाबाट ८३८ ग्राम र थोक दोर्जेको श्रीमती ३५ वर्षीया धम्ब चेतो रहेका […]
नागरिक रैबार/बाजुरा २२ पुस।नेकपा एमाले बाजुराले जिल्ला कमिटी सदस्य छप्किलाल बुढालाई पार्टीकाे सदस्य समेत नरहने गरि निस्कासित गरेकाे छ । नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे मार्तडीमा बुधवारदेखि जारी रहेकाे बैठकले नेता बुढालाई पार्टीकाे सदस्य समेत नरहनेगरी निस्कासित गरेकाे हाे । नेता बुढाले २०७९ बैशाख ३० मा भएकाे स्थानीय तहकाे निर्वाचन र मंसिर ४ मा भएकाे […]
नागरिक रैबार बाजुरा २१ पुससरकारले गत मंसिर ४ गते भएको संघीय संसदमा बाजुरामा चुनावी झडपका क्रममा मृत्यु भएका सन्दीप ऐडी र चेतन ऐडी १०/१० लाखको सहयोग गर्ने निर्णय गरेकाे छ।पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।मंसिर ४ गते दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि […]
नागरिक रैबार/बाजुरा २० पुस। बाजुरा जिल्लाका विभिन्न सडक खण्डहरुमा चल्ने सवारी साधानहरुले यात्रुहरुबाट मनपरी भाडा असुल्ने गरेको र यात्रुहरुलाई टिकट समेत नदिने गरेको पाईएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाभरको भाडादर निर्धारण गरेको छ । जिल्लामा चल्ने जिप व्यवसायी संग हिजो बसेको बैठकले जिल्लाका सडकहरुको गुणस्तर, इन्धनको उपलव्धता र सवारी साधानको यात्रु क्षमतालाई मध्येनजर गरी यस […]
नागरिक रैबार/बाजुरा २० पुस। बाजुरा जिल्लाका विभिन्न सडक खण्डहरुमा चल्ने सवारी साधानहरुले यात्रुहरुबाट मनपरी भाडा असुल गरेको र यात्रुहरुलाई टिकट समेत नदिने गरेको पाईएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले निर्धारण गरेको भाडादर कायम गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । जिल्लाका सडकहरुको गुणस्तर, इन्धनको उपलव्धता र सवारी साधानको यात्रु क्षेमतालाई मध्येनजर गरी जिल्ला प्रशासन कार्यालय बाजुराले यस […]
नागरिक रैबार/बाजुरा १९ पुस। बाजुराको जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ खाती गाउँको १ घरमा आगलागी भएको छ । मंगलबार दिउसो सोही वडाका आइते धामिकाे घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार धामीको घर नजिकै रहेको आफरबाट आगाेको झिल्काेले घरमा आगलगी भएकाे हो। खरले छाएकाे घरमा आगलागी हुँदा घर […]
माघी नजिकिएसँगै कैलाली र कञ्चनपुरका थारु बस्तीमा माघीको रौनक बढ्न थालेको छ। माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन। यो पर्वका अवसरमा थारु बस्तीमा गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ। गाउँगाउँमा रातभर आगो बाल्न दाउरा संकलन, धान, चामल कुटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारू समुदायका […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने सेवा प्रदायकहरूले चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरूको मागका विषयमा पनि कुनै सुनुवाइ नगरेकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको […]
नागरिक रैबार/बाजुरा १६ असोज। जिल्लाको बुढिगंगा नगरपालिकाले महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी कार्यबिधि बनाउने भएको छ । कोइकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेश्नलको प्राबिधिक सहयोगमा पीसविन नेपालको सहयोगमा बुढिगंगा नगरपालिकाले सो कार्यबिधी बनाउने भएको हो । परियोजनाले बुढिगंगा नगरपालिकामा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी एकदिने कार्यशाला गोष्ठीमा त्यहाका जनप्रतिनिधीहरुले कार्यबिधी बनाउन अगी बढ्ने प्रतिबद्धता दिएका छन । […]
काठमाडौं । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । पछिल्लो केही दिन यता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ । […]
नागरिक रैबार/बाजुरा १७ पुस। कृषि ज्ञान केन्द्र बाजुराले बडीमालिकाका कृषकहरुलाई आलुको विउ वितरण गरेको छ । ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा नगरपालिकाको ८ र ९ का आलु खेती गर्ने कृषकहरुलाई हिउँदे आलुको बीउ वितरण गरेको हो । ज्ञान केन्द्रले बडीमालिका ८ र ९ का १ हजार बढी कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको विउ वितरण गरेको […]
नागरिक रैबार/बाजुरा १७ पुस। बाजुराको बेतालमाण्डौ डेल्टा सडक खण्ड अन्तरगत बार्जुगाड खोलामा ७ बर्ष देखि निर्माण कार्य अलपत्र रहेको स्टिल ट्रस व्रिज पक्कि पुलको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले अनुगमन गरेका छन् । खप्तड छेडेदह गाँउपालिका ३ र बुढिगंगा नगरपालिका ४ को बार्जुगाड खोलामा निर्माणाधिन रहेको स्टिल ट्रस व्रिज पक्की पुल निर्माण कार्य ७ बर्ष […]
नागरिक रैबार/बाजुरा १५ पुस।बाजुराको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनीको प्रयास भएको छ । नगरपालिकामा प्राविधिक कर्मचारीको नियुक्तीको विषयलाई लिएर विहिबार राति पालिकाको कार्यालयमा आगजनीको प्रयास गरेको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् । विहिबार रातिको आगलागीको प्रयासबाट पालिकाको जेनेरेटर मेसिन, मुख्य ढोका, र पालिकाको नयाँ भवन अगाडी राखिएको जिआईजेडको गाडीमा समेत तोडफोड भएको नगरप्रमुख बोहराले बताएका […]
धनगढी: सुदूरपश्चिममा आज सबैभन्दा लामो रात तथा पुषे पन्ध्रका रुपमा धुमधामसंग मनाइँदै छ। आजको रात सबैभन्दा लामो हुने विश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राती मिठो मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको छ। पुुस १५ मा तरुल, सखरगञ्ज, फर्सी लगायतका कन्दमूल खाने चलन रहेको […]