होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अछाम: अछाममा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी कुटिएका छन्। जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–३ धारासैनको लामागाउँ टोलमा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी चौकी जगढमा कार्यरत प्रहरी हवल्दार धनबहादुर कैलामाथी कुटपिट भएको हो। उनलाई अन्दाजी ५४ वर्षीय धना साउँदले हातपात गरेकी थिइन। उनले गोठ भत्काउन गएको टोलीमा रहेका प्रहरी हवल्दार कैलामाथी भैँसी बाध्ने किलाले कुटपिट गरेको प्रहरीले […]
हेटौंडामा दुई स्कुल बसमाथि आगजनी भएको छ। हेटौँडा उपमहानगरपालिका–५, पिप्लेस्थित जेनिथ इन्टरनेशनल विद्यालय परिसरभित्रका दुई बसमा शनिबार राति आगलागी भएको हो। ना ७ ख ८७२८ र ना१क ३२१८ नम्बरको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ। स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा […]
जनकपुर, १८ माघ । प्रदेश २ का आठै जिल्लामा अब छोरी जन्मनेबित्तिकै तीन लाखको बिमा हुनेछ । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत प्रदेश सरकारले गरिदिँदै आएको एक लाखको बिमामा रकम थपिदिएको हो । प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले बिमाका लागि दिने गरिएको रकम तीन लाख पुर्याउने निर्णय गरेको हो । नपढाउने र उमेर नपुगी बिहे गरिदिने चलनलाई फेर्न छोरीले […]
बलिउड सुपरस्टार सलमान खान फिल्मको बारेमा त सबैलाई चासो हुन्छ नै । उनको व्यक्तिगत जीवनको बारेमा पनि धेरैले चासो देखाइरहेका हुन्छन् । उनको विवाहको सन्दर्भमा थुप्रैपटक विभिन्न कार्यक्रमहरुमा सवाल उठ्ने गर्छन् तर सलमान विवाहको विषयमा आलटाल गरे उम्किन्छन् । तर, उनले एक अन्तरवार्तामा विवाहको विषयमा खुलेर कुराकानी गरेका छन् । उनले विवाहप्रति विश्वास नभएको बताउँदै […]
नागरिक रैबार/बाजुरा १६ माघ। जिल्ला प्रहरी कार्यालय बाजुराले केही समय यता विभिन्न खाले ज्यान सम्बन्धीको घटनाको प्रारम्भिक अनुसन्धानको प्रतिवेदन बुधबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका वीच सार्वजनिक गरेको छ । हालसम्म जिल्लामा विभिन्न तवरबाट घटित ज्यान सम्बन्धीका तीन वटा, आत्म हत्या तथा दुरुत्साहन र एक फुटकर ज्यान सम्बन्धीको घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय बाजुराले अनुसन्धान […]
नागरिक रैबार/बाजुरा १६ माघ। सदरमुकाम मार्तडीस्थित रहेका विद्यालयहरुले आज विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरी भव्य रुपमा मनाएका छन् । सदरमुकाममा रहेको मालिका नमुना मावि, क्रियटर जोन एकेडेमी, कन्वर्स एकेडेमी, बडीमालिका बोडिङ्ग स्कुल, बालमन्दिर आधारभुत विद्यालय र समता स्कुलले विहिबार विहानैबाट विद्यालय परिसर भित्र रहेका मन्दिरमा सरस्वतिको पुजाआराधना गरि मनाएका हुन् । हरेक वर्ष माघ शुक्लपञ्चमीका […]
नागरिक रैबार/माघ १६ बाजुरा । जिल्लामा क्रियाशिल अरू दलको त कुरै छोडौँ । जनसरोकारका विषयमा नेकपा जिल्ला कमिटी बाजुरा समेत यतिबेला मौन देखिनु निकै दुखद कुरा भएको नेकपा जिल्ला कमिटी सदस्य नेता मानबहादुर विक (मनोज) ले बताएका छन् । बुधबार दिउँसो नागरिक रैबारसंगको कुराकानीमा उनले नेकपा बाजुराले जिल्ला कमिटीको बैठकबाट आफैले–आफैलाई बधाई दिने वाहेक जनपक्षीय […]
नागरिक रैबार/बाजुरा १४ माघ। सदरमुकाम मार्तडी बजारको विहिवार विहान अनुगमन गरिएको छ । बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको नेतृत्वमा प्रशासन, प्रहरी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ पत्रकार लगायतको टोलीले मार्तडीको दुनीहाटबजारमा रहेका १५ बढी पसलहरुको अनुगमन गरेको हो । मार्तडी बजारका व्यापारीहरुले आफ्नो पसलमा मुल्य सुचि नै नराखेर व्यापार गर्दै आईरहेको र अस्वभाविक रूपमा खाद्यवस्तुको मुल्य […]
जुम्ला १३ माघ । माटोको ढिस्कोले पुरिएर जुम्लामा सासू बुहारीको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका ४ सिंहाचौरका ५५ वर्षीया नाक्चे सुनार र उनकी २४ वर्षीया बुहारी सानुमाया सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घर पोत्ने रातोमाटो लिन मालाभिडको दुनीखोला भन्ने ठाउँमा माटोको खानीमा पुरिएका प्रहरी निरीक्षक देवेन्द्र भट्टराईले बताए । […]
नागरिक रैबार/बाजुरा १३ माघ। बाजुराको सदरमुकाम मार्तडीमा नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट ‘फोर जी’ सेवा संचालनमा ल्याएको छ । नेपाल टेलिकमले माघसम्म देशैभर फोर जी सेवा पुर्याउने लक्ष्य लिएपछि बाजुराको सदरमुकाम मार्तडीमा पनि उक्त सेवा संचालनमा आएको हो । देशभरका ६० जिल्लामा सेवा विस्तार गर्ने क्रममा बाजुराको सदरमुकाम मार्तडीमा पनि यही माघ १० गतेबाट फोर […]
नागरिक रैबार बाजुरा १२ माघ फियान नेपालकाे केन्द्रीय सदस्यमा नेपाल पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्ष तथा अभियान्ता मदनराज जैशी चयन भएका छन् । विगत १६ बर्ष देखि अधिकारको क्षेत्रमा काम गर्दै आएका जैशीले खाद्य अधिकारका सवाल उठान गर्दै मार्तडीमा रहेकाे दलित वस्तिका घरहरू फुकुवा गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । बाजुरा जिल्लामा खाद्य अधिकारकाे […]
नागरिक रैबार/बाजुरा ११ माघ। बाजुराको हिमाली गाउँपालिका ६ का राजु टमटा र उनका छोरा विजय टमटाले एकै मितिमा नागरिकता बनाएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुराबाट दुवै बावुछोराले नागरिकताको प्रमाण पत्र पाएका हुन । वि.स. २०३० सालमा हिमाली गाउँपालिकाको वडा नंं ६ मा वुवा धनविरे टमटा र आमा मागि टमटाका माइला सन्तानका रुपमा जन्मेका […]
नागरिक रैबार/बाजुरा ११ माघ । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको फालासैनमा महोत्सव हुने भएको छ । ‘शिक्षा विकासको अभियान, कृषि व्यापार संस्कति र पर्यटन हाम्रो पहीचान’ भन्ने मुल नाराका साथ फालासैनमा महोत्सव गरिने भएको छ । शुक्रबार मार्तडीमा पत्रकार सम्मेलन गर्दै आयोजक समृद्ध मौरे बाम्का सहकारीले नेपाल भम्रण बर्षलाई लक्षित गर्दै माघ २० गते देखी फागुन […]
नागरिक रैबार/बाजुरा ११ माघ। रोजगारीको शिलसिलामा लामो समय भारतको मुम्वईमा बसेर घर फर्केका बुढीनन्दा नगरपालिका ९ गुइदेलीका पुरन लवार घर नपुग्दै विच बाटोमा मृत अवस्थामा भेटिएका छन् । शनिबार विहान बडीमालिका र बुढीनन्दा नगरपालिकाको बीचमा रहेको पोरखे लेखको हिउँमा उनी मृत अवस्थामा भेटिएका हुन् । भारतको मुम्बईमा काम गरेर घर फर्किएका लवारको लल्लरे खोलामा मृत […]
नागरिक रैबार/बाजुरा १० माघ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका १ काँडामा प्रहरी चौकीको स्थापना गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयको कार्तिक ७ गतेको निर्णय र प्रहरी प्रधान कार्यालयको आदेशानुसार खप्तड छेडेदह गाउँपालिका १ काँडामा प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले बताएका छन् । खप्तड छेडेदह गाउँपालिकाको साविकको […]
नागरिक रैबार/बाजुरा १० माघ। मार्तडी–कोल्टी सडक विचमा रहेको ढम्कने देखि पोरखे लेख सम्मको सडकमा जमेको हिउँ डोजर लगाएर हटाउने काम भईरहेको छ । बडीमालिका नगरपालिका वडा नं. ७ को समन्वय र बडीमालिका नगरपालिकाको सहयोगमा सडकमा जमेको हिँउलाई डोजर लगाएर हटाउन थालिएको हो । बडीमालिका नगरपालिका ७ का स्थानीयहरु र पुर्वीउत्तरी क्षेत्रका स्थानीयहरुको दैनिक आवत जावतमा […]
नागरिक रैबार/बाजुरा ९ माघ। बाजुरा जिल्लाका विभिन्न सवाल्र र समस्याहरुको समयमै समाधान हुन नसके थप दवाव तथा संर्घषका कार्यक्रम अगाडि बढाइने नागरिक समाज बाजुराले ध्यानाकर्षण मार्फत जनाएको छ । जिल्ला भरिका स्वास्थ्य, सडक, शिक्षा, खानेपानी, विजुली लगायतका सवाल तथा समस्याहरुको विषय उठाँउदै नागरिक समाज बाजुराले जिल्ला प्रशासन कार्यालय मार्फत विभिन्न मन्त्रालय र बाजुरा जिल्लाबाट निर्वाचित […]
सुदूरपश्चिम प्रदेश सरकारले तोकेका गौरवका सडकहरुको निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ। गत वर्ष नै सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेका गौरवका सडकहरुको निर्माण कार्य अहिले सम्म पनि अलपत्र परेको हो। प्रदेश सरकारले कैलालीको भजनी–छोटी भन्सार ठुलीगाड सडक, कञ्चनपुरको बेलौरी कलुवापुर नाईल बुडर, डोटीको सहजपुर बोकटान दिपायल सडक, डडेल्धुरा दैजी, पोखरा, ढुङगाड, बझाङ सडक, बैतडीको […]
नागरिक रैबार /बाजुरा ९ माघ। बाजुरामा भर्खैरै आउनु भएका डिएसपी टंकप्रसाद भट्टराईलाई एक कार्यक्रमका विच सम्मानित गरिएको छ । विहिबार बडीमालिका नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाकाे आयाेजना र वडा नंम्बर ९ काे समन्वयमा बाल मजदुर र छाउपडी अन्त्यका लागि गरेकाे जनचेतनामुलक कार्यक्रममा डिएसपी भट्टराईलाई सम्मानित गरिएकाे हाे । बाजुरा जिल्ला प्रवेशकाे दाेस्राे साता […]
‘नियम अनुसार काम गर्ने कर्मचारीलाई कुनै समस्या नै छैन्। कसैले नियम विपरित काम गर्न खोज्छ भने त्यस्ता कर्मचारीलाई टिक्न भने मुस्किल नै होला।’ मसंगको कुराकानीको क्रममा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी महिना दिन अगाडी मात्रै भनेका थिए। त्यस्को झण्डै दुई सातापछि सामाजिक विकास मन्त्रालयमै एम्बुलेन्स खरिदका कागजात माग्न पुग्दा मन्त्रालयमै कार्यरत एक जना उच्च […]