होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं ९ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्यि श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो […]
ईश्वरराज ढकाल, काठमाडौं १९ बैशाख । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लकडाउन नखुलेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न नसकिने जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि एजुकेसन पोर्टल तयार गरिसकेको केन्द्रले भर्ना अभियान सञ्चालन गर्न लकडाउन पछि विद्यालय खुल्नैपर्ने दोहो¥याएको छ । केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाले भर्ना अभियान शुरू गर्न शिक्षक विद्यालयमै […]
पोखरा १८ वैशाख, । कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले बामदेव गौतमका लागि राजीनामा दिएर निर्वाचन क्षेत्र खाली गर्न तयार रहेको बताएका छन् । उनले बामदेवलाई प्रधानमन्त्री बन्ने बाटो खोल्नका लागि संविधान संशोधन गरिराख्न जरुरी नभएको बताएका छन् । सांसद अधिकारी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्रीले नै सचिवालय […]
डा. जीवराज पाेखरेल । विचार । अहिले नेपाल दोहोरो बाण लागेको मृगजस्तै छट्पटाइरहेको छ। पहिलो बाण कोरोना भाइरसले हानेको छ भने दोस्रो काण प्रचण्ड बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी र यसका धनुरधारी प्रधानमन्त्री केपी ओलीले प्रहार गरेका छन्। चारैतिरबाट दबाब आएपछि विधेयक फिर्ता लिइएको छ तर यो शरीरमा गडेको काण निकाल्दा जति दुःख हुन्छ त्यस्तै […]
राेल्पा १८ बैशाख । रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष शान्त कुमार ओलीले जानकारी दिएका छन । गाउँपालिका अध्यक्ष ओलीका अनुसार बिहीबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा ४ जना बालबालिका बम विस्फोटमा परेका हुन् […]
काठमाडौं । सरकारले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने भएको छ । असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गर्दै आएका श्रमिक मजदुरको सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको कामबाट रोजगारी गुमाउने र कामबिहिन भएकाहरुलाई स्थानीय तह वा प्रदेश तहमा हुने सार्वजनिक निर्माण कार्यमा लगाउने निर्णय बैशाख १४ गते बसेको मन्त्रिरिषद्को बैठकले गरेको हो […]
-दी इकोनोमिस्ट यतिबेला सारा संसारको ध्यान कोभिड–१९ महामारीमा केन्द्रित छ। चीनले यहीबेला दक्षिण चीन सागरवरपरका विवादित क्षेत्रमा आफ्नो नियन्त्रण बढाएको छ। हङकङका केही लोकतन्त्रपक्षधर नेतालाई पक्राउ गरेको छ।र, त्यहाँको आधारभूत कानुनमा परिवर्तन गरेको छ। यी कामका लागि उसले यही क्षण रोज्नु संयोग मात्र पनि हुनसक्छ। र, यो संयोग नहुन पनि सक्छ। किनभने, अन्यत्र सबैठाउँका शासकले […]
हरि रोका विचार काठमाण्डाैँ १८ बैशाख । प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकार यति बेला आन्तरिक राजनीतिक संकटबाट गुज्रिरहेको छ । झन्डै अढाई वर्षअघि ओलीले दोस्रो पारी (इनिङ) को सानदार यात्रा सुरु गरेका थिए । २०७२ मा भारतद्वारा लगाइएको नाकाबन्दीको समयमा घनघोर राष्ट्रवादी छवि बनाएका ओली एमाले-माओवादीको चुनावी गठबन्धनमार्फत पछिल्लोपटक सुदृढ बहुमतका साथ सत्तारूढ हुन पुगे । […]
बैतडी १८ बैशाख । एक महिनाभन्दा लामो समयदेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका १८ सय जना भन्दा धेरै नेपालीहरुलाई आज स्वदेश ल्याइँदै छ। भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइमा बसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। पिथौरागढ र नेपालको बैतडी र दार्चुला जिल्लाका अधिकारीबीच सहमति भएपछि मजदुरहरुलाई स्वदेश ल्याउने […]
काठमाडौँ — अध्यादेश विवादका कारण शक्ति संघर्ष चुलिइरहेका बेला असन्तुष्ट नेताहरूले नेकपा सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । केही दिनको आन्तरिक कसरतपछि बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसहितका नेताहरूले राजीनामा मागेका हुन् । तस्बिर सौजन्य : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय प्रधानमन्त्री ओलीले भने आफ्नो […]
काठमाडौं ७ वैशाख। सांसदहरूले नयाँ आर्थिक वर्षको बजेट निर्माणमा आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । निर्वाचन क्षेत्रको योजना छनोटमा आफूहरूलाई सहभागी गराउनुपर्ने उनीहरूको भनाइ छ । प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिका बैठकहरूमा सांसदहरूले यो विषयलाई निरन्तर उठाउँदै आएका छन् । ठूला नेता र पहुँचवाला सांसदको क्षेत्रमा बढी बजेट जाने गरेको उनीहरूको गुनासो छ […]
गगन अयडी /धनगढी १६ बैशाख। लामो समय देखी लकडाउनका कारण धनगढीमा अलपत्र परेका बाजुराबासीलाई नेबि सङ्घ कैलाली सम्पर्क समिति लगाउत केही अगुवा ब्यक्रिहरुबाट उद्धार गरेको छ । बाजुरा घर भई हाल धनगढीमा अलपत्र परेका विद्यार्थी ,मजदुर लगायत विभिन्न कार्यमा आबद्ध नागरिकहरूलाई २ वटा बस मार्फत बाजुरा पठाएको नेबि सङ्घ बाजुराका अध्यक्ष अशोक थापाले जानकारी दिए । […]
-डा असीम महत आँगनमै अजंगको बाघ उक्लिन खोजिरहेछ सबै घरभित्रै लुकेर बसेका छन् घर सानो र पुरानो छ झ्याल ढोकाहरु राम्रोसँग लाग्दैनन् घरभित्र सबै सामग्री कमसल छन् अनि तिमी भने घरको मझेरीमा पलेटी कस्छौ र मस्तसँग शक्तिको लुडो खेल्न थाल्छौ घरी खेलको नियम फेरबदल गर्दिन्छौ घरी अरुको गोट्टी गायब पार्दिन्छौ आज सारा संसार कोरोना थाम्न […]
डोटी: सुदूरपश्चिम प्रदेशका १५ हजार ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गरिएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रयोगशालामा (पीसीआर प्रविधि) दुई हजार सात सय ६१ र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट १२ हजार २ सय ८३ जनाको परीक्षण गरिएको छ। पीसीआर प्रविधिबाट परीक्षण गरिएकामध्ये हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको […]
१६ वैशाख, कैलाली । उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई लकडाउनको समयमा मदिरा सेवन गरी सडकमा राखिएका ट्राफिक डिभाइडर फुटाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । कैलाली उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्षसमेत रहेका बोगटीलाई मध्यरातमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए । […]
१६ वैशाख, रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका भुसहाका […]
काठमाडौं १५ बैशाख । भूमि समस्या समाधान आयोगको अध्यक्ष देवी ज्ञवालीले भूमिसम्बन्धी ऐनमा रहेर सुकुम्बासी र भूमि नभएकालाई जग्गा वितरण गरिने बताएका छन्। ‘वनका जग्गामा बसेका बस्तीलाई ऐनलाई अध्ययन गरेर पाउने छन भने वितरण गरिन्छ,’ थाहाखबरसँग कुरा गर्दै उनले भने, ‘४०-५० वर्षदेखि बसोबास गरिरहेकालाई उठेर जाउ भन्न मिल्दैन। नदिने भन्न मिल्दैन।’ भूमि ऐनको आठौँ संशोधन […]
रामबहादुर विक/बाजुरा १५ बैशाख । बाजुरामा १ हजार ७५ जनाको र्यापिट टेष्ट परिक्षण गरिएकाे छ । बाजुरामा बैशाख ४ गते बाट र्यापिट टेष्ट परिक्षण सुरु गरिएको थियाे । जिल्ला स्वास्थ्य कार्यलय बाजुराका अनुशार जिल्लाका ९ वटै स्थानीय तहहरुमा र्यापिट टेष्ट परिक्षण तिव्र गतिमा भईरहेको छ । जिल्ला भन्दा बाहिरबाट आएका व्यक्तिहरुलाई मात्र र्यापिट टेष्ट गर्ने […]
काठमाडौं १५ बैशाख । नेकपाभित्रको रस्साकसी सघन छलफलसँगै संसदीय दलको जोड-घटाऊसम्म आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरुले दुईवटा रणनीति अख्तियार गरेका छन् : एक- माधव नेपाल पक्षलाई फकाउने, दुई- संसदीय दलमा एक्लै बहुमत पुर्याउन जोड गर्ने । यसका लागि ओलीलाई करिब १० सांसदको कमी छ । केपी ओलीसँग बिष्णु पौडेल रहँदासम्म उनको […]
हामी सबैलाइ संयमित, मर्यादित भइ पार्टी नेतृत्व र सरकारलाई सकारात्मक सुझाव सल्लाह दिने ठाउँमा अहिलेको समयले जिम्मेवारी दिइरहेकाबेला हामी भने सामाजिक संजाल लगाएत आफू निकटस्थ नेतृत्वलाई उचाल्ने ,बसाल्ने झगडाउने सल्लाह दिई रहेका छौ। यसले नेपाली कम्युनिस्ट आन्दोलनको टुटफुटको इतिहास लाई पुनः निरन्तरता दिने मोडतिर पुर्याइरहेको छ।अहिले नेकपाको आन्तरिक स्थिति अत्यन्तै प्रतिकुल समयमा छ । यो […]