होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रोल्पाको गैरीगाउँमा बम विस्फोट, ४ जना बालबालिकाको मृत्यु
समाचार

रोल्पाको गैरीगाउँमा बम विस्फोट, ४ जना बालबालिकाको मृत्यु

  • नागरिक रैबार
रोल्पाको गैरीगाउँमा बम विस्फोट, ४ जना बालबालिकाको मृत्यु

राेल्पा १८ बैशाख ।  रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष शान्त कुमार ओलीले जानकारी दिएका छन ।

गाउँपालिका अध्यक्ष ओलीका अनुसार बिहीबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा ४ जना बालबालिका बम विस्फोटमा परेका हुन् ।

विज्ञापन

बम विस्फोटबाट चारै जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय होलेरीबाट अहिले प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ लागेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले स्थानीय तहबाट घटनाको विषयमा जानकारी प्राप्त भएको जनाएको छ ।

‘घटनाको विवरण हामीलाई पनि प्राप्त भएको छ । विस्तृत बुझ्नका लागि अहिले इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलतर्फ गएको छ,’ रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले भने ।

घटनास्थलमा अहिले अरु पनि विस्फोटक पदार्थ भेटिएको गाउँपालिका अध्यक्ष ओलीले जानकारी दिए ।

‘घटनास्थलमा अहिले अरु पनि विस्फोटक पदार्थ (बम) भेटिएका छन्,’ अध्यक्ष ओलीले खबरहबसँग भने, ‘ती बम डिस्पोजका लागि सेनाको टोली बोलाइएको छ ।’

अध्यक्ष ओलीका अनुसार घटनास्थलमा बमहरु छरिएका कारण विस्फोटमा परी मृत्यु भएका बालबालिकाको शव समेत उठाउन सकिएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार