होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : मुख्य सचिव लोकदर्शन रेग्मीले कात्तिक ७ मा अनिवार्य अवकाश पाउनेछन्। नेपाल कानुन आयोगका सचिव चिरञ्जीवी खनालको कात्तिक २ मा अवकाश हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी कात्तिक १ मा सरकारी सेवाबाट बिदा हुने भएका छन्। परराष्ट्र सचिव शंकरदास बैरागी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सार्वजनिक […]
जाजरकोट – गरीब, विपन्न तथा समस्यमा परेका एकल महिलालाई जाजरकोट नलगाड नगरपालिकाले सोलार वितरण गरेको छ ।१३ वडाका २६ महिलालाई सोलार वितरण गरिएको छ । सबै वडाका दुई/दुई जनालाई ८० वाटको सोलार वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । एकल महिलासँग उपप्रमुख कर्यक्रमअन्तर्गत सोलार वितरण गरिएको नगर प्रवक्ता राममाया हमालले बताए । एकल महिलाले […]
बाजुराः बाजुरामा छोरी गर्भवती भएपछि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। जिल्लाको बुढिगंगा नगरपालिकामा छोरीलाई जबरजस्तीकरणी गरेर गर्भवती बनाएको आरोपमा ६२ वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दान बहादुर रोकायाले जबरजस्तीकरण गर्ने बुवालाई पक्राउ गरिएको बताए। उनले ती व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको जानकारी दिए। दिनेश खबर बाट
११ साउन, काठमाडौं । सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब […]
नागरिक रैबार/बाजुरा १० साउन। सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेको बाजुरामा अवस्थित बडीमालिका मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुलाई यस वर्ष मन्दिरसम्म पुग्न सहज हुने भएको छ । बडीमालिका नगरपालिकाको सहकार्य र बडीमालिका ८ का युवाहरुको सक्रियतामा सदरमुकाम मार्तडीबाट बडीमालिका मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुका लागि विभिन्न ठाउँमा साँकेतिक सूचकहरुका वोर्ड र खोलामा काठेपुल निर्माण गरिएपछि […]
नागरिक रैबार बाजुरा १० साउन निरन्तरको वर्षाका कारण भत्किएको साँफे मार्तडी सडक खण्ड अन्तरतगत दुनीहाटबजार देखि कारागार डिलहुँदै करालासम्मको सडक नेकपा निकट अनेरास्ववीयु र राष्टिय युवा संघमा आवद्ध विद्यार्थी र युवाहरुले मर्मत गरेका छन् । दुनिहाटबजार देखि पानीनाउला सम्मको सडकमा नियमित यातायात सूचारु गरि स्थानीयलाई सहज होस भन्ने उद्देश्यले दुनिहाटबजार देखि कारागार डिल हुँदै करालासम्मको […]
१० साउन, काठमाडौं । गत मार्चमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना (कोभिड–१९) संक्रमणको ‘उच्च जोखिम समूह’ घोषणा गर्दै सचेत रहन आग्रह गरेको थियो । जसमा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिस पनि कोरोनाको जोखिम समूहमा थिए । सुर्तीजन्य सेवन प्रयोग गर्ने मानिसहरुलाई चेतावनी दिँदै डब्ल्यूएचओले भनेको थियो, ‘दीर्घरोगी र ६० वर्ष माथिका मानिस, जस्तै– सुर्तीजन्य […]
चक्रबहादुर अयडी/बाजुरा १० साउन। जिल्लाको त्रिवेणी नगरपालिकाले आगामी भदौ १ गतेबाट नगरभित्रका विद्यालयहरुमा अध्ययन अध्यापन संचालन गर्ने निणर्य गरेको छ । शनिबार नगरपालिकामा नगर प्रमुख रामसिंह रावलको अध्यक्षतामा बसेको बैठकले नगर भित्रका विद्यालयहरु संचालन गर्नका लागि सवै विद्यालयका प्रधानाध्यापकहरु संग अन्तरक्रियात्मक छलफल गरी क्वारिन्टेन बनाईएका विद्यालयहरुमा सेनिटाईजर तथा मर्मत सम्भार गरि भदौ १ गतेबाट अध्यायन […]
धनगढी : सुदूरपश्चिममा थप २४ जनाको कोरोना पुष्टि भएको छ। डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा २०, सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा दुई जना, धनगढी प्रयोगशाला र पाटन अस्पतालमा भएको परीक्षणमा एक/एक जना गरी थप २४ जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरामा भएको परीक्षणमा डोटीका १३, डडेल्धुराका चार र बैतडीका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या […]
महेन्द्रनगर : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुई वर्ष पूरा भएको छ। २०७५ साल साउन १० गते गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी निर्मला ११ गते उखुबारीमा बलात्कार पछि हत्या गरेको अवस्थामा फेला परेकी थिईन्। घटनाको दुई वर्ष पुगेपनि सरकारले दोषी बाहिर ल्याउन सकेको छैन्। पन्त उखुबारी बलात्कारपछि हत्या गरेको अवस्थामा […]
आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको छ। सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकदुई ठाउँमा मेघगर्जन, चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। सोमबार रातिदेखि मनसुन फेरि सक्रिय हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। आज र भोलि […]
सामाजिक पक्षका विभिन्न संरचनामा बहुलता समाजिक पदार्थ गतिको सामाजिक रुप हो। यसका दुई पक्ष हुन्छन् ।आधार र संरचना।समाजको आघार संरचना हो भने, अर्थतन्त्र को आधार अनुरुप राजनीतिक ,सामाजिक ,संस्कृतिक एबम बैचारिक सम्बन्ध हरुको एकमुष्ट योग भनेको संरचना हो। संरचना को रुप वा विभिन्न पक्ष मा बहुरुप वा बहुलता हुन्छ।केही उदाहरण हेरौ,अस्थित्व का निम्ति संघर्ष का […]
काठमाडौँ- मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको हो । आज दिउँसो पनि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मनसुनी […]
नागरिक रैबार/बाजुरा १० साउन। बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक छायाकंन गरिएको हे माया तिमि कहाँ छौ कहाँ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । सदरमुकाम मार्तडी बजार र विरेखोला झरनाको रमणीय स्थलमा छायाकंन गरिएको उक्त गीत शुक्रबार एसथ्रिके म्युजिकको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । शुक्रबार एक औपचारिक कार्यक्रमका विच मार्तडीमा सोही गीतको त्रिवेणी […]
काठमाडौं – आज नाग पञ्चमी पर्व मनाइँदैछ । हरेक साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ । नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन रही आएको छ । काठमाडौँ उपत्यकामा भचाखुसीस्थित घोडेनाग, गल्कोपाखा […]
नागरिक रैबार/बाजुरा ९ साउन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाले आर्थिक वर्ष २०७६/७७ मा वडामा संचालन भएका कार्यक्रम तथा योजनाहरुको प्रगति बारे सार्वजनिक सुनुवाई गरेको हो । बस्ती स्तरबाट छनौट भएका विभिन्न योजनामा वडा कार्यालयले आर्थिक बर्ष २०७६/०७७ मा खानेपानी, ढल, सिंचाई, मठमन्दिर, गोरेटो बाटो, विद्यालयका […]
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह नेतृत्वको टोली व्यासको छांगरु प्रस्थान गरेको छ । व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्म र थप बोर्डर आउट पोष्ट स्थापना हुने भएपछि निरीक्षण भ्रमणको लागि कानुन मन्त्री शाह नेतृत्वको टोली छांगरु प्रस्थान गरेको हो । टोलीले सशस्त्र प्रहरी बस्ने ठाउँ नेपाल प्रहरीको बस्ने भवन र […]
काठमाडौं । लकडाउनको कारण रोकिएको कमेडी रियालीटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ अब शुरु हुने भएको छ । नयाँ सिजन असोजबाट शुरु हुने निर्माण पक्षले जानकारी दिएको छ । विशाल भण्डारीको निर्देशन रहेको यो शोको अहिले प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा सामाजिक विषय डार्क कमेडीका रुपमा उठान गरिएको छ । यो शोको निर्णायकमा पनि सन्तोष […]
९ साउन, काठमाडौं । प्रमुख जिल्ला अधिकारीकाे काम जिल्लाका अन्य सरकारी कार्यालयको रेखदेख, नियन्त्रण र निर्देशन दिने हो । तर, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल भने फरक छन् । उनी आफैं जिल्लाका सडक र पुल मर्मतमा खटिने गरेका छन् । बाढी पहिरोले भत्किएका सडक र पुल निर्माणमा सेना–प्रहरीहरुसँगै आफैं दिनहुँ शारीरिक श्रम गर्न खटिने […]
बिहिबार सुदूरपश्चिमका थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा र डडेल्धुरा प्रयोगशालामा भएको कोरोना परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० पुरुष र तीन महिला […]