होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा निकट युवा र विद्यार्थीले गरे साँफे मार्तडी सडक मर्मत
समाचार

नेकपा निकट युवा र विद्यार्थीले गरे साँफे मार्तडी सडक मर्मत

  • नागरिक रैबार
नेकपा निकट युवा र विद्यार्थीले गरे साँफे मार्तडी सडक मर्मत

नागरिक रैबार
बाजुरा १० साउन
निरन्तरको वर्षाका कारण भत्किएको साँफे मार्तडी सडक खण्ड अन्तरतगत दुनीहाटबजार देखि कारागार डिलहुँदै करालासम्मको सडक नेकपा निकट अनेरास्ववीयु र राष्टिय युवा संघमा आवद्ध विद्यार्थी र युवाहरुले मर्मत गरेका छन् ।
दुनिहाटबजार देखि पानीनाउला सम्मको सडकमा नियमित यातायात सूचारु गरि स्थानीयलाई सहज होस भन्ने उद्देश्यले दुनिहाटबजार देखि कारागार डिल हुँदै करालासम्मको सडकमा पहिराका कारण खसेका ढुंगा र सडकसंगै जोडिएको नाला मर्मत गरेका हुन् ।
जिल्लामा निरन्तर वर्षा भएपछि बाढी पहिरोका कारण साँफे मार्तडी सडक खण्ड अन्तरगत ताँप्रीसेराको घट्टे खोलामा रहेको मोटरेवल पक्की पुल र दवारी नजिकैको करिव १ किलोमिटर सडक भत्किएकोले साँफे मार्तडी सडक २ साता देखि अवरुद्ध छ ।
सडक अवरुद्ध भएपछि अहिले सदरमुकाम मार्तडीसम्म आउत जावत गर्ने स्थानीयहरु कष्टपूणर् यात्रा गरिरहेका छन् ।
सडक विभागले सडकमा खसेको पहिरो र नालाको मर्मतमा कुनै चासो नदेखाएपछि शनिवार विहान नेकपा निकट ५० जना युवा र विद्यार्थीहरुले सडक मर्मत गरेको राष्ट्रिय युवा संघका बाजुरा संयोजक सन्तोष विकले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार