होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जाजरकोटका एकल महिलालाई सोलार वितरण
देश/प्रदेश

जाजरकोटका एकल महिलालाई सोलार वितरण

  • नागरिक रैबार
जाजरकोटका एकल महिलालाई सोलार वितरण

जाजरकोट – गरीब, विपन्न तथा समस्यमा परेका एकल महिलालाई जाजरकोट नलगाड नगरपालिकाले सोलार वितरण गरेको छ ।१३ वडाका २६ महिलालाई सोलार वितरण गरिएको छ । सबै वडाका दुई/दुई जनालाई ८० वाटको सोलार वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

एकल महिलासँग उपप्रमुख कर्यक्रमअन्तर्गत सोलार वितरण गरिएको नगर प्रवक्ता राममाया हमालले बताए । एकल महिलाले अर्थाभावमा छोराछोरी पढाउन सल्लीको दियालो प्रयोग गर्ने अवस्थालाई अन्त्य गर्न विपन्नलाई सोलार वितरण गरेको उनले जानकारी दिए ।

प्रत्येक वडामा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षको सहभागितामा सोलार वितरण गरिएको हो । अधिकांश गरिब परिवारमा अझै पनि सल्लीको दियालो भर पर्नुपर्ने अवस्था रहेको छ । आर्थिकरूपमा पछि परेका एकल महिलालाई छोराछोरीको पढाइ, पालनपोषणमा तथा आधारभूत आवश्यकता पूरा गर्न समस्या परिरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार