होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सेना–प्रहरीसँगै श्रम गर्न खटिए सीडीओ ढकाल
समाचार

सेना–प्रहरीसँगै श्रम गर्न खटिए सीडीओ ढकाल

  • नागरिक रैबार
सेना–प्रहरीसँगै श्रम गर्न खटिए सीडीओ ढकाल

९ साउन, काठमाडौं । प्रमुख जिल्ला अधिकारीकाे काम जिल्लाका अन्य सरकारी कार्यालयको रेखदेख, नियन्त्रण र निर्देशन दिने हो । तर, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल भने फरक छन् ।

उनी आफैं जिल्लाका सडक र पुल मर्मतमा खटिने गरेका छन् । बाढी पहिरोले भत्किएका सडक र पुल निर्माणमा सेना–प्रहरीहरुसँगै आफैं दिनहुँ शारीरिक श्रम गर्न खटिने गरेकाे तस्वीर सार्वजनिक भएपछि ढकालले चौतर्फी प्रशंसा पाएका छन् ।

‘हिँजो बेनी नगरपालिका–४ को फापरखेत भन्ने ठाउँको बाटो बनाइयो । आज खाना खाएर बेनी–जोमसोम सडकखण्डमा पर्ने गलेश्वरको बेलिब्रिज बनाउन जानु छ,’ अनलाइनखबरकाे जिज्ञासामा उनले भने ।

विज्ञापन

सीडीओ आफैं काममा खटिएको देखेर अरुले पनि फटाफट काम गर्ने गरेको उनको अनुभव छ । त्यसैले आफू हरेक दिन सेना–प्रहरीहरुसँगै काममा खटिने गरेको उनले बताए ।

प्रजिअ ढकालका अनुसार जिल्लाका प्राय सबै सडक भत्किएका छन् । सडक भत्किएकाले पहिरो प्रभावित वासिन्दालाई राहत पुर्याउनसमेत कठिन भएको छ । त्यसैले छिटो सडक निर्माणलाई प्राथमिकता दिएर आफू पनि दिनहुँ काममा खटिएको ढकालले बताए ।

‘एकजना सहायक सीडीओलाई प्रशासनिक कामको अधिकार प्रत्योजन गरेको छु, अर्को सीडीओलाई पूरै राहतको काममा खटाएको छु र मचाहिँ अपरेशनमा जान्छु,’ उनले अनलाइनखबरसँग भने ।

बाटो अवरुद्ध भएकाले सधैं हेलिकोप्टरबाट राहत पुर्याउन सम्भव छैन । त्यसैले बाटो नबनाइ हुँदैन भनेर बेनी–दरबाङ–ताकम जाने करिब ५० किलोमिटर सडक खोलिसक्यौं । अबको मिसन बेनी–जोमसोम सडक र बाग्लुङबाट रत्नेचौर हुँदै बेनी आउने बाटो हो,’ उनले भने ।

प्रजिअ ढकालले सुनाए, ‘सिंगाको बाटो ६ महिना पनि बन्दैन भन्थे । छिटो भए दशैं अगाडि खुल्ला भन्थे स्थानीयले,’ हामीले बाटो बनाएर ३ सय बोरा चामल राहतस्वरुप पठाइस्क्यौं ।’

उनका अनुसार म्याग्दी जिल्ला बाढीपहिरोबाट नराम्रोसँग प्रभावित छ । हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । गाउँमा जमिन चिरा–चिरा परेको छ । धौलागिरि–६ को मराङ भन्ने ठाउँ सबैभन्दा धेरै प्रभावित छ ।

उनले अबको प्राथमिकता भनेको दिगो पूर्वाधार विकास हुनुपर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार