होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ६ सय १६ पुगेको छ । शनिबार गरिएको परिक्षणबाट थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ६ सय १६ पुगेको हो । सेती प्रादेशिक अस्पताल धनगढीबाट १३ , डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट, २ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ […]
सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ। तीज, गौराजस्ता पर्वहरु नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार भीडभाड नहुने गरेर मात्रै चाडपर्व मनाउन आग्रह गरिएको […]
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । उनी ७१ वर्षका थिए । उनको न्यूयोर्कस्थित अस्पतालमा उपचार भइरहेको थियो । डोनल्ड ट्रम्पले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । ट्रम्पले न्यूयोर्क सिटी अस्पतालमा भर्ना भएका भाइलाई शुक्रबार भेटेका थिए । उनको मृत्युको कारण भने खुलाइएको छैन । ‘मेरो भाइ रोबर्टको […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा शुक्रबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, स्टार अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा आज १० जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कैलालीका तीन र बाजुराका एक गरी चार […]
नागरिक रैबार/बाजुरा ३० साउन। अविरल वर्षाका सँगै आएको बाढीका कारण बाजुरा जिल्लामा भएको धनजनको क्षति प्रति नेपाल विद्यार्थी संघ बाजुराले ध्यानाकर्षण पत्र बुझाएको छ । यहि साउन २५ गते अविरल वर्षासँगै आएको बाढीले साँफे-मार्तडी सडक खण्ड अन्तर्गत बुढिगंगा नदीमा भएको बेलिब्रिज र सडक बगाएपछि नेविसंघ बाजुराले सरकारकाे ध्यानाकर्षण गराएकाे हाे ।साँफे-मार्तडी सडक खण्ड अन्तर्गत बुढिंगगा, […]
सिन्धुपाल्चोक, ३० साउन । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र चार नेपाली सैनिक र एका इञ्जिनीयरलाई त्यसतर्फ पठाइएको छ । त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल […]
नागरिक रैबार/बाजुरा २९ साउन। जिल्लाको सदरमुकाम मार्तडीमा ल्याउन लागेको अवैध मदिरा अस्थाई प्रहरी पोष्ट रिठाबजारले बरामद गरि नष्ट गरेको छ । अछाम साँफेबगरबाट से.१ ज २२२४ नम्बरको जीपमा चाउचाउसंगै लुकाईछिपाई मार्तडी ल्याउँदै ५५ पेटी अवैध मदिरा अस्थाई प्रहरी पोष्ट रिठाबजार बाजुराले बरामद गरि नष्ट गरेको हो । बुधबार साँझ प्रहरीले चेकजाँच गर्ने क्रममा सन्तरा नामक […]
नागरिक रैबार/बाजुरा २९ साउन। बडीमालिका नगरपालिका वडा ८ का ८१ वर्षका वृद्ध काल्चे रावल लामो समयदेखि दम र फोक्सोको समस्याका कारण विरामी छन् । दम र फोक्सोको समस्याका कारण थला परेर घरमा बस्दै आएका रावललाई विहिबार एकाएक स्वास्थ्यमा जटिल समस्या आएपछि नाति विरेन्द्र रावलले सकि नसकी बाजेको स्वास्थ्य चेकजाँच गर्न जिल्ला अस्पताल बाजुरामा पुर्याए ।अस्पतालमा […]
काठमाडौं- नेपालमा विहीबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । मन्त्रालयका अनुसार महोत्तरी मटिहानीका ७५ वर्षीय पुरुष, धनुषा मिथिला-७ की ८५ वर्षीय महिला, अछाम रामारोसनका १८ वर्षीय पुरुष, मोरङ विराटनगर-३ का ५७ वर्षीय पुरुष गरी ४ […]
बितेको २४ घण्टामा देशभर थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ […]
धनगढी: अत्तरिया उद्योग वाणिज्य संघले साउन ३० गते(भोली) बजार बन्दको आवह्वान गरेको छ। गोदावरी नगरपालिका –२ महेन्द्रनगर रोडमा रहेको न्यु उग्रतारा बिजुली भण्डारका प्रोपराइटर खेम साँकीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका कारण उनको शोक मनाउन बजार बन्दको आवह्वान गरिएको हो। गोदावरी नगरपालिकाका सम्पूर्ण व्यापारीहरुलाई व्यापार व्यवसाय बन्द गर्न अनुरोध गरेको उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले […]
काठमाडौं । रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (बकमान सपिवजव) मा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ । ताजा अपडेट स्मार्ट फोन एप्लिकेशनको कुनैपनि नेपाली संस्करणमा पहिलो एप्लिकेशन पनि बनेको छ जसले अब तपाईंले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) टाइप गरिदिनेछ । बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ)का लागि […]
अछाम – अछाममा चुलोमा पेट्रोल छर्केर आगो बाल्न खोज्दा चार जना गम्भीर घाइते भएका छन् । रामारोशन गाउँपालिका ३ कालापानीका रतन बुढामगरको घरमा पेट्रोल छर्केर आगो बाल्ने क्रममा उहाँसहित पार्वतीदेवी बुढामगर, भीम बुढामगर तथा पञ्चदेवल विनायक नगरपालिका २ बस्ने जनक शाही घाइते भएको दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । घाइतेहरुको जिल्ला अस्पताल […]
काठमाडौं । कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि काठमाडौबाट बाहिरिन तथा काठमाडौं भित्रिनका लागि सवारी पास बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार सूचना प्रकाशन गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौंबाट अन्य जिल्लामा जानका लागि दिइदै आएको पास र काठमाडौं भित्रिनका लागि दिइने पास पनि बन्द गरिएको जनाएको छ । अर्को व्यवस्था नभएसम्मका लागि […]
२९ साउन, काठमाडौं । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि विभाजनको डिलमा पुगेको सत्तारुढ नेकपाको विवाद मिलाउन दुई अध्यक्ष पुनःवार्तामा बसेका हुन् । प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाँच दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए । त्यसको भोलिपल्टै दुई अध्यक्ष र सहयोगी नेताहरुसहितको वार्तामा समाधानका […]
केही दिन यता हाम्रो समाजमा झैझगडा, असन्तुष्टि र बिबादहरु भैरहेका छन । यस प्रकारका सामाजिक सद्भाव बिथोल्ने विवाद एवं झैझगडाहरु दाेहाेरिन नदिने बाताबरणका लागि स्थानीय तह, राजनीतिक दल, प्रहरी प्रशसन लगायत सम्बन्धित सराेकारवाला पक्षहरु सँग हार्दिक आग्रह छ । समाजमा एकलाई परेको बेला अर्कोले उद्दार भावले सघाउने, दुखबेदना बाडचुड गर्ने, एक ताउलाकाे भात, एक नाउलाकाे […]
२८ साउन, काठमाडौं । काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई मान्यता दिएको घोषणा गरे । ‘स्पुतनिक भी’ नाम दिइएको यो खोप आफ्नी छोरीलाई दिएको र उनको ज्वरो पहिलेभन्दा कम भएको दाबी गरेका छन् । विश्व कोरोनाले आक्रान्त बनेका बेला रुसले बनाएको भनिएको यो खोपले आशासँगै आशंका पनि जन्माएको छ […]
एजेन्सी । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन तयार गरेको दाबी गरे । रुसको स्वास्थ […]
नागरिक रैबार/बाजुरा २८ साउन । गत आइतबार आएको बाढी र पहिरोबाट पीडित बनेका परिवारका लागि धनगढीमा राहत सँकलन सूरु गरिएको छ । बाजुराका बाढी पहिरो पीडितका लागि पदम खत्री स्मृती प्रतिष्ठान बाजुराले धनगढीमा राहत संकलन गर्न सुरु गरेको छ । प्रतिष्ठानले बुधबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी राहत संकलन अभियान थालनी गरेको पदम खत्री स्मृती […]
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा गत आईतबार आएको बाढी पहिरोमा विस्थापित बनेका पिडित परिवारहरुका लागि राहत जुटाउन सुरु गरिएको छ । बाजुरा उद्योग बाणिज्य संघको अगुवाईमा दुनिहाटबजारका व्यापारीहरु मिलेर सदरमुकाम मार्तडीमा बाढीपहिरो पिडितका लागि राहत जुटाउने सुरु गरिएको हो । बाढी पिडितका लागि संकलन हुने खाद्यन्न, नगद र जिन्सि सामाग्रीहरु सम्वन्धित ठाउँका स्थानीयहरुलाई वितरण गरिने […]