होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१ कात्तिक, काठमाडौं । यो साता कैलाली र काठमाडौंमा दुईवटा भयानक दुर्घटना भए । यी दुवै दुर्घटना खाना पकाउने ग्यासमा आगो लागेर बिस्फोटनबाट भएका हुन् । ग्यास सिलिण्डरमा आगो लागेर बिस्फोट हुँदा बुधबार कैलालीको धनगढीमा हरिलाल विष्टको घर पूरै जल्यो । घटनामा ६५ वर्षीया बर्मा विष्टले ज्यान गुमाइन् भने हरिलाल र उनकी १५ वर्षीया नातिनीको […]
३० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ […]
३० असोज, काठमाडौं । पाँच दिनअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भयो । सरकारी रेकर्डमा कोरोना संक्रमणकै कारण मृत्यु भएको उल्लेख भए पनि उनको वास्तविकता अलि फरक छ । कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रासका कारण ‘स्ट्रोक’ भएर मृत्यु भएको परिवारजनले आशंका गरेका छन् । काठमाडौंको खहरेमा घर भएका विष्णु […]
३० असोज, काठमाडौं । नेपाल प्रहरीका अधिकांश महानिरीक्षकहरु सर्वोच्च पदमा पुग्नुअगावै चर्चाको केन्द्रमा रहने गर्छन् । हालका आईजीपी शैलेश थापा क्षेत्री भने अपवाद हुन् । कार्यकालको तीन महिना अवधि बित्दासम्म उनले विगतमा अन्य आईजीपीले झैँ महत्वांकाक्षी कार्ययोजना अघि सारेका छैनन् । कुनै नयाँ घोषणा गरेका छैनन् । तर, लामो समयदेखि प्रहरी कार्यालयमा आईजीपीको फोटो राख्ने […]
नागरिक रैबार/बाजुरा ३० असोज। बाजुरा जिल्लामा पनि ४० औं विश्व खाद्य दिवस मनाईएको छ । हाम्रो पहल दिगो कृषि पोषिलो आहार भन्ने मुल नाराका साथ उक्त दिवस मनाइएको हो । कृषि ज्ञान केन्द्र बाजुराको आयोजना तथा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको समन्वयमा उक्त दिवस मनाईएको हो । दिवसको अवसरमा सदरमुकाम मार्तडीमा सरोकारवाला निकायहरुले कृषि तथा […]
३० असोज, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बिहीबार साँझ बर्दिबास–६ मा पुरानो कपडा पेलेर कपास बनाउने ना ७ प १३८३ […]
३० असोज, काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् । इलाका प्रहरी कार्यालय गितानगरको […]
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुप¥यो भने करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थान खोज्दै सम्पर्क गर्नुपर्ने उनीहरुको दिनचर्या नै बनेको छ । समुद्री सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको उक्त स्थानका मानिस टावरले […]
चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादसैं, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेका हुन् । जारी निषेधाज्ञाअनुसार वडादसैंका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजाबाहेक दर्शनका लागि जमघट गर्न रोक लगाइएको छ । चाडपर्व मनाउँदा […]
३० असोज, काठमाडौं । फ्रान्समा बिहीबार एकै दिन ३० हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बीबीसीका अनुसार ३० हजार ६ सय २१ जना नयाँ संक्रमित एकै दिन फेला परेका हुन् । बुधबार २२ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण बढेपछि फ्रान्स सरकारले राजधानी पेरिससहित नौ शहरमा शनिबारदेखि रातिमा […]
३० असोज, रुकुमपूर्व । रुकुम–पूर्वको सिस्ने गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका भित्रका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय रुकुम (पूर्व) र सिस्ने गाउँपालिकाको समन्वयमा औपचारिक कार्यक्रमको आयोजना गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । प्रतिनिधिसभाका […]
२९ असोज, डोटी । डोटीको बोगटान फुडसिल गाउँपालिका–५ का एक महिने बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा एक महिने बालकमा संक्रमण पुष्टि भएको बोगटान फुडसिल गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम बोगटीले जानकारी दिए । उनका अनुसार संक्रमित शिशुको आमा र बुवालाई पनि कोरोना संक्रमण देखिएको छ । रोजगारीको सिलसिलामा […]
२९ असोज, काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ । साथै आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथाव्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेको छ । यो बुँदामा परीक्षार्थीले आफू कोभिड–१९ संक्रमित भए नभएको स्वयं घोषणा गर्नुपर्ने तथा संक्रमित […]
२९ असोज कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालमा अहिले १० भेन्टिलेटर र १३ आईसीयू छन् । तीमध्ये अस्थायी कोरोना अस्पतालमा ८ आईसीयू र ५ भेन्टिलेटर कोरोना संक्रमितकै लागि तयार गरिएको छ । बिहीबार साँझसम्म आईसीयू कक्ष भरिएको छ । ५ भेन्टिलेटरमध्ये दुईवटा मात्र खाली छ । अब जटिल प्रकारका बिरामी आएमा कहाँ राख्ने भन्ने चिन्ता […]
२९ असोज कैलाली । धनगढीमा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उपमहानगरपालिका ८ स्थित हरिलाल विष्टको घरमा ग्यास विस्फोट भएर आगो लागेको थियो । ग्यास विस्फोटमा परी ७० बर्षका विष्ट, उनकी ६५ बर्षीया श्रीमती बिर्मा विष्ट र १५ बर्षकी नातिनी महेश्वरी विष्ट घाइते भएका थिए । […]
धनगढी: बैतडीको सुर्नया गाउँपालिका–५ का वडाअध्यक्ष केशब मडैको निधन भएको छ। उपचारका लागि लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो। पहिलोदेखि उनी जन्डीसको समस्याले ग्रसित रहेको थिए। बिहीबार बिहान एक्कासी बिरामी भएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा पालिकाका समाजिक परिचालक कृष्ण राज मडैले जानकारी दिए।
नागरिक रैबार/बाजुरा २९ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा कार्यालयको बैठक विहिबार विहान सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा बसेर सकिएको छ । बाजुरा जिल्ला अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको कार्यालयको बैठकले ४ वटा महत्वपुणर् निणर्यहरू सार्वजनिक गर्दै बैठक सकेको हो । बैठकमा नेकपा बाजुराका सचिव भरत बुढा, कार्यालय सदस्य गगन रावल, लालबहादुर ओली, जनक बोहरा उपस्थित […]
नागरिक रैबार असोज २९ बाजुरा । गत साउँन २५ राति बुढीगंगा नदिमा आएको बाढीले बगाएको साँफे मार्तडी सडक खण्ड अन्तरगत जडाङ्गामा पर्ने बेलिबिज्रको पुनः निर्माणको प्रक्रिया अगाडि बढेको छ । बाढीले बगाएको बेलिवृज पुनः निर्माणका लागि सडक डिभिजन कार्यालय साँफेबगरले असोज २७ गते बेलिवृज ढुवानी देखि निर्माण सम्पन्न गर्नका लागि १ करोड ८८ लाखको ठेक्का […]
सम्झना असफल । विचार । हाम्रो समाज कति एकलकाँटे र अमानवीय छ भन्ने जान्न धेरै टाढा जानै पर्दैन। आफ्नै घरपरिवार र छिमेक, नाता, कुटुम्बसम्म पुग्दा नै काफी हुन्छ। वैवाहिक सम्बन्धका आडमा जिउँदा–जाग्दा अवस्था खेपेको छ नारी समाजले। तराईका अधिकांश महिलाले साडी ब्लाउज लगाउँछन्। अझ साडीको आँचल टाउकाबाट तल झर्नै हुँदैन। कान्छी नन्दलाई लोग्नेले नितम्बमा चुरोटले […]
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडा नं ८ स्याँडाका नागरिकलाई ठेकेदारले बत्ती बाल्ने सपना देखाएको तीन वर्ष बितेको छ । लामो समयदेखि ठेकेदारको चरम लापरवाहीका कारण हालसम्म पनि बत्ती नबलेपछि स्याँडा गाउँका २४७ घरधुरी अन्धकारमा बस्न बाध्य छन् । बिजुली बाल्ने बहानामा ठेकेदार तेजबहादुर महतले स्थानीयवासीलाई बिजुलीका खम्बा बोकाएर ज्याला भने हालसम्म नदिएको वडाध्यक्ष चक्र […]