होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२० मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०७४ नमुना परीक्षण गर्दा ४०२ महिला र ६२२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । उनीहरुमध्ये २ लाख २४ हजार ५३ जना […]
नागरिक रैबार/बाजुरा २० मंसिर। बाजुराको बडीमालिका नगरपालिका ९ को रानिवन स्पोट्र्स क्लव डोटीमा भएको शैलेश्वरी जोरायल फुटवल कप प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । शनिबार डोटीको जोरायलमा भएको सेमिफाईनल खेलमा आयोजक जोरायल स्पोट्र्स क्लवलाई पराजित गर्दै बाजुराको रानिवन स्पोट्र्स क्लव प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । शनिबार भएको सेमिफाईनल खेलमा रानिवन स्पोट्र्स युथ क्लव बाजुरा […]
२० मंसिर, दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने ३० महिलालाई रु तीन हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो । गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर सुत्केरी महिलालाई प्रोत्साहन […]
जगन्नाथ गाउँपालिका–१, बीजा विष्ट कोल्टी जाँदा र फर्किँदा मूल बाटो हिँड्न छाडेको धेरै भयो । त्यो बाटाे हिँड्दा उनी आफूलाई सम्हाल्न सक्दिनन् । किनभने, दैया मूलबाटोछेउ उनको छोराको चिहान छ । ‘नौ महिना गर्भमा राखेर खाई नखाई हुर्काएको छोरालाई घरबाट लगेर त्यही पुलमा गोली हाने । चिहान देख्नुपर्ला भनेरै म मूलबाटो हिँड्न सक्दिनँ’, उनी भन्छिन् […]
बैतडी : कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीका दुई स्थानीय तहमा सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन् । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाका विद्यालय पुनः बन्द भएका हुन् । कोरोना सङ्क्रमण फैलन नदिने यी दुवै स्थानीय तहमा लकडाउन घोषणा गरेकाले विद्यालय पुनः बन्द भएका हुन् । दशरथचन्द नगरपालिकाकाले मङ्सिर २२ गतेसम्म लकडाउन […]
महेन्द्रनगर : कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँ खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको सङ्क्रमण बढी मात्रामा देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हालसम्म ५४९ जना एचआइभी सङ्क्रमित छन् । “केही वर्षयताको बिरामीको रेकर्ड हेर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ”, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेकोले हल्का वर्षा हुन सक्ने जनाएको हो । महाशाखाले हाल देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि […]
दिलनिशानी मगर। प्राकृतिक रूपमा जीवित एउटा मन, मुटु र भावना भएको मनुष्यले एकबारको जीवनको उत्तरार्द्धमा के- के गर्न चाहन्छ ? पक्कै पनि ऊ आफ्नो बाँकी जीवन शान्तिपूर्ण बाँच्न चाहन्छ। हँसिलो चेहरा देखाएर आफ्नो जन्मदिन मनाउन चाहन्छ, नातिनातिनासँग घुम्न चाहन्छ, बगैँचाका फूलबारीमा टहलिन चाहन्छ । पूजापाठ गर्न चाहन्छ, ध्यान योगा गर्न चाहन्छ, पुस्तक पढ्न चाहन्छ। कहिलेकाहीँ […]
बेइजिङ : कोभिड १९ विरुोद्धको खोप विकास गर्न विश्वका प्रभावशाली देशहरुबीच प्रतिस्पर्धा चलिरहँदा चीन पनि खोप विकासको काममा अन्तिम चरणमा पुगेको छ । उसले विश्वका विकासशील तथा विपन्न देशहरुमा वितरण गर्ने भनेको खोपको संख्या सम्भवत: सबैभन्दा धेरै हुनेछ । चीनले खोपको स्वीकृति पाएपछि कार्गो जेटमा तापक्रम नियन्त्रण कक्षसहित विश्वभर वितरण गर्ने तयारी गरेको छ […]
१९ मंसिर, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन तीब्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय र विभिन्न स्थानीय तहमा शिविर सञ्चालन गरेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन अगाडि बढाइएको छ । १२ वटा स्थानीय तहमध्ये गुल्मीदरवार र धुर्कोट गाउँपालिकामा विवरण दर्ता संकलन सकिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । गुल्मीदरवारमा […]
छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ । क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द साहको परिवार बिहीबार भएको आगलागीमा नगदसहित घर जलेपछि चिन्तामा डुबेको छ । दिउँसो धान काट्न सपरिवार खेत […]
धनगढीः सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहमा मंसिर १५ गते नयाँ अस्पतालको शिलान्यास भयो । ५ स्थानमा शिलान्यास कार्यक्रममै विवाद हुँदा स्थगित पनि भयो । बैतडीको पञ्चेश्वर गाउँपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका, बाजुराको बुढीगंगा र बुढीनन्दा नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकामा शिलान्यास हुन सकेन । बाजुरा जिल्लामा भने एउटै अस्पतालका लागि २ फरक–फरक स्थानीय तहमा शिलान्यास भएको छ […]
नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ । मन्त्रालयका अनुसार हाल कोरोना निको हुने दर ९२.७ प्रतिशत रहेको छ । अर्थात बिहीबारसम्म कुल २ लाख ३७ हजार ५८९ जनामा […]
नरदिप वड/कोल्टी १८ मंसिर/जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीमा पनि भव्यताका साथ २९ औ अन्तरास्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । आई एनएफ नेपाल, पिसविन बाजुरा र बुनढीनन्दा नगरपलिकाको सहयोगमा उक्त दिवस कोल्टीमा भव्य रुपमा मनाईएको हो । दिवसकै अवसरमा कोल्टिबजार परिकर्मा गरि २९ औ अन्तरास्टिय अपांगता दिबस कार्यक्रम सम्पन्न भएको हो । महिला तथा बालबालिका अधिकृत गंगा […]
नागरिक रैबार मंसिर १८ बाजुरा । नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापा निरिक्षणका लागि सिभिल हेलिकप्टरमा बाजुरा जिल्ला स्थित समरजित गुल्ममा पुगेका छन् । निरिक्षणका क्रममा बाजुरा पुगेका थापाले समरजित गुल्ममा जवानको मेसमा खाना खाएर जवानका समस्या र अबस्थाका बारेमा छलफल गरेको नेपाली सेनाले जनाएको छ । सेनापति थापाले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशमा रहेका सेनाका […]
नागरिक रैबार मंसिर १८ विच्छ्या । बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं. ३ युना टोलका स्थानीय रण बहादुर रोकायाको घरमा आगलागी भएको स्थानीयले बताए छन् । घरमा आगलागी हुँदा मानवीय क्षेती नभएपनि पुरैघर जलेर नष्ट भएको छ । स्थानीयका अनुसार बिहान ७ बजेतिर घरका मान्छेहरु काममा गएका र घरमा कोही नभएको बेला आगलागी भएको थियो […]
बौद्धमा एक महिला आफ्नो एक महिनाको छोरीसहित मृत अवस्थामा फेला परेकी छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ बर्षका श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए […]
नागरिक रैबार मंसिर १७ बाजुरा । बाजुरा जिल्लाको हिमाली भेगतिर बसोबास गदै आएका जनजाति समुदायका मान्छेहरु चिसो छल्न बेसी झर्ने कुरा पुरानै हो । उनीहरु अधिकाँश पशुपालन व्यवसायमा संलग्न हुन्छन् । गर्मी मौसममा लेकतिर, जाडो मौसममा औल (वेसीतिर) बसाई सराई गरिहाल्छन् । प्रायः एकैठाउँमा स्थायी घर बनाई बस्ने कमै भेटिन्छन् । गाईबस्तु, घोडाखच्चर, भेडापाठासहित लेकवेसी […]
नागरिक रैबार । मंसिर १७ बाजुरा । जिल्ला सदरमुकाम मार्तडी स्थित राष्ट्रिय बाणिज्य बैंकमा एक महिलाले आफ्नी अपाङ्ग छोरीको सामाजिक सुरक्षा भत्ता बुझी गनिरहेको अवस्थामा जवरजस्त खोसिलिने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बडीमालिका नगरपालिका वडा नं.९ का परे चदाँराका २२ वर्षीया छोरा गोपाल विक रहेका छन् । विकले बडीमालिका नगरपालिका वडा नं.१ […]
नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा १४७४ जना संक्रमित थपिएका छन् भने १९३१ जना निको भएका छन् । […]