होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राउटेलाई मासिक २ हजार भत्ता
समाचार

राउटेलाई मासिक २ हजार भत्ता

  • नागरिक रैबार
राउटेलाई मासिक २ हजार भत्ता

सुर्खेत — कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । संघीय सरकारले दिने ३ हजारसमेत गरेर अब उनीहरूले प्रतिव्यक्ति ५ हजार रुपैयाँ भत्ता पाउनेछन् ।

 

प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत दैलेखको गुराँस गाउँपालिकालाई दिने निर्णय गरेको हो । घुमन्ते जीवन बिताउने राउटेलाई गुराँस गाउँपालिकाले परिचपयपत्र दिएर उनीहरूको जीवन सहजीकरणको काम गर्दै आएको छ ।

विज्ञापन

करिब १ सय ५० को संख्यामा रहेका राउटे कर्णालीका सुर्खेत, दैलेख, सल्यानलगायत जिल्लामा घुमन्ते जीवन बिताउँछन् । गत कात्तिकमा राउटे बस्तीमा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भत्ता थप गर्ने घोषणा गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार