होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। भारत सरकारले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेदेखि लगाउन […]
काठमाडौँ– विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । यस अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ राष्ट्रिय दिवसका रुपमा मनाउन लागिएको छ […]
१७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भट्टको हत्यामा संलग्न रहेको अभियोगमा सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने दिनेश पक्राउ परेका हुन् । भागरथी पनि सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम […]
बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका जिल्ला अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ । थप अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत लगिने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए । सिंहका अनुसार भट्टले पारिवारिक रिसइबीका कारण हत्या गरेको प्रहरीसमक्ष […]
बैतडी — सञ्चारकर्मीको एक हूल शनिबार भागरथी भट्टको घर जाँदै थियो । खोचलेक बजारबाट चडेपानी जाने सडक पस्नै लाग्दा एक व्यापारीले पसलबाटै सोधे, ‘तपाईंहरू पनि त्यहीँ जाँदै हुनुहुन्छ होला है ?’ हूलबाट जवाफको अपेक्षा नै नगरी उनी फेरि बोले, ‘कतिपटक जाँदै हुनुहुन्छ हो तपाईंहरू ? छोरीको घटना सुनाउँदा–सुनाउँदा भागरथीकी आमा झन् हैरान भइसकिन् । यसरी हूलका हूल घर पुगेका […]
नागरिक रैबार/बाजुरा ३ फागुन। प्रधानमन्त्री केपी शर्मा अाेलीले गरेकाे प्रतिनिधिसभा विघटनका विरूद्ध नेपाली कांग्रेस बाजुराले आज सदरमुकाम मार्तडीमा प्रदर्शन गरेकाे छ । प्रतिनिधिसभा विघटन गरिएको एक सातापछि पुस १३ गते बाट आन्दोलित रहेकाे कांग्रेसले देशका ७७ वटै जिल्लामा अाज एकैसाथ विरोध प्रदर्शन गरेकाे हाे । बाजुरा सदरमुकाम मार्तडीमा गरेकाे विराेध प्रदशर्नमा नेपाली कांग्रेस बाजुराका सभापति […]
काठमाडौँ — गृह मन्त्रालयले आगामी फागुन ७ गते ‘७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस’ को अवसर पारेर विभिन्न कारागारमा रहेका करिब ६ सय कैदीको बाँकी सजाय मिनाहा गर्न प्रस्ताव अघि बढाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलका अनुसार मुलुकी अपराध संहिता २०७४ बमोजिम अपराधको नकारात्मक सूचीमा नपरेका, ५० प्रतिशत सजाय भुक्तान गरेका, असल चालचलन भएका […]
काठमाडौं । लामो प्रतिक्षापछि गत २ असोजमा जनकपुरस्थित रेल्वे स्टेसनमा रेल आउँदा स्वागतका लागि हजारौँको भीड उर्लिएको थियो । सरकारले खरिद गरेका दुई सेट रेल जनकपुर आउँदा मानिसको उल्लास रेल्वे स्टेसनमा मात्र थिएन, जयनगरदेखि जनकपुरसम्मै रेल्वे ट्रयाक छेउमा ताँती लागेको थियो । कोरोना महामारीको त्रासदीकाबीच रेल हेर्ने उत्साहले उनीहरूको खुसीको सीमा नै थिएन । तर, रेल आएको पाँच […]
नागरिक रैबार/बाजुरा ३ फागुन। बाजुरामा भारी वर्षा भएको छ । आईतबार साँझबाट सुरु भएको वर्षा साेमबार पनि जारी छ । हिजाे आईतबार विहानै देखि अग्ला ठाउँमा बादल लागेसंगै जाडो बढीरहेको भएपनि सदरमुकाम मार्तडीमा भने हिजाे साँझबाट वर्षा सूरु भएको हो । अविरल वर्षा सूरु भएसंगै उच्च भागमा हिमपात हुने सम्भावना बढेको छ । वर्षा सूरु […]
नागरिक रैबार /बाजुरा २ फागुन। मार्तडी-कोल्टी सम्मको ४२ किलोमिटर सडक १८ बर्ष देखी निर्माण कार्य शुरु भएको थियो । यस बर्ष प्रदेश सरकारले ठुलो मात्रामा रकम बिनियोजना गरेका कारण निर्माण शुरु भएको सडक चाँडा सम्पन्न गर्न प्रदेश सांसद बल्देब रेग्मीले निर्देशन गरेका छन्। उक्त सडक प्रदेश सरकारको प्रमुख प्राथमिकताको सडक भएको र बाजुरा लगाएत तिन […]
२ फागुन, काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस […]
२ फागुन, काठमाडौं । सरकारले आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप उपलब्ध गराउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर […]
बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ । अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले चिनजान र सम्पर्कमा रहेका स्थानीयबाटै भागरथीको बलात्कार र हत्या भएको बताएका छन् । ‘घटनास्थलको […]
नागरिक रैबार/बाजुरा १ फागुन।नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा पत्रकार प्रकाश सिंहले सम्मानित बाफतको रकम जसको नाम बाट पाएका थिए उनकै परिवारलाइ हस्तान्तरण गरेका छन् । सिंहलाई नेपाल पत्रकार महासंघ शुदुुरपश्चिम प्रदेशको दोस्रो साधारण सभामा जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार २०७७ बाट सम्मानित गरिएको थियाे । सिंहले सम्मानित हुदां पाएकाे १२ हजार नगद पाएको रकम […]
१ फागुन, कञ्चनपुर । नगर विकास कोषले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ । उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले रु एक लाख नगद पुरुस्कार प्रदान गर्ने भएको छ । कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गर्ने कार्यक्रम बनाइएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीको साथ र सहयोगबाट पुरस्कार पाउने […]
कर्णाली भित्रिने मुख्य नाका सुब्बाकुनामा प्रहरीले महिना दिनअगाडि घाँस राखिएको अवस्थामा सरकारी गाडी नियन्त्रणमा लिएको थियो । त्यो गाडी कर्णाली प्रदेशसभाअन्तर्गत अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको रहेको बताइएको छ । त्यतिबेला अध्यक्ष सिंह पश्चिम सुर्खेतस्थित बड्डीचौरमा थिए । उनका छोरालाई नेपालगन्ज विमानस्थल पु¥याएर फर्किंदा बाटोबाट गाडीमा घाँस हालिएको थियो । छुट्टै घाँस […]
काठमाडौँ– कोरोना भाइरस विरुद्धको खोप अभियान जारी रहँदा अझै शिक्षक खोप लगाउने सूचीको प्राथमिकतामा परेका छैनन् । शिक्षकलाई कहिले खोप लगाउने भन्ने विषयमा कुनै निर्णय नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीर घिमिरेले बताए । उनले भने, ‘यसबारे मन्त्रालयले अहिले नै कुनै निर्णय गरेको छैन् । निर्णय गर्याे भने भनौंला ।’ पहिलो चरणमा स्वास्थ्य संस्थामा […]
काठमाण्डौ – शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीले मरणोपरान्त शरीर दान दिने घोषणा गर्नुभएको छ । ललितपुर महानगरपालिकाको कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने घोषणा गर्नुभएको हो । जोशी दम्पतीले मृत्युपछि किस्ट मेडिकल कलेजलाई शरीर दान दिने बताउनुभयो । चिकित्सा विज्ञानमा प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त शरीर दान दिने […]
नागरिक रैबार/बाजुरा ३० माघ। नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष पत्रकार प्रकाश सिंह जेपी जेसी पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित भएका छन् । पत्रकार सिंहलाई जेपी जोशी स्मृति पत्रकारीता पुरस्कार २०७७ बाट सम्मानित गरिएको हो । बाजुरा जिल्लामा रहेर बाजुराको पत्रकारीता संगै सामाजिक रुपान्त्ररणमा सक्रिय भुमिका निभाएको भन्दै जेपी जोशी स्मृती पत्रकारीता पुरस्कार २०७७ बाट […]
३० माघ, काठमाडौं । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ । जननिर्वाचित संसद विघटन गरेर संविधान र लोकतन्त्रलाई धरापमा पारेको, बलात्कारी, हत्यारालाई कारवाही गर्न नसकेको भन्दै उनीहरूले ओलीको राजीनामा मागेका हुन् । बसन्तपुरबाट शुक्रबार सुरु भएर रत्नपार्क हुँदै भद्रकाली पुगेको सभालाई सम्बोधन गर्दै अधिकारकर्मी रजनी मिलाले […]